गणेशलाल श्रेष्ठ (जुलाई १९११-२४ जुलाई १९८५) एक नेपाली कवि, सङ्गीतकार र सामाजिक कार्यकर्ता थिए। उनले नेपाली, नेवारी र तामाङ भाषामा कलम चलाउँदथे। उनका गीतहरूले त्यस समयको सामाजिक असमानता र निरङ्कुश राजनीतिक प्रणालीको निन्दा गर्ने खालका छन्।[१]
श्रेष्ठको जन्म भीमफेदी, मकवानपुर जिल्ला भएको थियो। उनको बुबा नाम माधवलाल र आमा चन्द्रकुमारी श्रेष्ठ हो। उनकी पहिलो पत्नी चन्द्र मायाको सन् १९४८ मा निधन भएको थियो र उनले सन् १९५६ मा नारायण देवीसँग दोस्रो विवाह गरेका थिए।
नेपालको राजधानी काठमाडौँ ३५ किलोमिटर दक्षिणपश्चिममा अवस्थित भीमफेदी भारत र तिब्बत जोड्ने पुरानो व्यापारिक मार्गमा रहेको बजार सहर हो। गणेश लालको परिवारको एउटा पसल थियो जसमा सामान्य व्यापारिक सामान र कपडा बिक्री गरिन्थ्यो। उनले पसलको हेरचाह गर्ने आफ्नो खाली समय गीत रचनामा बिताएका थिए। चाडपर्वहरूमा, उनले मञ्च प्रदर्शन र सङ्गीत गायनमा भाग पनि भाग लिने गरेका थिए।
जिल्ला सदरमुकाम हेटौँडामा सारिएपछि भीमफेदी सुकेको थियो। त्यसपछि गणेशलाल त्यहाँ सरे र कपडाको पसल खोले। उनको निधन हेटौँडामा भएको थियो।
सन् १९९९ मा हेटौँडाको नेपाल भाषा खलाको परिसरमा गणेश लालको मूर्ति खडा गरिएको थियो। [२]
उनको सबैभन्दा प्रसिद्ध नेपाल भास गीतबाट एउटा पद तल देखिन्छ। धिक्कार जनम मिसायागु क्रम मां बौ ख्वयेकाः त्वःता वनेगु कतपिंथाय वयानं भ्वातिं जू थें जुयानं जाय ख्वबि हायेका च्वनेगु ( आमाबाबुलाई रोएर छोडेर अर्काको ठाँउमा आउनु र भातमा आँसु खसाल्न पनि दासीजस्तै बन्नु नारीको भाग्यमा जन्मिने श्राप।)