जलदापाडा राष्ट्रिय निकुञ्ज | |
---|---|
জলদাপাড়া জাতীয় উদ্যান | |
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
![]() | |
स्थान | अलिद्वारपुर जिल्ला, पश्चिम बङ्गाल, भारत |
निर्देशांक | २६°३७′४३″N ८९°२२′३९″E / 26.628611°N 89.3775°E |
क्षेत्र | २१६.५१ किमी२ (८३.५९ वर्ग माइल) |
जलदापाडा राष्ट्रिय निकुञ्ज (बङ्गाली: জলদাপাড়া জাতীয় উদ্যান) जसलाई पहिला जलदापाडा वन्यजन्तु आरक्ष पनि भनिन्थ्यो, भारतको पश्चिम बङ्गाल राज्यको अलिपुरद्वार उप मण्डल अन्तर्गतको जलपाइगुडी जिल्लामा पर्ने एक राष्ट्रिय निकुञ्ज हो जुन टोरसा नदीको किनारमा अवस्थित छ।[१] यो क्षेत्र पूर्वी हिमालयको तराई क्षेत्रमा अवस्थित छ। यो राष्ट्रिय निकुञ्ज समुन्द्री सतहबाट ६१ मिटरको उचाइमा रहेको छ भने यस राष्ट्रिय निकुञ्ज २६१.५१ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। सन् १९४१ मा यसलाई राज्यको वनस्पति तथा वन्यजन्तु सुरक्षा गर्नका लागि आरक्ष केन्द्र घोषित गरिएको थियो भने यस राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा पनि रहेको थियो जसको पश्चिम बङ्गालमा सबैभन्दा बढी सङ्ख्यामा रहेको छ। यस राष्ट्रिय निकुञ्जमा हात्ती सफारीको सुविधा रहेको छ भने त्यसको साथसाथै यस निकुञ्ज भित्र निकुञ्ज द्वारा सञ्चालन गाडी तथा साना सवारीसाधनहरूमा पनि सफारी गर्दै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ।[२] जलदापाडा वन्यजन्तु आरक्ष सन् १९४१ मा एक सिङ्गे गैँडाको रक्षा गर्ने उद्देश्यले स्थापना गरिएको थियो भने मे २०१२ मा यो एक राष्ट्रिय निकुञ्जको रूपमा घोषित भएको थियो। जलदापाडा राष्ट्रिय निकुञ्जमा हरेक वर्षको जुन १ देखि सेप्टेम्बर ७ सम्म बाहेक अन्य सबै महिनामा पर्यटकहरूलाई प्रवेश आज्ञा दिइन्छ।[३] यस राष्ट्रिय निकुञ्जमा हरेक वर्ष अक्टोबर देखि मे महिना सम्म नयाँ विरुवा तथा बोटहरू ठाउँठाउँमा लगाइन्छ।
यस राष्ट्रिय निकुञ्जको लगभग सबै क्षेत्र अग्लो घाँसहरूको ढाकेको छ। यस राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडाको थुप्रै सङ्ख्या रहेको छ जुन यहाँको सबैभन्दा मुख्य आकर्षण हो। यस राष्ट्रिय निकुञ्जमा आसामको काजिराङ्ग राष्ट्रिय निकुञ्ज पछि एक सिङ्गे गैँडाको सङ्ख्या अधिक रहेको छ। यस राष्ट्रिय निकुञ्जमा भारतीय चितुवा, भारतीय हात्ती, जरायो, बाह्रसिङे, वन कुकुर, भालु तथा गैरीगाईहरू रहेका छन्।[४][५] जलदापाडा राष्ट्रिय निकुञ्जमा हजारौँ प्रजातिका चराचुरुङ्गीहरू रहेका छन् भने यस निकुञ्जमा आगन्तुक चराहरू पनि आउने गर्छन्। यो निकुञ्जमा भारतका केही स्थानहरूमा पाइने खुरमुजुर पनि उपलब्ध रहेको छ। यस निकुञ्जमा बाज, चिल, ब्वाँसो, मजुर जस्ता जनावर तथा चराचुरुङ्गीहरू पाइन्छन् भने यहाँ अजिङ्गर, ठूलो छेपारो, गोमन तथा ८ प्रजातिका कछुवाहरू रहेका छन्। यहाँ रहको एक सिङ्गे गैँडा र एसियाली हात्ती विश्वकै सबैभन्दा दुर्लभ बन्यजन्तुको रूपमा गनिन्छ।