छो रोल्पा

छो रोल्पा
नेपालको नक्सामा छो रोल्पा
नेपालको नक्सामा छो रोल्पा
छो रोल्पा
स्थानरोल्वालिङ उपत्यका, दोलखा जिल्ला,[] नेपाल
निर्देशाङ्क२७°५२′उ॰ ८६°२८′पू॰ / २७.८६७°N ८६.४६७°E / 27.867; 86.467निर्देशाङ्कहरू: २७°५२′उ॰ ८६°२८′पू॰ / २७.८६७°N ८६.४६७°E / 27.867; 86.467
प्रकारहिमताल
प्राथमिक बहावTrakarding glacier
प्राथमिक निकासरोल्वालिङ र तामाकोशी नदीहरू
अधिकतम लम्बाइ३.४५ किलोमिटर (२.१४ माइल)[]
अधिकतम चौडाइ०.५ किलोमिटर (०.३१ माइल)[]
सतहको क्षेत्रफल१.५३७ वर्ग किलोमिटर (०.५९३ वर्ग माइल)[]
औसत गहिराइ५५ मिटर (१८० फिट)
अधिकतम गहिराइ१३५ मिटर (४४३ फिट)
पानीको आयतन८,५९,४०,००० घन मिटर (३.०३५×१० घन फिट)[]
सतह उचाइ४,५८० मिटर (१५,०३० फिट)
नक्सा

छो रोल्पा दोलखा जिल्लाको गौरीशंकर गाविस वडा नं. १ रोल्वालिङ उपत्यकामा रहेको हिमताल हो। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ।[] सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ। १३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ। सन् १९९७ पछि पनि मध्य हिमालयबाट तिब्र गतिमा हिउँ पग्लिएर यस तालको आकार निरन्तर बढ्दै गएको छ । IUCN प्रतिवेदनका अनुसार यसले तामाकोशी नदी वरपर बस्ने ६ हजार गाउँलेको जीवनलाई गम्भीर खतरामा पारेको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ १.४ १.५ Shrestha, Badri Bhakta; Nakagawa, Hajime (मार्च २०१४), "Assessment of potential outburst floods from the Tsho Rolpa glacial lake in Nepal", Natural Hazards (Dordrecht: Springer Science) 71 (1): 913–936, आइएसएसएन 0921-030X, डिओआई:10.1007/s11069-013-0940-3 
  2. Nepal Wilderness, Trekking, "Tsho Lake" 

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]