केसर लाल (१५ जुलाई १९२६ – २६ डिसेम्बर २०१२) (खास नाम: केसरलाल श्रेष्ठ ) एक नेपाली लोकसाहित्यकार र लेखक थिए। उनका कथा र कविताका ५० भन्दा बढी पुस्तक प्रकाशित छन् । उनले नेपाली, नेवारी र अङ्ग्रेजीमा लेख्ने गर्दथे। [१] [२]
केसर लालको जन्म काठमाडौँमा बुबा जगतलाल र आमा बालकुमारी श्रेष्ठको घरमा भएको थियो । उनका बुबाले मासन गल्ली मा आफ्नो घरमा विद्यालय चलाउद थिए र जगतलाल मास्टरको रूपमा चिनिन्थे। केसरलालले औपचारिक शिक्षा नपाएपनि आफ्नो बुबाबाट अङ्ग्रेजी र विभिन्न पाठ्यपुस्तकहरू को अध्यन गर्न पाए।
केसर लालले आफ्नो लेखन करियर १९४५ मा भारतीय पत्रिकाहरूको लागि अङ्ग्रेजीमा लेख लेखेर सुरु गरे। सन् १९५३ मा उनले नेपालको पत्रिकामा नेपाल भाषामा भुतुचा ("होचो केटी") नामक पहिलो कथा प्रकाशित गरे। [३] उनले सन् १९६१ मा अङ्ग्रेजीमा Lore and Legend of Nepal नामक लोककथाको पहिलो पुस्तक प्रकाशित गरेका थिए।
केशर लालले विभिन्न जागिरहरू पनि गरेका थिए। सन् १९५१ मा राणा शासनको पतन र नयाँ सरकारको स्थापनापछि उनी प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सहायक निजी सचिवको पदमा कार्यरत पनि भएका थिए। बीपी कोइराला गृहमन्त्री हुँदा पनि उनले काम गरेका थिए । केसर लाल सन् १९५० को दशकको अन्ततिर काठमाडौंस्थित अमेरिकी दूतावासमा सल्लाहकार र अनुवादकको रूपमा काम गरे र सन् १९८५ मा आफ्नो सेवानिवृत्ति भए। [४] [५]
विभिन्न नेपाली समुदायका कथाहरू सङ्कलन, अनुवाद र प्रकाशन गरेर नेपालको लोककथालाई विश्वसामु उजागर गर्ने कथाकारका रूपमा केसर लाललाई चिनिन्छ। देश भरको यात्रा गरेर, कथाहरू सुन्दै र पछि घरमा नोट लेख्ने गर्दथे किनभने मानिसहरू टेप रेकर्डरको अगाडि बोल्न लाज मान्ने गर्दथे। उनले कविता पनि लेख्ने गर्दथे र सरल र मार्मिक कविको रूपमा परिचित पनि छन्।[६]