भारतको उत्तराखण्डका साथै नेपालको सुदुर पश्चिम क्षेत्रमा देवी देवताहरूलाई आवहान गर्नकोलागी जागरको आयोजना गरिन्छ। जागरको अर्थ देवी देवताहरूलाई जगाउनु हो । जागरमा जगरिया (जगाउने मान्छे)ले मुख्य भुमिका निभाएको हुन्छ, जगरीयाले हुड्को, ढोल तथा दमाउ बजाएर देवि देवताको आवहानको लागि रामायण, महाभारत आदी धार्मिक ग्रंथहरूका कथाहरूका साथै जुन देवतालाई जगाउनु छ त्यो देवताको चरित्र स्थानिय भाषामा प्रस्तुत गर्छ । जगरीया सँगै दुइ-तिन जना अरु मान्छे पनि गाउनमा साथ दिन्छन् र एक जनाले काँसाको थाली बजाउने काम गर्छ। यसरी बाजा गाजा र गीतको धुन सुने पछि धामीको शरीर काँप्छ धामीलाई गढवाली भाषा, कुमाउनी भाषा र डोटेली भाषामा डंगरिया भनिन्छ। डगरीया पूर्ण रूपले काँपे पछि उसको अगाडि चामल राखेर पुछ गरिन्छ पुछ भन्नाले सोध हो। तब डंगरीयाले पुछ गर्ने मान्छेको भुत भविष्य र वर्तमान सबै बताउन सक्छ भन्ने विश्वास गरिन्छ। जागर मन्दिर तथा घर दुवै ठाउँमा गराएको देखिन्छ मन्दिरमा जागर गर्दा सामुहीक जागर गराएको हुन सक्छ भने घरमा व्याक्तिगत जागरण गराएको मानिन्छ।
जागर कार्यक्रममा मुख्य रूपले तिनवटा पात्रहरू रहेका हुन्छन्। जो यस प्रकार छन्:-
जागरमा जगरीयाले सुरुवाती गीत आरती, अवतरण, प्रस्थान आदी समयानुशार फरक फरक गीत गाउँछ।
जागरको आयोजना खास गरेर रात्री अथवा साँझको समयमा गरिन्छ। सबै भन्दा पहिले जगरीयाले देवताको आवहानको लागि संध्या गीत गाउँछ संध्या गित यस प्रकारको रहेको हुन्छ:-
जै गुरु-जै गुरु माता पिता गुरु देवात तब तुमरो नाम छू इजाऽऽऽऽऽऽ यो रुमनी-झूमनी संध्या का बखत में॥
तै बखत का बीच मी, संध्या जो झुलि रै। बरमाका बरम लोक मी, विष्णु का विष्णु लोक मी, राम जुकी अजुध्या मी, कृष्ण जुकी द्वारिका मी, यो संध्या जो झुलि रै, शंभु का कैलाश मी, ऊंचा हिमाल, गैला पताल मी,
जागर एक परिचय वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति (हिन्दी भाषामा)