खप्तड ताल | |
---|---|
रहेको स्थान | डोटी, नेपाल |
भौगोलिक निर्देशांक | २९°२३′१२″उ ८०°१०′०६″पू / 29.38667°N 80.16833°E |
प्रकार | सफा पानीको ताल |
सिंचित क्षेत्र | नेपाल |
किनारको लम्बाई१ | ओसिलो चौर |
सतहको उचाई | ३,०५० मी (१०,०१० फिट) |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
खप्तड ताल नेपालको डोटी जिल्लामा अवस्थित ताल हो ।[१] यो ताल खप्तड राष्ट्रिय निकुञ्जको उत्तर-पूर्वमा तथा समुन्द्र सतहबाट ३०५० मिटरको उचाइमा अवस्थित छ ।[२][३]
यो ताल १२ हजार फिटभन्दा बढी उचाइमा रहेको छ । त्यसलाई खापर दह भनिन्छ । यस दहको वरिपरि रङ्गीचङ्गी फूल फुल्ने गर्दछ । खापर दहको छेउमा खापरे मष्टोको पुरानो मन्दिर र हेमकाण्ड छ । यीबाहेक खप्तडका अन्य पनि आकर्षणका ठाउँहरू पनि छन् । नागढुङ्गा, जेठी बहुरानी ढुङ्गा, रयाई घट्ट, छयाई पानी, भीमढुङ्गा, ददुली खडुलीमाइको मन्दिर, डाँफपे कोट आदि ।[४]