गारो पहाड भारतको मेघालयमा रहेको गारो-खासी पर्वत शृङ्खलाको एक भाग हो।[१] यहाँ मुख्यतया गारो जातिको बसोबास रहेको छ।[२] यो संसारको सबैभन्दा भिजेको ठाउँहरू मध्येको एक हो। यो पर्वत शृङ्खला मेघालय उपोष्णकटिबन्धीय वन पारिस्थितिक क्षेत्रको एक भाग समेत हो।[३][४]
गारो पहाडमा पाँच जिल्ला पर्दछन्। सन् २०११ को भारतको जनगणना अनुसार यस क्षेत्रको कुल जनसङ्ख्या ११,०३,५४२ रहेको छ। प्रायः बादलले ढाकिएको, टुरा शिखरको फेदमा अवस्थित र लगभग ७४,८५८ जनसङ्ख्या भएको तुरा यस क्षेत्रको सबैभन्दा ठूलो सहर हो। यस क्षेत्रभित्र वन्यजन्तु आरक्षहरू जस्तै बलफकरम राष्ट्रिय निकुञ्ज र नोकरेक राष्ट्रिय निकुञ्ज हुनुका साथै यहाँ प्राकृतिक चुनढुङ्गाका गुफाहरू (सिजु गुफा– एसियाको सबैभन्दा लामो गुफा) रहेका छन्। यी स्थानहरू प्राकृतिक वनस्पति र जीवजन्तुहरूको समृद्ध भण्डार र लोपोन्मुख जनावरहरूको शरणस्थान हुन्।[५]
गारो पहाड र वरपरका स्थानहरूभित्र रहेका मुख्य पर्यटकीय स्थलहरू निम्नानुसार रहेका छन्:[६]