झोला | |
---|---|
![]() | |
झोला | |
निर्देशक | यादव कुमार भट्टराई |
लेखक | कृष्ण धरावासी |
आधारित | झोला |
निर्माता |
|
मुख्य कलाकार |
|
छायाङ्कन | दीपक बज्राचार्य[१] |
प्रदर्शन मिति | डिसेम्बर ७, २०१३ |
अवधि | ९० मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
झोला लेखक कृष्ण धरावासीको उही नामको उपन्यासमा आधारित नेपाली चलचित्र हो। यस चलचित्रमा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने, नेपालमा प्रचलित सती प्रथाको चित्रण गरिएको छ। आफ्नो भूमिकाको लागि अभिनेत्री गरिमा पन्तले सन् २०१४ मा सार्क चलचित्र उत्सवमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन्।[२][३][४] यस चलचित्रलाई ८७औँ एकेडेमी पुरस्कारको लागि पठाइएको थियो तर दुर्भाग्यवश मनोनायित भएन।[५]
सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो। हिन्दु शास्त्र अनुसार सती प्रथामा भाग लिने नलिने महिलामा भर पर्थ्यो। पछि यस प्रथाको दुरुपयोग गरी विधवा महिलाहरूलाई उनीहरूको इच्छा विपरीत मृतक पतिको चितामा जिउँदै जलाउन थालियो। इतिहासमा कयौँ शाही र साधारण महिलाहरूलाई जिउँदै जलाइयो। वि.सं. १९७७ साल असार २५ गते चन्द्र शमशेर जङ्गबहादुर राणाले आधिकारिक रूपमा यस कुप्रथाको अन्त्य गरे।
कान्छी (गरिमा पन्त) को बिहे उनीभन्दा ४० वर्ष जेठो पुरुषसँग भएको थियो। वर्तमानमा कान्छीको पतिको बुढ्यौलीको कारण स्वास्थ्य बिग्रँदै जान्छ र उनको अन्ततः मृत्यु हुन्छ। अब सामाजिक मूल्यमान्यता अनुसार कान्छी सती गई आफ्नो मृतक पतिको चितामा गई जिउँदै जल्नुपर्ने हुन्छ तर उनी जसोतसो गरी बाँच्छिन् र नजिकैको वनको गुफामा बास बस्न थाल्छिन्। आफ्नी आमाको अनुपस्थितिमा एक्लो भएको घनश्याम वनमा भौतारिँदै गर्दा उनले आफ्नी आमालाई गुफामा लुकिरहेको देख्छन्। कान्छी र उनको छोराको भेट भए तापनि उनीहरू सँगै बस्न सक्दैनन्, किनभने समाजले सती प्रथा बाँचेका महिलाहरूलाई जसरी भए पनि मार्छन्। घनश्यामले आफ्नी आमासँग नयाँ जीवन सुरु गर्न आफ्नो गाउँ छोडी अरू ठाउँमा बस्ने निर्णय गर्छ। आफ्नी आमालाई त्यही गुफामा पर्खिन लाउँदै घनश्याम आफ्नो सामान लिन गाउँ फर्किन्छन्। केही क्षणपछि कान्छीको देवर र देउरानी पनि सहयोग गर्न आइपुग्छन्। कान्छी र घनश्यामले गाउँ छोड्न लाग्दा सती प्रथामा अर्की महिलाको देहान्त भएको साक्षी गर्छन्।