कृषि प्रसार भन्नाले नयाँ जानकारी वा वैज्ञानिक अनुसन्धान बाट प्राप्त भएका नतिजा कृषि कार्यमा अपनाउन किसान लाई दिइने अनौपचारिक शिक्षा हो।[१] ‘प्रसार’ शब्दले आफैँ विभिन्न क्षेत्रमा अर्थ राख्दछ भने सन्सार भरि नै सरकारी मातहतका निकायमा प्रसारकहरुको भुमिका भएको पाइन्छ। विकसोन्मुख देशहरुले अन्तराष्ट्रिय दातृ निकायहरयबाट कृषि प्रसार संस्थाहरुलाई आर्थिक सहयोग प्राप्त भइरहेको हुन्छ।
आधुनिक प्रसार डुब्लिन, आइर्ल्यान्ड बाट सुरु भएको हो जसमा लर्ड क्लेरेन्डनका घुमन्ते प्रशिक्षकहरुको भुमिका थियो।[२] सन् १९५० सम्ममा प्रसार जर्मनीमा पनि व्यान्चेरलेरर जस्ता कृषि प्रशिक्षक बाट विस्तार भयो। पछि, सन् १९१४ मा स्मिथ लिभिर ऐक्टले प्रसार प्रणालीको सुरुवात भयो। Extension (प्रसार) शब्दलाई अमेरिकामा प्रयोगमा आयो; बेलायत मा भने बिसौँ शताब्दीमा “advisory service” शब्द प्रयोगमा आयो। विभिन्न मुलुकमा विविध शब्दले प्रसारका लागि प्रयोग भएका छन्।
अमेरिकामा प्रसारक (extension agent) भन्नाले विश्वविद्यालायमा कार्यरत कर्मचारी लाई बुझाउँछ, जसको भुमिका आर्तिक र सामाजिक विकासमा, नेतृत्व विकास, पारिवारिक समस्याम कृषि र वातावरण जस्ता विषयमा अन्य मानिसहरुलाई सहयोग गर्दछ। प्रसार एजेन्टहरुको भुमिकामा युवा विकासमा पनि हुने गर्दछन्। अमेरिकामा धेरै प्रसारकहरु ल्यान्ड-ग्र्यान्ट विश्व विद्यालयमा पनि कार्य गर्दछन्। उनीहरुलाई काउन्टी एजेन्ट, प्रसार शिक्षिकहरुको उपनाम पनि दिइन्छन्। प्रसार प्रणालीमा वैज्ञानिकहरुको पनि भुमिका हुन्छन्, र उनीहरु सम्बन्धित विषयमा प्रसार विज्ञका रुपमा भुमिका निर्वाह गर्दछन्।
हाल, नेपालमा कृषि प्रसारका लागि कृषि ज्ञान केन्द्र रहेकस छन्। स्थानिय सरकार सञ्चालन एेन २०७४ ले कृषि प्रसार लाई स्थानिय सरकारको अधिकार भित्र समावेश गरेको छ।[३]