खोन्दकार आशराफ होसेन | |
---|---|
जन्म | जयनगर, जामालपुर, ढाका, (पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) | ४ जनवरी १९५०
मृत्यु | १६ जुन २०१३ ढाका, बङ्गलादेश | (उमेर ६३)
निवास | ढाका, बङ्गलादेश |
राष्ट्रियता | बाङाली |
शिक्षा |
|
मातृ शिक्षाप्रतिष्ठान |
|
पेशा |
|
कार्यकाल | सन् १९८० को दशक-२०१२ |
खोन्दकार आशराफ होसेन (बङ्गाली: খোন্দকার আশরাফ হোসেন जन्म: ४ जनवरी १९५०, मृत्यु: १६ जुन २०१३) एक बङ्गलादेशी आधुनिक कवि, गद्य लेखक, साहित्यकार, विश्लेषक, सम्पादक, अनुवादक तथा प्राध्यापक थिए। उनले आफ्नो कार्यकालमा लगभग ८० कृतिहरू लेखेका थिए।[१][२]
होसेनको जन्म सन् १९५० जनवरी ४ का दिन बङ्गलादेशको ढाकाको जमालपुर सदर उपजिल्लाको जयनगर गाउँमा भएको थियो। उनले ढाका विश्वविद्यालयबाट सन् १९७० मा बीए डिग्री र सन् १९७१ मा अङ्ग्रेजी भाषामा एमए डिग्री हासिल गरेका थिए। [३] उनले सन् १९७१ मा लिड्स विश्वविद्यालयबाट भाषाविज्ञानमा एमए हासिल गरेका थिए। उनले ढाका विश्वविद्यालयबाट अङ्ग्रेजी भाषामा विद्यावारिधि गरे भने उनले सन् १९८० मा लिड्स विश्वविद्यालयबाट अङ्ग्रेजी भाषाको अध्यापनमा स्नातकोत्तर डिप्लोमा हासिल गरेका थिए।
होसेन ढाका विश्वविद्यालयमा अङ्ग्रेजी विभागका प्राध्यापक तथा अध्यक्ष थिए। सन् २०१३ मे मा उनी त्रिशाल, टाङ्गाइल जातियो कोबि काजी नजरुल इसलाम विश्वविद्यालयको तेस्रो कुलपतिको रूपमा नियुक्त भएका थिए।[४] उनी बिआरएसी विश्वविद्यालयको व्यवसायक सङ्घ संस्थानको समूहका तथा सङ्काय चयन समितिको सदस्य पनि भएका थिए। दशकौँ लामो अध्यापन कार्यकालमा उनी विद्यार्थी र उल्लेखनीयताको साथ आफ्नो अद्वितीय व्याख्यानको लागि आफ्ना विद्यार्थीहरू माझ अत्यधिक लोकप्रिय थिए। उनले थुप्रै बङ्गाली तथा अङ्ग्रेजी भाषाका कविता र निबन्ध सङ्ग्रहहरू प्रकाशन गरेका थिए। होसेन बङ्गालीबाट अङ्ग्रेजी र जर्मन, अङ्ग्रेजीबाट बङ्गालीमा अनुवाद गर्न सक्षम थिए। उनका कविताहरू अङ्ग्रेजी ,जर्मन, फ्रान्सेली, तेलगु र हिन्दीमा अनुवाद गरिएका छन्।[५] होसेनले एक साहित्यिक पत्रिका सम्पादन र प्रकाशित गर्ने गर्दथे जुन १९८५ मा बङ्गलादेशको नयाँ कवितामा केन्द्रित रहेको होसेन आफैले स्थापना गरेका थिए।[६] होसेनले सन् १९७० को दशकदेखि नागोरिक भन्ने नाटक समूहको संरक्षण गरे जुन बङ्गलादेश अग्रणी नाटक समूह हो जसमा होसेनले अध्यक्ष तथा नाटककार दुवैको रूपमा काम गरेका थिए।[७]
होसेनेको मृत्यु १६ जुन २०१३ का दिन दिउँसोको १२ बजे ढाकाको ल्याब-एड अस्पतालमा हृदयाघातका कारण भएको थियो।[८][९][१०] स्वास्थ्य जटिलताका कारण उनलाई १४ जुनदेखि ढाकाको ल्याबएड स्पेसलिइज्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।[११] उनी जुन १६, २०१३ का दिन बिहानको ८:३० बजे हृदयाघातको सिकार बनेका थिए भने उनको मृत्यु बिहानको ११ बजे भएको थियो।[१२] बिरामी होसेनको उपचार भइरहेको थियो जब उनको ६३ वर्षको उमेरमा मृत्यु भयो।
कविताहरू↙ | ८ |
---|---|
अनुवादहरू↙ | ९० |
प्रबन्ध↙ | ८ |
सम्पादित↙ | १ |
सन्दर्भहरू |