जिरेल भाषा

जिरेल जाति / जिर्बा केचा
मूलभाषीनेपाल
रैथाने(हरू)जिरेल जाति
मातृभाषी वक्ता१५ हजार []
चिनियाँ-तिब्बती
सम्भोट, हिमाली लिपि, एवं तिब्बती
सरकारी दर्जा
आधिकारिक भाषा
 नेपाल हिमाली, पहाडी क्षेत्र
भाषा सङ्केतहरू
आइएसओ ६३९-३jul
ग्लोटोलगjire1238[]

जिरेल नेपालमा बोलिने एक भाषा हो। विशेष गरी यो भाषा जिरेल जातिले जिरेल बस्ती रहेका ठाँउमा बोलिने भएकोले नेपालको हिमाली भेगमा यो भाषा निकै प्रचलित छ। यो जिरेल समुदायको आफ्नो अलगै भाषा हो, जसलाई हामी जिर्वा केचा भन्ने गर्दछौँ। जिरेल जातिहरूको आफ्नो छुट्टै तिब्बती मुलको भाषा छ। यो भाषाको शुद्ध उच्चारण गर्नु सक्ने लिपि भनेको सम्भोट लिपि वा हिमाली लिपि हो। जसरी संस्कृत, पाली, हिन्दी, नेपाली, भोजपुरी आदि भाषाहरूमा देवनागरी लिपिको प्रयोग गरिन्छ। त्यसरी जिरेल, तिब्बती, शेर्पा, लद्दाखी, भुटानी, भोटे आदिका भाषाहरूमा सम्भोट लिपिको प्रयोग हुने गर्दछ।

सम्भोट लिपिको चार स्वरवर्णहरू
ཨི་ ཨུ་ ཨེ་ ཨོ་
सम्भोट लिपिको तीस व्यञ्जन वर्णहरू
ཀ་ ཁ་ ག་ ང་ क वर्ग
ཅ་ ཆ་ ཇ་ ཉ་ च वर्ग
ཏ་ ཐ་ ད་ ན་ त वर्ग
པ་ ཕ་ བ་ མ་ प वर्ग
ཙ་ ཚ་ ཛ་ ཝ་ च़ वर्ग
ཞ་ ཟ་ འ་ ཡ་ श़ वर्ग
ར་ ལ་ ཤ་ ས་ र वर्ग
ཧ་ ཨ་ ह वर्ग
सम्भोट
नेपाली

चिह्न र विराम

[सम्पादन गर्नुहोस्]
चिह्न र विराम नाम कार्य
ཡིག་མགོ་
yig-mgo
पाठ को शुरुवात निशान
སྦྲུལ་ཤད།
sbrul-shad
विषय र उप विषयहरूको वर्ग छुट्याउछ
ཚེག
tseg
सीमांकक
ཆིག་ཤད།
chig-shad
पूर्ण बिराम (पाठको एक खण्ड अन्त जनाउछ)
ཉིས་ཤད།
nyis-shad
पूर्ण बिराम (पूर्ण विषयको अन्त जनाउछ)
བསྡུས་རྟགས།
bsdus-rtags
पुनरावृत्ति
ཨང་ཁང་གཡོན་པ།
ang-khang gyon
बायाँ कोष्ठ
ཨང་ཁང་གཡས་པ།
ang-khang gyas
दायाँ कोष्ठ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.ethnologue.com/18/language/xsr/
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Jirel", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।