Tudou logo | |
व्यवसायको प्रकार | सहायक कम्पनी |
---|---|
साइटको प्रकार | श्रव्य दृश्य साझेदारी मञ्च |
उपलब्ध भाषा | चिनियाँ |
संस्थापित | १५ फेब्रुअरी २००५ |
मुख्यालयहरू | , |
मुख्य व्यक्तिहरू | ग्यारी वाङ, कार्यकारी स्याम लाई, वित्तीय अधिकारी |
अभिभावक | युकु |
युआरएल | www |
अलेक्सा क्रम | २,७२५ (नोभेम्बर २०१९)[१] |
दर्ता | वैकल्पिक (उर्ध्वभरणका लागि आवश्यक) |
चालु भएको मिति | १५ फेब्रुअरी २००५ |
वर्तमान स्थिति | चालू |
टुडु निगम (सरलीकृत चिनियाँ: 土豆网); (परम्परागत चिनियाँ 土豆網) एक चिनियाँ श्रव्य दृश्य साझेदारी सेवा हो जसको प्रधान कार्यालय चीनको प्रमुख सहर साङ्घाईमा रहेको छ जसमा प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू उर्ध्वभरण, अवलोकन तथा साझेदारी गर्न सक्छन्।[२] टुडु १५ अप्रिल २००५ मा, सञ्चालनमा ल्याइएको थियो भने सेप्टेम्बर २००७ सम्ममा, यसमा दैनिक ५५ मिलियन श्रव्य दृश्यहरू प्रकाशन गरिएको थियो।[३]
युट्युबमा प्रति दिन श्रव्य दृश्यहरू ठूलो सङ्ख्यामा प्रकाशन गरिन्छ, तर औसत टुडुको श्रव्य दृश्य अवधि लामो यसको मतलब टुडुबाट दैनिक रूपमा प्रवाह हुने श्रव्य दृश्यको मिनेटको कुल सङ्ख्या युट्युब भन्दा ठूलो छ (टुडो १५ बिलियन मिनेट र युट्युब ३ बिलियन मिनेट)।[४]
साङ्घाईमा आधारित यस सेवाले एडोब फ्ल्यास प्रविधिको प्रयोग गरी हरेक दिन ५०,००० भन्दा बढी नयाँ श्रव्य दृश्यहरू प्रकाशन गर्दछ जसमा शौखिन सामग्रीहरू जस्तै श्रव्य दृश्य ब्लगिङ, मूल श्रव्य दृश्य, चलचित्र, दूरदर्शन श्रव्य दृश्य र सङ्गीत श्रव्य दृश्य समावेश छन्। दर्ता नभएका प्रयोगकर्ताहरूले वेबसाइट उर्ध्वभरण भएका सामग्रीहरूलाई अवलोकन गर्न सक्छन् भने दर्ता भएका प्रयोगकर्ताहरूले वेबसाइटमा असीमित श्रव्य दृश्यहरू अनलाइन तथा विन्डोजमा आधारित उर्ध्वभरण अौजार मार्फत उर्ध्वभरण गर्न सक्छन्।[५]
१२ मार्च २०१२ मा, युकुले, ष्टकका लागि ष्टक कारोबारमा टुडुको अधिग्रहण गर्ने सम्झौताको घोषण गरेको थियो र नयाँ निकायको नाम युकु टुडु निगम हुने बताएको थियो।[६]
टुडोलाई ग्यारी वाङ र जर्मनेली नागरिक मार्क भ्यान डर चिजले संयुक्त रूपमा स्थापना गरेका थिए। टुडुको नेपालीमा अनुवाद आलु हुन्छ। यो पहिले टुउडु डटकमको रूपमा परिचित थियो, र यसको डोमेन नाम टुडु डटकममा अगष्ट २००६ मा परिवर्तन गरिएको थियो र त्यो डोमेन टुडु डटकमको साथ उपलब्ध गराइएको थियो। प्रमुख कार्यकारी अधिकृत वाङका अनुसार, यो नाम अङ्ग्रेजी उपमा "आलु"बाट आएको हो। [७]
टुडू भन्दा पहिले वाङ संयुक्त राज्य अमेरिकामा बसोबास गर्थे र पछि उनी चीनमा बहुराष्ट्रिय कम्पनीहरूमा काम गर्नका लागि फर्केका थिए। टुडूलाई मूल रूपमा एक श्रव्य दृश्य ब्लगिङ कम्पनीको रूपमा अवधारणाकृत गरिएको थियो र साइट १५ अप्रिल २००५ मा यसको वर्तमान ढाँचामा युट्युबको सुरुवात भएको केही महिना पछि सुरूवात गरिएको थियो।[८]
धेरै प्रविधि कम्पनीहरूको सुरुवात जस्तै, टुडु थोरै लागत तथा काँचो प्रविधि टोलीद्वारा स्थापनम भएको थियो। यो सुरुमा स्व-वित्त लगभग एक लाख अमेरिकी डलरका साथ स्थापना गरिएको थियो भने त्यसपछि सन् २००५ को अर्को चरणमा ५ लाख अमेरिकी डलर सङ्कलन गरेको थियो। यसले सन् २००६ मा प्रमुख ठूलो कोष आईडीजी चाइना, जीजीभी क्यापिटल (पूर्व ग्रेनाइट ग्लोबल भेञ्चर्स), र जाफको एसिया मार्फत ८.५ मिलियन अमेरिकी डलर प्राप्त गरेको थियो।[९]
टुडुको दोस्रो कोष सन् २००७ को सुरुवातमा १९ मिलियन अमेरिकी डलरको लागि थियो। यो कोष बोष्टनमा आधारित सामान्य उत्प्रेरिक साझेदारहरू र साङ्घाई स्थित क्यापिटल टुडेको नेतृत्वमा रहेको थियो भने अन्य उपस्थित लगानीकर्ताहरूले पनि यसमा सहभागीता जनाएका थिए। [९] चौँथो चरणको कोष २८ अप्रिल २००८ मा, ५७ मिलियन अमेरिकी डलरको लागि रहेको थियो जसमा पहिलेकै लगानीकर्ताहरू जस्तै आइडिजी, ग्रेनाइट ग्लोबल भेञ्चर्स, सामान्य उत्प्रेरिक साझेदारहरू र नयाँ रकेफिलर परिवार समावेश थिए। हालैको कोष ५ अगष्ट २०१० मा तामासेक नियन्त्रक कम्पनी र पहिलेकै लगानीकर्ताहरू मार्फत ५० मिलियन अमेरिकी डलरको लागि रहेको थियो।[१०][११][१२]
सन् २००७ को ग्रीष्म ऋतुमा, निलसनको मुल्याङ्कन अनुसार, टुडु तिव्र वृद्धि हुने वेबसाइटहरू मध्ये एक हो जसमा, तीन महिनाको अन्तरालमै साप्ताहिक रूपमा वेबसाइटमा १३१ मिलियनबाट वृद्धि हुँदै ३६० मिलियन श्रव्य दृश्य पुगेको थियो।[१२][१३][१४]
१७ जुलाई २००७ को सर्वेक्षण अनुसार, टुडुमा उर्ध्वभरण भएका ५५ मिलियन श्रव्य दृश्यहरू दैनिक रूपमा ५५ मिलियन श्रव्य दृश्यहरू अवलोकन गरिएका थिए जसमा हरेक २४ घण्टामा २०,००० नयाँ श्रव्य दृश्यहरू वेबसाइटमा उर्ध्वभरण गरिएको थियो। निलसनको मापन अनुसार, वेबसाइटमा हरेक महिना ४० मिलियन भ्रमणहरू भएका थिए।
चिनियाँ पछ्याउने सेवा आइसर्चका अनुसार, मध्य २००७ सम्ममा, टुडुले ५०% अनलाइन भिडियो बजार ढाकेको थियो। आइसर्चकोको प्रतिवेदनमा टुडुले सन् २००९ मा ९५ मिलियन नमूना भ्रमणकर्ता र जून २०१० मा १७० मिलियन भन्दा बढी भ्रमणकर्ता नाघेको जानकरी समेत उल्लेख गरिएको थियो।[१५]
टुडूले आफ्नो वित्तीय कोष शृङ्खला क देखि ङ सम्म, सन् २००५ देखि २०१० सम्म, क्रमशः रूपमा नोभेम्बर २००५, अप्रिल २००६, अप्रिल २००७, अप्रिल २००८ र अगष्ट २०१० मा पुरा गरेको थियो।[१६] कम्पनीले आईडीजी भेञ्चर्स चाइना, जाफको एसिया, जीजीभी क्यापिटल, सामान्य उत्प्रेरक साझेदार, क्यापिटल टुडे, केटीबी, जेएआईसी, साइबर एजेण्ट, भेनरोक, क्रिसेन्ट पोइन्ट, र टेमासेक होल्डिङ्स लगायत कम्पनीहरू मार्फत कुल १३५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको थियो।[१७]
जुलाई २००७ मा, टुडुले युट्युब भन्दा केही महिना अगाडि श्रव्य दृश्य साइटहरूको लागि विश्वको पहिलो ठूलो मात्रामा श्रव्य दृश्य विज्ञापन प्रणालीहरू मध्ये एकको शुरूवात गरेको थियो।[१८] सेप्टेम्बर २००७ को अन्त्य तिर, इण्टेल र टुडुले साझेदारीमा ताररहित भिडियो साझेदारी प्रविधिहरूलाई अन्वेषण गर्न र मोबाइल उपकरणहरूको लागि अनुप्रयोग बनाउन एक सम्झौतामा पत्रमा हस्ताक्षर गरेको थियो। टुडुलु यसको तीव्र गतिमा बढिरहेको भिडियो ईन्कोडर सर्भर फार्महरूमा इण्टेल प्रणाली एकाईको प्रयोग बढाउन पनि सहमत भएको थियो। इण्टेलले टुडु विज्ञापन प्रणाली मार्फत पनि आफ्ना उत्पादनहरूको प्रवर्द्धन गरेको थियो। [१९] डिसेम्बर २००७ मा, टुडुले श्रव्य दृश्य एच २६४ ढाँचा अनुसार सुरुवात गरेको थियो जसमा यसले उच्च गुणस्तर र मानक आधारमा भिडियो प्रदान गरेको थियो।
सन् २००८ को सिचुवान भूकम्प पछि, मे १२ २००८ मा, वेबसाइटको सेवा मे २१ वा राष्ट्रिय शोक रहुञ्जेल सम्मका लागि बन्द गरिएको थियो।
१० सेप्टेम्बर २००८ मा, टुडुले यसको अनुमतिपत्र चीनको राष्ट्रिय श्रव्य तथा दूरदर्शन प्रशासन मार्फत प्राप्त गरेको थियो।[२०]
टुडुको सामग्रीहरूको एक भाग वाणिज्यिक स्रोतहरूबाट आउँदछ र प्रयोगकर्ताद्वारा उत्पादित हुँदैनन्। चिनियाँ नागरिकहरू चिनियाँ दूरदर्शनहरू जस्तै स्याक मिडियाको कार्यक्रमहरू दूरदर्शनमा नहेरिकन टुडुमा हेर्ने गरेको कम्पनीले दावी गरेको छ। सन् २००८ को सुरुवातमा, छनौट व्यावसायिक सामग्री समग्रता अनुमतिपत्र सामग्री अधिग्रहण र साझेदारीका कार्यक्रमहरूको सुरूवात गरेको थियो। टुडुले यसो गरेता पनि अझै यसको प्रतिलिपि अधिकार नीतिहरूको बेवास्ताको लागि आलोचना खेपेको थियो।[२१]
टुडुका समिक्षाकर्ताहरूले टुडुमा उर्ध्वभरण भएका सामग्रीहरूको अवलोकन, अनुमोदन र श्रेणीकरण गर्ने गर्दछन्। समिक्षाकर्ताहरूले अश्लील श्रव्य दृश्यहरूलाई अनुपयुक्त सामग्रीको रूपमा श्रेणीकरण गर्ने गर्दछन्।[१९]
टुडुको श्रव्य दृश्य बज्ने प्रविधि म्याक्रोमिडियाको फ्ल्यास प्लेयरमा आधारित छ। यो प्रविधिले साइटलाई अधिक स्थापित श्रव्य दृश्य प्लेब्याक प्रविधिसँग गुणस्तरको साथ भिडियोहरू प्रदर्शन गर्न अनुमति दिन्छ जसमा विन्डोज मिडिया प्लेयर, क्वीक टाइम र रियल प्लेयर समावेश छन् जसमा सामान्यतया भिडियो हेर्न, डाउनलोड गर्न तथा स्थापना गर्नका लागि वेब ब्राउजर प्लगइनको आवश्यक पर्दछ। फ्ल्यासको लागि पनि प्लग इनको आवश्यक पर्दछ तर फ्ल्यास ७ प्लग-इन सामान्यतया करीव ९०% अनलाइन सुशाङ्ख्यहरूमा अवस्थित रहेको मानिन्छ। भिडियो जिन्यास(क्यान्नट) वा भिएलसीको माध्यम मार्फत पनि उपलब्ध छ।[२२]
यससँग पिक्सेल आयतन २३० (लम्बाई) र २४० (चौडाई) अनुरूप रहेका छन्। स्रोत भिडियोको आकार अनुपातमा निर्भर गर्दछ। भिडियोहरू २५ फ्रेम प्रति सेकेण्डको गतिमा अधिकतम डाटा दर ३२० किलोबाइट प्रति सेकेण्डको गतिमा चल्ने गर्दछ।
टुडुले विभिन्न ढाँचाहरूका श्रव्य दृश्यहरूको समर्थन गर्दछ जसमा डब्ल्यूएमभी, एभिआई, एमओभी, एमपिइजी र एमपीफोर समावेश छन्।
श्रव्य दृश्यहरू विण्डो शैली वा पूर्ण पर्दा शैलीमा हेर्न सकिन्छ। एडोब प्रणाली फ्ल्यास प्लेयर ९ को पूर्ण पर्दा प्रकार्यको प्रयोग गरेका कारण यसलाई पुन: लोड नगरिकन कुनै पनि दृश्य अवलोकनको क्रममा शैली परिवर्तन गर्न सकिन्छ।
प्रतिलिपी अधिकारको उल्लङ्घन तथा अनुमतिपत्रको समस्यका कारण केही टुडुका श्रव्य दृश्यहरूलाई अन्तर्राष्ट्रिय आइपी ठेगानाले प्रतिबन्ध गरेको छ।
टुडु विश्वको सबैभन्दा ठूलो ब्याण्डविड्थ प्रयोगकर्ताहरू मध्ये एक हो जसमा प्रति दिन १ पिटाबाइट भन्दा बढि भिडियो फाईलहरू पठाइन्छ जुन भरपर्दो ट्राफिकको लगभग १०० गिगाबाइट / सेकेण्ड हो। कम्पनीले विभिन्न प्रकारका स्वामित्व तथा वाणिज्यिक सामग्री वितरण सञ्जालको प्रयोग गर्दछ, जस्तै चाइना क्याचे जसले चीन वरिपरि श्रव्य दृश्य वितरण गर्दछ।[२३]
सन् २००८ को कम्पिट डटकमको सर्वेक्षण अनुसार, डोमेन नाम टुडु डटकमले वार्षिक रूपमा १ करोड भ्रमणकर्ताहरूलाई आकर्षित गर्ने गरेको छ।[२४]