![]() | |
निर्माणकर्ता (हरू) | थङ्सिन सङ्गीत |
---|---|
स्थिर संस्करण | * विन्डोज पिसि - ११.४४ जनवरी ६, २०१५
|
सञ्चालन प्रणाली | माइक्रोसफ्ट विन्डोज एक्सी र माथिल्ला संस्करणहरू, एन्ड्रोइड, म्याक, आइओएस |
आकार | १३.९ मेबा (विन्डोजको लागि), २४.०८ मेबा (एन्ड्रोइडको लागि), ३२.८ मेबा (म्याकको लागि) |
उपलब्ध भाषाहरू | सरलीकृत चिनियाँ |
प्रकार | सङ्गीत प्रवाह |
अनुमति पत्र | स्वामित्व सफ्टवेयर |
वेबसाइट | y |
क्युक्यु सङ्गीत (सरलीकृत चिनियाँ: QQ 音乐 ) थङ्सिन सङ्गीतद्वारा स्वामित्व प्राप्त तीन चिनियाँ फ्रिमियम सङ्गीत प्रवाह सेवाहरू मध्ये एक हो। यो थङ्सिन र स्पोटिफाई बीच संयुक्त उद्यम हो। सन् २०१८ सम्ममा, सेवामा अनुमानित १२० मिलियन ग्राहकहरूको रहेका छन् भने ७०० मिलियन प्रयोगकर्ताहरू रहेका छन्।[१]
सन् २०१६ मा सेवा चीन सङ्गीत निगमसँग समायोजित भएको थियो। दोस्रो र तेस्रो सबैभन्दा ठूला सङ्गीत प्रवाह सेवाहरूका मालिक क्रमशः कुगु र कुवो हुन्। यस समायोजनका साथ, क्युक्यु सङ्गीत हाल चिनियाँ अनलाइन सङ्गीत बजारको १५% बजार साझेदारी गरेको छ। [२][३]
प्रवाहको बाहेक , सेवाले आफ्नो ब्राण्डलाई वार्षिक क्युक्यु सङ्गीत पुरस्कारहरू मार्फत सार्वजनिक गर्दछ।[४]
क्युक्यु सङ्गीत एक फ्रिमियम व्यापार नमूना अन्तर्गत सञ्चालित छ जहाँ आधारभूत सेवाहरू नि: शुल्क छन् भने उन्नत सुविधाहरू सदस्यतामा उपलब्ध छन्। [५][६] यद्यपि उस्तै सदस्यता सेवा स्पोटिफाईको विपरीत, लेबलहरूसँग यसको सामग्रीलाई सदस्यता लिनका लागि प्रतिबन्धित गर्न वा आफ्नो वेबसाइटमा खरीद गर्न योग्य हुने वा नहुने क्षमताको कायम गरेको छ जसमा प्रायः १९ देखि २० युवान खर्च हुन्छ। यस रणनीतिको प्रयोग गर्ने कलाकारहरूमा नोवा साइरस, अरिएना ग्रान्डे र टेलर स्विफ्ट समावेश छन् जसमा निश्चित साङ्गीतिक सङ्गालो खरीद गर्न मात्र प्रतिबन्धित छ।[७]
क्युक्यु सङ्गीतले प्रयोगकर्ताहरूलाई उनीहरूको महत्त्वपूर्ण सदस्यता सेवा खरीद गर्न प्रोत्साहित गर्दछ।
मे २०१८ सम्म, क्युक्यु सङ्गीतले तीन सदस्यता प्रकारको प्रदान गर्दछ।
क्युक्यु सङ्गीत मात्र चीनमा सञ्चालित छ, तथापि, अनिश्चितकालित समयको लागि, यसको नि: शुल्क सेवा खुल्ला रूपमा विश्वव्यापी रूपमा प्रयोग गर्नको लागि उपलब्ध गरिएको थियो र धेरै अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूले एप्पल सङ्गीत वा स्पोटिफाई रूपमा भुक्तान सेवाहरूलाई रोक्नको लागि यस सेवा प्रयोग गरेका थियो।
सन् २०१६ मा, प्रतिलिपि अधिकार प्रतिबन्धहरूलाई सुदृढ गर्न क्युक्यु सङ्गीतले अवरुद्ध अन्तर्राष्ट्रिय प्रयोगकर्ता र विदेशमा रहेका प्रयोगकर्ताहरू सामान्यतया प्रतिलिपी अधिकार युक्त सङ्गीत बजाउन प्रयास गर्दा त्रुटि प्राप्त गरेका थिए। उक्त त्रुटि यस प्रकारको रहेको थियो, (抱歉,应版权方要求,暂无法在当前国家或地区提供此歌曲服务') (अनुवादित शब्द - माफ गर्नुहोला, यो गीत छनौट देश वा क्षेत्रमा प्रतिलिपी अधिकारी मालिकको अनुरोधमा उपलब्ध छैन।)
सन् २०१७ मा, अलिबाबा सङ्गीत र थङ्सिनले, अलिबाबाको सङ्गीत सेवा सियामी र क्युक्यु सङ्गीतले विशेष प्रतिलिपि सम्झौता साझा गर्न अनुमति दिने सङ्गीत प्रतिलिपि अधिकार सहयोगको लागि एक सम्झौता गरेका थिए।[८]
क्युक्यु सङ्गीतमा डाउनलोडहरू केही नि:शुल्क प्रयोगकर्ताहरूको लागि सीमित छन्। लेबलहरूले शुल्क प्रयोगकर्ताहरूले उनीहरूका गीतहरू निःशुल्क योजनामा डाउनलोड गर्न वा विशेष योजनामा डाउनलोड गर्न प्रतिबन्ध गर्न सक्छन् भन्ने बारेमा नियन्त्रण गर्न सक्दछन। [७] नि: शुल्क योजनामा डाउनलोडहरू दुबै डेस्कटप र मोबाइलमा अङ्कीय अधिकार व्यवस्थापन अन्तर्गत संरक्षित छन् जबकि विशेष डाउनलोडहरू डेस्कटपहरूमा अङ्कीय अधिकार व्यवस्थापन अन्तर्गत निःशुल्क छन् तर अझै पनि सामग्रीहरू मोबाइल मञ्चहरूमा संरक्षित छन्। साङ्गीतिक सङ्गालो खरीद गर्दा, प्रयोगकर्ता स्वचालित रूपमा उक्त साङ्गीतिक सङ्गालोको हकदार हुनेछन्। विशेष सदस्यता समाप्त भए पनि, प्रयोगकर्ता अझै पनि उनीहरू नि: शुल्क खरीद गरेका गीतहरू सुन्न सक्षम छन्।
क्युक्यु सङ्गीत स्वामित्व सफ्टवेयर हो जसले सामान्यतया अङ्कीय अधिकार व्यवस्थापन सुरक्षाको प्रयोग गर्दछ।
क्युक्यु सङ्गीतले आइओएस प्रणालीको सङ्गीत अनुप्रयोगमा जडान गर्दछ र प्रयोगकर्ताहरूलाई तिनीहरूको क्युक्यु सङ्गीत पुस्तकालयको साथ अनुप्रयोगको डाउनलोड खण्ड मार्फत तिनीहरूको स्थानीय फाइल सङ्ग्रह संयोजन गर्न अनुमति दिन्छ। यस्तो सुविधाले डेस्कटप अनुप्रयोगमा पनि काम गर्दछ जहाँ क्युक्यु सङ्गीत अनुप्रयोगले स्थानीय सङ्गगीत फाइलहरूका लागि छनौट गर्दछ र प्रयोगकर्ताहरूलाई अनुप्रयोग मार्फत यसलाई बजाउन अनुमति दिन्छ।