टीकापुर | |
---|---|
नगरपालिका | |
निर्देशाङ्क: २८°३१′३०″उ ८१°०७′१५″पू / 28.52500°N 81.12083°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कैलाली |
नगरपालिका | वि.सं. २०५३ माघ ११[१] |
समावेश (गाविस) | टीकापुर |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
समावेश (गाविस) | आंशिक रूपमा नारायणपुर र धनसिंहपुर |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२ |
सरकार | |
• नगरप्रमुख | रामलाल डगौरा थारु (नागरिक उन्मुक्ति पार्टी) |
• उपप्रमुख | खडकबहादुर शाह (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ११८.३३ किमी२ (४५.६९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८९,८३५ |
• घनत्व | ७६०/किमी२ (२०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
टीकापुर नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने कैलाली जिल्लाको एक नगरपालिका हो। कैलाली जिल्लाको तत्कालिन टीकापुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई वि.सं. २०५३ माघ ११ गते टीकापुर नगरपालिका घोषणा गरिएको थियो। नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा आंशिक रूपमा नारायणपुर र धनसिंहपुर गाविसका केही वडाहरूलाई यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[४][५][६] कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ७६,०८४ रहेको छ। यो नगरपालिकालाई सुदूरपश्चिमको पूर्वी मूल गेट कर्णाली पुलबाट १३ किलोमिटर पश्चिममा पर्ने लम्की, धनगढी, महेन्द्रनगर जस्ता प्रमुख सहरहरू जोड्ने उद्गम बिन्दु मान्ने गरिन्छ।[७]नेपालको सबैभन्दा ठूलो मानव निर्मित उद्यान टीकापुर पार्क यसै नगरपालिकाभित्र रहेको छ।[८]
घना जङ्गलले भरिभराउ रहेको यस क्षेत्रमा मानिसहरूको बस्ती बसाल्ने क्रममा यहाँका मानव बस्तीहरू टीका जस्तै गोलाकार रूपमा बसेकोले यस क्षेत्रको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ। यस्तै अर्कों भनाइ अनुसार मानव बस्ती बसने क्रममा जङ्गल फडानीको कार्य दशैंको टीकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ।[९]
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार टीकापुर नगरपालिकाको कुल जनसङ्ख्या ८९,८३५ रहेको छ भने यहाँ २०,९३० घरधुरी रहेका छन्।[३]