Jan Adhikar Party (Loktantrik) | |
---|---|
संस्थापक | Pappu Yadav |
स्थापना | 9 मे 2015 |
प्रमुख कार्यालय | Ward No. 05/14, Vardhman Hata, Arjun Bhawan, Arjun Nagar, Purnia, Bihar- 854301 |
गठबन्धन | Socialist Secular Morcha (2015–2020)
Progressive Democratic Alliance(2020–Present)[१] |
लोक सभामा सिट | ० / ५४३ |
राज्य सभामा सिट | ० / २४५ |
मा सिट | ० / २४३ |
जनअधिकार पार्टी (लोकतान्त्रिक) ; भारतको बिहारमा अवस्थित एउटा राजनीतिक दल हो। भारतीय राजनीतिज्ञ पप्पु यादवले मे २०१५ मा पार्टी गठन गरेका थिए ।
मधेपुराका सांसद पप्पु यादव पार्टी विरोधी गतिविधि गरेको भन्दै राष्ट्रिय जनता दलबाट वर्षौंदेखि निष्कासित भएका थिए । यो पार्टी २०१५ बिहार विधान सभा चुनाव भन्दा ठीक अघि अगाडी सारिएको थियो। पप्पु यादवले नितिश – लालु गठबन्धनको विरुद्ध प्रचार गरे ।
समाजवादी पार्टी, राष्ट्रवादी कांग्रेस पार्टी, राष्ट्रिय जनता पार्टी, समाजवादी जनता दल लोकतान्त्रिक र सम्राट समाज पार्टी मिलेर बनेको समाजवादी धर्मनिरपेक्ष मोर्चाको हिस्साका रुपमा जनअधिकार पार्टी (एल) ले ६४ सिटमा चुनाव लडेको थियो । [२] [३] [४] [५] [६] [७] [८] [९]
पार्टीले २०१५ बिहार विधान सभा चुनावमा एक सिट जित्न सकेन र चुनावमा १.०४% मत प्राप्त गर्यो। [१०] [११] [१२]
भारतको निर्वाचन आयोगले बिहार विधानसभा चुनाव २०२० मा नयाँ प्रतीक 'कैंची' प्रदान गरेको छ। [१३] प्रगतिशील लोकतान्त्रिक गठबन्धनमा जाप (ले) चुनाव लडे। [१४] [१५]