खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला
जन्म२००३ साल मंसिर १०
सुभाङ, पाँचथर
पेशालेखक, स्तम्भकार, अध्यापन
राष्ट्रियतानेपाली
शिक्षास्नातक
विधाकथा, नाटक, व्यङ्ग्य
उल्लेखनीय पुरस्कारहरूमैनाली कथा पुरस्कार

खगेन्द्र संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन्। कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गर्छन्।

खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मंसिर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो। [] प्रगतिशील लेखक सङ्घ सँग आबद्ध संग्रौला हाल काठमाडौंमा बसोबास गर्दछन्।

  • फूलमाया (उपन्यास)
  • नलेखिएको इतिहास (उपन्यास, २०३४)
  • आमाको छटपटी (उपन्यास, २०३४)
  • सेतेको संसार (उपन्यास, २०४०)
  • हाँडीघोप्टेको जीतबाजी (उपन्यास, २०४०)
  • चेतनाको पहिलो डाक (उपन्यास, २०४०)
  • फाटेको लँगौटीले टालेको दिमाग (नाटक)
  • भविष्यको खोजी (नाटक)
  • हस्तक्षेप (कथा सङ्ग्रह, २०५२)
  • जनआन्दोलतका छारोहरू (२०४७)[]
  • जूनकिरीको संगीत (उपन्यास)

संग्रौलाले विभिन्न भाषाका साहित्यिक कृतिहरू नेपालीमा अनुवादसमेत गरेका छन्। उनले अनुवाद गरेका केही कृतिहरू

  • युवाहरूको गीत (चिनियाँ उपन्यास)
  • शत्रु (म्याक्सिम गोर्कीको नाटक)
  • सरकारी निरीक्षक (गोगेलको उपन्यास)
  • अजम्बरी गाउँ (भियतनामी उपन्यास)
  • तारस बुलवा (गोगेलको नाटक)
  • फूल बेच्ने केटी (कोरियाली नाटक)
  • गुनिला चिनियाँ कथामाला (भाग १ देखि भाग ७ सम्म)
  • लु सुनका कथाहरू
  • होन्डुरसकी महिलाको हृदयको आवाज

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ गरिमा साहित्यिक मासिक, साझा प्रकाशन, वर्ष १८, अंक ५

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]