जनकप्रसाद हुमागाईं |
---|
|
जन्म | वि.सं १९९४ बलथली गाउँ, काभ्रे |
---|
मृत्यु | वि.सं. २०६३ माघ |
---|
राष्ट्रियता | नेपाली |
---|
शिक्षा | साहित्य विशारद |
---|
पेशा | साहित्यिक लेखन, राजनीति |
---|
कामदार | २०१४ सालमा जागिर शुरु, पुनः २०१७ सालदेखि २०४९ सालसम्म सरकारी जागिर |
---|
संस्थान | नेपाल सरकार |
---|
चिनारीको कारण | काव्य, बालसाहित्य, |
---|
उल्लेखनीय कार्य | किसानको गति (खण्डकाव्य), पसिना( कवितासङ्ग्रह), खोलो साँघु, गोरे घर्तीको सवाई इत्यादि |
---|
गृहनगर | काभ्रे |
---|
जीवनसाथी | शोभादेवी दाहाल |
---|
सन्तान | पाँच छोराहरु |
---|
मातापिता | पार्वतीदेवी (आमा), दुर्गाप्रसाद (बुबा) |
---|
पुरस्कार | उत्कृष्ट बालसाहित्य पुरस्कार, बालहितकारी पुरस्कार, दानमाया प्रतिभा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, साझा बालसाहित्य पुरस्कार इत्यादि |
---|
जनकप्रसाद हुमागाईं (वि.सं. १९९४ - वि.सं. २०६३) नेपाली साहित्यकार हुन्।
जनकप्रसादको जन्म वि.सं. १९९४ साल असोजमा काभ्रेपलान्चोकको बल्थलीमा भएको हो। उनले सरकारी-सेवामा लामो समय बिताए।
कविता, कथा आदिका लेखक हुमागाईंका मौलिक कृतिहरूः
- किसानको गति-प्रबन्ध वाक्य-वि.स. २०१६
- यौटै नारा लाउनु छ अब (२०१६)
- नेपाल आमाको सत्यवचन-काव्य-२०१७
- पसिना (कविता सङ्ग्रह-२०१९)
- दुःखी गरीबको सवाई (गीत सङ्ग्रह-२०२१)
- गोरे घर्तिको सवाई (खण्डकाव्य-२०३२)
- बा आमाको माया -२०४३
- गुनिला पाँच बालकथा (बालकथा सङ्ग्रह-वि.स. २०४१)
- सात सालको परिवर्तन र हाम्रो भविष्य
- गोकुलकी आमा कसरी निको भइन् ?
- एउटा इन्जिनियरको तालिमे भाषा र..
- मालतीको यात्रा वर्णन
- भाइबहिनीका कथा
- नेपाली बालसाहित्य
- चम्पा र मायालु काका
- भाषा र भाषा
- लहरे पिपलको कथा
- नानी पढ्छ
- असल मित्र
- शब्दज्ञान
- दिदीभाइको माया
- गल्ती पत्ता लगाउने नाति
- मानवता र मुक्तिका कवि गोकुल जोशी
- सगुन र सडक
- मुरली-वंशी
- किसानको गति
- गोरे घर्तीको सवाई
- नानीको प्रगति
- खेतबारीको गीत
- श्रृँखला (सम्पादन)
- बालपोष (सम्पादन)
- रारा (सम्पादन)
- अरनिको (सम्पादन)
- जुगल हिमाल (सम्पादन)
- नेरावि (सम्पादन)
- विभिन्न पत्र-पत्रिकाहरूमा कथा कविता, लेख, निबन्ध प्रकाशित
- वि.सं. २०१९ मा जिल्लाव्यापी (पनौती) कवि सम्मेलनमा तेस्रो पुरस्कार प्राप्त
- वि.सं. २०२३ मा जिल्लाव्यापी (धादिङ्ग) साहित्य सम्मेलनमा प्रथम पुरस्कार प्राप्त
- वि.सं. २०४५ को बालहितकारी पुरस्कार प्राप्त
- वि.सं. २०४२ मा "गुनिला पाँचकथा" लाई उत्कृष्ट पुरस्कार प्राप्त
- सरस्वती सम्मान
- दानमाया प्रतिभा पुरस्कार
- साझा बालसाहित्य पुरस्कार
- राष्ट्रिय प्रतिभा पुरस्कार
- व्यथित सिन्धु प्रतिभा सम्मान
- देवकुमारी थापा बालसाहित्य पुरस्कार
- नूरगंगा पुरस्कार
- जनसंस्कृति सम्मान
उनको वि.सं. २०६३ साल माघ २८ गते घाँटीको क्यान्सरबाट निधन भयो।