छहरा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°४६′N ८३°५१′E / 27.77°N 83.85°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पाल्पा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,७९८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
छहरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७९८ रहेको थियो जसमध्ये २०५१ पुरुष र २७४७ महिला रहेका थिए भने यहाँ ११८० घरधुरी रहेको थियो।[१] यो हाल रैनादेवी छहरा गाउँपालिकामा पर्दछ।
पाल्पा जिल्लामा विभिन्न रमाइला रमाइला स्थानहरू रहेका छन । अर्घाखाँचीको पूर्वी भू-भागमा पुग्नको लागि पनि पाल्पा जिल्लाको छहराको बाटो भएरै जानु पर्दछ । छहरा गाविस अमलाबास गाँउबाट सुरू हुने गर्दछ । जहाँ अमलाबास भन्ने सानो बजार पनि हो । अमलाबास बजार हुदैं छहरा गाविससम्म पुग्न सकिन्छ । जहाँ छहरा गाविसको एक मात्र क्याम्पस पनि रहेको छ । साथै छहरा गाविसको एकमात्र स्वास्थ्य चौकी पनि छ । छहरा बजार छहरा गाविसको एउटा मुख्य बजार पनि हो । गविस भवन पनि यसै बजारमा रहेको छ । छहरा गाविसको पश्चिमी भागमा भएको एउटा बजारमध्ये मेहलढाब पनि एक हो । वडा नं ८ तथा ९ को मुख्य बजार यहि नै हो । यहाँबाट अर्घाखाँचीमा पुग्ने २ वटा बाटो रहेका छन । जसमध्ये एउटाबाटो काफलबुटा - तिनगिरे हुँदै अर्घाखाँची पुगिन्छ भने अर्को बाटो सल्लेधारा - तिन्धारे हुँदै अर्घाखाँची पुगिन्छ । यो तल्लो बाटो, जुन अर्घाखाँचीको पणेना पुग्ने बाटो मध्येको एउटा प्रमुख बाटो पनि हो ।