टुन टुन | |
---|---|
जन्म | उमा देवी खत्री ११ जुलाई १९२३ संयुक्त प्रान्त, ब्रिटिस भारत (वर्तमानको उत्तर प्रदेश, भारत) |
मृत्यु | २४ नोभेम्बर २००३ मुम्बई, भारत |
पेशा |
|
कार्यकाल | सन् १९४६ - सन् १९९० |
टुन टुन[१] नामले चिनिने उमा देवी खत्री (११ जुलाई १९२३ - २४ नोभेम्बर २००३)[२] एक भारतीय पार्श्वगायिका, अभिनेत्री र हास्य कलाकार थिइन् । उनलाई हिन्दी चलचित्रको प्रथम महिला हास्य कलाकार मानिन्छ ।[३]
उमा देवीको जन्म सन् १९२३ मा वर्तमानको भारतको उत्तर प्रदेशको अमरोहा जिल्लामा भएको थियो । उनका अभिभावक र दाइलाई जग्गाको मुद्दामा मारिएको थियो । उनको निधनको दुई दिन अगाडि लिइएको शिशिर कृष्ण शर्मासँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, "मलाई मेरो आमाबुबा को थिए, कस्तो देख्थे भन्ने केही सम्झना छैन । उनीहरूको मृत्यु हुँदा म दुई-अढाई वर्षको थिएँ होला । मेरा एक दाइ थिए जो आठ-नौ वर्षको हुनुहुन्थ्यो, उनको नाम हरि थियो । मलाई उनको बारेमा पनि धेरै थाहा छैन तर हामी अलिपुरमा बस्थ्यौँ । एक दिन उनको पनि हत्या भयो र मलाई दुई छाक खान पाउनको लागि नातेदारको घरमा काम गर्नुपर्ने अवस्था सिर्जना भयो । त्यसबेला म चार-पाँच वर्षकी थिए ।"
उमा देवीको बाल्यकाल गरिबीमा बित्यो । पछि उनले निरीक्षक अख्तर अब्बास काजीलाई भेटे जसले उनलाई सहयोग गर्नुका साथै सकारात्मक रूपमा प्रभावित पनि गरे । भारतको विभाजनको समयमा काजी साहेबले पाकिस्तानको लाहोरमा बसाइ सरे । त्यसबेलाको परिस्थितिबाट दिक्क भई उमा देवी चलचित्रमा गाउनका लागि बम्बई गइन् । अन्ततः काजी साहेब पनि बम्बई सरे, जहाँ सन् १९४७ मा उनीहरूको विवाह भयो ।
२३ वर्षको उमेरमा उमा देवी आफ्नो घरबाट भागी बम्बईमा सङ्गीतकार नौशादको दैलोमा पुगेकी थिइन् जहाँ उनले नौशादले उनलाई गाउने अवसर नदिए आफैँलाई समुद्रमा फाल्ने धम्की दिएकी थिइन् । नौशादले उनको प्रदर्शनलाई अवसर दिई त्यहीँ उनलाई आफ्नो कामदारको पदमा छानेका थिए । उनले सन् १९४६ मा नजिरको वामिक आजरामा पार्श्वगायिकाको रूपमा आफ्नो कार्य जीवनको सुरुवात गरेकी थिइन् ।[४][५] उनले केही समय पछि नौशादसँग काम गरिरहने निर्माता-निर्देशक अब्दुल रशीद करदारसँग साझेदारी गरी नूरजहाँ, राजकुमारी दुबे, खुर्शीद बानु र जोहराबाई अम्बालेवाली जस्ता लोकप्रिय कलाकारसँग काम गर्ने मौका पाएकी थिइन् ।
सन् १९४७ मा नौशादको निर्देशनमा उनले करदारको दर्दमा अभिनेत्री मुनावर सुल्तानाको पार्श्वगयिकाको रूपमा "अफसाना लिख रही हूँ दिल-ए-बेकरार का", "यह कौन चला मेरी आँखों में समा कर" र "आज मची है धूम झूम खुसी से झूम" गाई लोकप्रिय बनेकी थिइन् । यसका साथै उनले सुरैयासँग "बेताब है दिल दर्द-ए-मोहब्बत के असर से" गाएकी थिइन् ।[६] टुन टुनले गएको "अफसाना लिख रही हूँ" सुनेर एक सज्जन यति मोहित भएका थिए कि उनी टुन टुनसँग समय बिताउन बम्बई सरेका थिए । अन्ततः उनीहरूको विवाह भई दुई छोरा र दुई छोरीको जन्म भयो । उनको पति, जसलाई उनले मोहन भन्थिन्, को सन् १९९२ मा मृत्यु भयो ।
दर्दको सफलता पछि सन् १९४८ मा टुन टुनले महबूब खानको अनोखी अदामा काम पाइन् जसमा "काहे जिया डोले" र "दिल को लगाके हमने कुछ नहीं पाया" जस्ता प्रख्यात एकल समावेश गरिएका थिए । यी गीतले उनलाई सबैभन्दा लोकप्रिय पार्श्वगायिका बनाएको थियो ।[७] त्यही साल उनले चेन्नईमा अवस्थित जेमिनाइ स्टुडियोजमा सुब्रमनियम श्रीनिवासनको चन्द्रलेखाका लागि गीत गएपछि दक्षिण भारतमा पनि लोकप्रिय बनेकी थिइन् । यस चलचित्रमा उनको प्रख्यात गान "सांझ की बेला" समावेश गरिएको थियो जसले गर्दा उनी उत्तर देखि दक्षिण भारत सम्म नै प्रख्यात त बनिन् तर श्रीनिवासनसँगको साझेदारीले गर्दा उनले पहिले करदारसँग गरेको साझेदारीको उल्लङ्घन भयो जसले गर्दा उनले टन्नै घाटा व्यहोर्नुपर्यो ।
सङ्गीत र चलचित्रमा तीब्र गतिमा परिवर्तन भइरहेको बेलामा पनि उनले आफ्नो पुरातन साङ्गीतिक शैलीलाई अँगालिरहेको हुनाले उनले लता मङ्गेशकर र आशा भोसले जस्ता आधुनिक पार्श्वगायिकासँग प्रतिस्पर्धा गर्न सकिनन् । अन्ततः उनको चुलबुले व्यक्तित्व र हास्यात्मक कलालाई ध्यानमा राखी नौशादले उनलाई अभिनयमा लाग्ने सुझाव दिए । टुन टुन दिलीप कुमारलाई अत्यन्तै मन पराउँथिन् र आफ्नो पहिलो चलचित्र दिलीप कुमारको साथमा नै खेल्ने सपना देखेकी थिइन् । उनको लगातार अनुनयको फलस्वरूप नौशादले आफ्नो साथी दिलीप कुमारलाई भनी सन् १९५० मा सार्वजनिक गरिएको बाबुलमा समावेश गरियो । उक्त चलचित्रमा नरगिसलाई प्रमुख महिला पत्रको भूमिकामा राखिएको थियो । उनको चुलबुले स्वभावको कारणले नै दिलीप कुमारले उनलाई "टुन टुन" नामले बोलाउन थालेका थिए र उनले पनि यही नामको प्रयोग गर्न थालिन् ।[३]
पछि गएर उनले सन् १९५४ मा सार्वजनिक गरिएको आरपार, सन् १९५५ मा सार्वजनिक गरिएको मिस्टर और मिसेज ५५ र सन् १९५७ मा सार्वजनिक गरिएको प्यासा जस्ता गुरु दत्तद्वारा निर्देशित चलचित्रमा भूमिका निर्वाह गरिन् ।[८] इस्वीको बीसौँ शताब्दीको छैटौँ र सातौँ दशकमा उनले कयौँ बलिउड हास्य चलचित्रमा विशेष भूमिका निभाइन् । उनले सन् १९८२ मा प्रकाश मेहराद्वारा निर्देशित र अमिताभ बच्चनद्वारा प्रमुख भूमिका निभाइएको नमक हलालमा पनि अभिनय गरेकी थिइन् ।[४]
पाँच वर्षको कार्य जीवनमा उनले भगवान दादा, आगा, सुन्दर, मुकरी, धुमाल, जोनी वाकर र केष्टो मुखर्जी लगायत अन्य हास्य कलाकारका साथ हिन्दी, उर्दू र पञ्जाबी भाषाहरूमा करिब २०० चलचित्रमा काम गरेकी थिइन् ।[९] सन् १९९० मा सार्वजनिक गरिएको कसम धन्दे की उनको अन्तिम चलचित्र थियो ।
उमा देवी खत्रीको कारणले वर्तमानमा समेत भारतमा मोटी महिलालाई टुन टुन भन्ने गरिन्छ ।
चार सन्तान भएकी उमा देवी लामो समय देखि बिरामी थिइन् । अन्ततः २३ नोभेम्बर २००३ मा मुम्बईको अन्धेरीमा ८० वर्षको उमेरमा उनको मृत्यु भयो ।[१०]
वर्ष | शीर्षक | भूमिका | टिप्पणी |
---|---|---|---|
सन् १९९० | कसम धन्दे की | प्रेमा | |
सन् १९८९ | शहजादे | हिटलरकी बेहुली | अश्रेयित |
सन् १९८८ | एक आदमी | ||
सन् १९८७ | दीवाना तेरे नाम का | ||
सन् १९८६ | खेल मोहब्बत का | नोकर्नी | |
सन् १९८५ | लभर बोइ | फूलमती | |
सन् १९८५ | घर द्वार | ||
सन् १९८५ | सलमा | गायिका - "मुमताजको विवाह" | |
सन् १९८४ | शोरगुल | ||
सन् १९८४ | कमला | ||
सन् १९८४ | राजा और रानी | हवल्दारकी श्रीमती | टुन टुनको रूपमा श्रेयित |
सन् १९८४ | ऊँची उडान | ||
सन् १९८३ | कुली | ७ बालककी आमा | |
सन् १९८३ | हादसा | महिला स्वास्थ्य समिति सदस्य | |
सन् १९८३ | पेन्टर बाबु | कोयल | |
सन् १९८२ | हीरों का चोर | ||
सन् १९८२ | डिस्को डान्सर | बेहुली | अश्रेयित |
सन् १९८२ | मेहेरबानी | ||
सन् १९८२ | हथकडी | ||
सन् १९८२ | अपराधी कौन ? | नर्स | |
सन् १९८२ | मैंने जीना सीख लिया | मिस टुन टुन | |
सन् १९८२ | नमक हलाल | कुकुर पालेकी महिला अतिथि | |
सन् १९८२ | सम्राट | जहाजमा चढेकी महिला | अश्रेयित |
सन् १९८२ | यह तो कमाल हो गया | ||
सन् १९८१ | सन्नाटा | ||
सन् १९८१ | बीवी-ओ-बीवी | मिसेज सिंहकी साथी - पौडी खेलने पुलमा बेहोस हुनछिन् | अश्रेयित |
सन् १९८१ | साजन की सहेली | मरिया | |
सन् १९८० | अँधेरा | ||
सन् १९८० | कुरबानी | कारमा रहेकी मोटी महिला | |
सन् १९८० | गोरी दीआं झांजरां | बुलबुलकी आमा | |
सन् १९८० | साजन मेरे में साजन की | ||
सन् १९८० | यारी दुश्मनी | ||
सन् १९७९ | बातों बातों में | काल्पनिक न्यान्सीकी आमा | |
सन् १९७९ | सरकारी मेहमान | बैङ्क कर्मचारी | |
सन् १९७९ | लोक परलोक | सुन्दरी | |
सन् १९७८ | दिल और दीवार | म्याडम | |
सन् १९७८ | फन्देबाज | ||
सन् १९७८ | अँखियों के झरोखे से | नाट्यशालामा मोटी महिला | |
सन् १९७८ | नसबन्दी | टोनिका | |
सन् १९७८ | आँख का तारा | ||
सन् १९७८ | हीरालाल पन्नालाल | ||
सन् १९७८ | प्रेमी गङ्गाराम | ||
सन् १९७८ | सत्यम शिवम सुन्दरम | मोटी महिला | |
सन् १९७७ | पण्डित और पठान | चम्पाकली | |
सन् १९७७ | आप की खातिर | नर्तकी/गायिका | |
सन् १९७७ | कविता | ||
सन् १९७७ | त्याग | ||
सन् १९७७ | अगर | चम्पाकली (अग्रवाल नोकर्नी) | |
सन् १९७७ | अमानत | रेफरी | |
सन् १९७७ | चाचा भतीजा | केस्टोकी बेहुली | |
सन् १९७७ | दो शोले | अतिथि भूमिका | |
सन् १९७७ | गायत्री महिमा | ||
सन् १९७७ | पापी | लैला | |
सन् १९७७ | ट्याक्सी ट्याक्सी | ९ बालककी आमा | |
सन् १९७७ | आफत | ||
सन् १९७६ | हेरा फेरी | मिसेज धनीराम | |
सन् १९७६ | नागिन | नोकर्नी | |
सन् १९७६ | आप बीती | लोर्ड्स शुजमा ग्राहक | |
सन् १९७६ | भगवान् समय संसार में | टुन टुनको रूपमा श्रेयित | |
सन् १९७६ | बुन्दल बाज | राजारामको ग्राहक | |
सन् १९७६ | रङ्गीला रतन | ||
सन् १९७५ | आग और तूफान | टुन टुनको रूपमा श्रेयित | |
सन् १९७५ | धोती लोटा और चौपाटी | नायिकाकी आमा | |
सन् १९७५ | स्त्री पुरुष | ||
सन् १९७४ | अमिर गरिब | शासिका | |
सन् १९७४ | नया दिन नई रात | मानसिक बिरामी | |
सन् १९७४ | दिल दीवाना | ||
सन् १९७४ | हमराही | ||
सन् १९७४ | माँ बहन और बीवी | ||
सन् १९७४ | माइ फ्रेन्ड | ||
सन् १९७४ | सच्चा मेरा रूप है | ||
सन् १९७४ | शैतान | मीना आडवाणी | |
सन् १९७४ | ठोकर | मुक्तिकी श्रीमती | |
सन् १९७३ | कच्चे धागे | रामसवन्ती भरोसे | |
सन् १९७३ | बन्धे हात | कविता | |
सन् १९७३ | हीरा | ||
सन् १९७३ | जलते बदन | चमेली | |
सन् १९७३ | नाग मेरे साथी | ||
सन् १९७२ | गोमती के किनारे | पेट्रोल पम्पको मालिककी श्रीमती | |
सन् १९७२ | ललकार | दन्को | |
सन् १९७२ | आँखों आँखों में | मिसेज परेरा | |
सन् १९७२ | अपराध | मिसेज फर्नान्डिज | |
सन् १९७२ | बेइमान | ||
सन् १९७२ | बिन्दिया और बन्दुक | ||
सन् १९७२ | चोरी चोरी | ||
सन् १९७२ | दिल दौलत दुनिया | बालककी आमा | |
सन् १९७२ | एक हसीना दो दीवाने | फूल कुमारी | |
सन् १९७२ | गरम मसाला | क्वीन खटोरिया | |
सन् १९७२ | मेले मित्रन दे | पञ्जाबी चलचित्र | |
सन् १९७२ | मोम की गुडिया | डेजीकी आमा | |
सन् १९७२ | सबसे बडा सुख | ||
सन् १९७२ | समाधि | कलावती | |
सन् १९७१ | हङ्गामा | जगदीपकी आमा | |
सन् १९७१ | उपासना | ||
सन् १९७१ | एक पहेली | लिली | |
सन् १९७१ | हलचल | फिलोमेना डिकोस्टा | |
सन् १९७१ | जोहर मेहमूद इन हङ कङ | सोनियाकी काकी | |
सन् १९७१ | प्रीत की डोरी | ||
सन् १९७१ | श्री कृष्ण लीला | रसिलीकी काकी | |
सन् १९७१ | तुलसी विवाह | सेनापतिकी सासु | |
सन् १९७१ | वह दिन याद करो | ||
सन् १९७० | हीर राँझा | अल्लाह राखी | |
सन् १९७० | द ट्रेन | अतिथि भूमिका | |
सन् १९७० | आँसु और मुस्कान | भगवन्ती | |
सन् १९७० | एहसान | मिसेज चतुर्मुख | |
सन् १९७० | गीत | चम्पावती | |
सन् १९७० | हिम्मत | टाइगरकी आमा | |
सन् १९७० | पेहचान | गङ्गाकी सम्भाव्य बेहुली | |
सन् १९७० | रूठा ना करो | नीताकी नोकर्नी | टुन टुनको रूपमा श्रेयित |
सन् १९७० | शराफत | चम्पाकली | टुन टुनको रूपमा श्रेयित |
सन् १९६९ | दो रास्ते | पौडी खेल्ने पुलको परिचर | |
सन् १९६९ | अन्जाना | मिसेज कपूर | |
सन् १९६९ | अनमोल मोती | ||
सन् १९६९ | बडी दिदी | ||
सन् १९६९ | शर्त | पार्लरकी महिला | |
सन् १९६९ | तलाश | कामिनी | |
सन् १९६८ | दुनिया | छबीली | अश्रेयित |
सन् १९६८ | आबरू | ह्विस्की रानी | |
सन् १९६८ | अभिलाषा | मोती महिला | गीत: "यारों हमारा क्या" |
सन् १९६८ | बहारों की मन्जिल | ग्लोरी डिसिल्भा | |
सन् १९६८ | दिल और मोहब्बत | ||
सन् १९६८ | हर हर गङ्गे | ||
सन् १९६८ | कन्यादान | बन्सीकी सासु | |
सन् १९६८ | किस्मत | ||
सन् १९६८ | परिवार | सीतारामको कर्मचारी | |
सन् १९६८ | साधु और शैतान | सुन्दरी | |
सन् १९६८ | सुहाग रात | तितली बानू | |
सन् १९६७ | पिण्ड दी कुडी | पञ्जाबी चलचित्र | |
सन् १९६७ | आग | फूलमती | |
सन् १९६७ | बद्रीनाथ यात्रा | वेश्यालयमा नोकर्नी | |
सन् १९६७ | सिआइडी ९०९ | जुली फर्नान्डिज डिसिल्भा घोबेवाली | |
सन् १९६७ | दिल ने पुकारा | कमला | |
सन् १९६७ | दुनिया नाचेगी | ||
सन् १९६७ | गुनाहों का देवता | ||
सन् १९६७ | हरे काँचकी चूडियां | जुलीकी आमा | टुन टुनको रूपमा श्रेयित |
सन् १९६७ | उपकार | लखपतिकी श्रीमती | टुन टुनको रूपमा श्रेयित |
सन् १९६६ | आखरी खत | ||
सन् १९६६ | अफसाना | ||
सन् १९६६ | दिल दिया दर्द लिया | मिसेज मुरलीधर | |
सन् १९६६ | दिलगी | ||
सन् १९६६ | कुंवारी | ||
सन् १९६६ | लडका लडकी | राजकुमारी निर्मला देवी | |
सन् १९६६ | फूल और पत्थर | मिसेज अलोपीनाथ (गुडकी) | टुन टुनको रूपमा श्रेयित |
सन् १९६६ | सगाई | अनारकली | |
सन् १९६६ | टार्जन और जादुई चिराग | ||
सन् १९६६ | ठाकुल जरनैल सिंह | ||
सन् १९६६ | अलीबाबा और ४० चोर | ||
सन् १९६५ | जोहर मेहमूद इन गोवा | सिम्मीकी साथी | |
सन् १९६५ | एक सपेरा एक लुटेरा | बिन्दु | |
सन् १९६५ | जब जब फूल खिले | मेरी | अतिथि भूमिका |
सन् १९६५ | काजल | अम्बा | |
सन् १९६५ | लुटेरा | ||
सन् १९६५ | महाराज विक्रम | ||
सन् १९६५ | मोहब्बत इसको कहते है | बेबी | टुन टुनको रूपमा श्रेयित |
सन् १९६५ | राका | ||
सन् १९६५ | रुस्तम-ए-हिन्द | ||
सन् १९६५ | सहेली | ५ बालककी आमा | |
सन् १९६४ | चा चा चा | मोहनकी आमा | |
सन् १९६४ | राजकुमार | चम्पाकली | |
सन् १९६४ | आया तूफान | महादासी | |
सन् १९६४ | दारासिंह: आयरनम्यान | रङ्गीलीकी आमा | |
सन् १९६४ | फरियाद | ||
सन् १९६४ | गङ्गा की लहरें | नोकर्नी | |
सन् १९६४ | कश्मीर की कली | रमा देवी | |
सन् १९६४ | खुफिया महल | ||
सन् १९६४ | मिस्टर एक्स इन बम्बई | कामिनी | |
सन् १९६३ | ब्लफ मास्टर | लजवन्ती | |
सन् १९६३ | एक दिल सौ अफसाने | विवाहमा उपस्थित अतिथि | |
सन् १९६३ | एक राज | चम्पाकली | |
सन् १९६३ | गहरा दाग | सुन्दरी | टुन टुनको रूपमा श्रेयित |
सन् १९६३ | गोदान | ||
सन् १९६३ | जब से तुम्हे देखा है | किटीकी नोकर्नी | |
सन् १९६३ | कौन अपना कौन पराया | ||
सन् १९६३ | नागरानी | चन्दकी साथी | अश्रेयित |
सन् १९६३ | फूल बने अङ्गारे | कमलाकी जेठानी | |
सन् १९६३ | शिकारी | ||
सन् १९६३ | उस्तादों के उस्ताद | कवाली प्रतिस्पर्धाको आयोजक | |
सन् १९६३ | सपनी | पञ्जाबी चलचित्र | |
सन् १९६२ | चाइना टाउन | महाकाली | |
सन् १९६२ | हाफ टिकट | असली मुन्नाकी आमा | |
सन् १९६२ | झूला | आमा | |
सन् १९६२ | प्रोफेसर | फूल रानी | |
सन् १९६२ | सन अफ इन्डिया | गोपालकी सौतेनी आमा | |
सन् १९६२ | उम्मीद | ||
सन् १९६२ | वल्लाह क्या बात है | ||
सन् १९६१ | चौदहवी की चाँद | नसीबन | उमा देवीको रूपमा श्रेयित |
सन् १९६१ | गङ्गा जमुना | भाजीवाली | अश्रेयित |
सन् १९६१ | पासपोर्ट | रीता र शेखरलाई शरण दिने महिला | |
सन् १९६१ | शमा | वी आपा | |
सन् १९६० | बम्बई का बाबु | ||
सन् १९६० | दिल अपना और प्रीत पराई | हसीना | |
सन् १९६० | दिल भी तेरा हम भी तेरे | मोतीकी आमा | |
सन् १९६० | एक फूल चार काँटे | जमुनाबाई | |
सन् १९६० | जाली नोट | मिसेज मलिक | अश्रेयित |
सन् १९६० | किकली | ||
सन् १९६० | कोहिनूर | ||
सन् १९५९ | बैङ्क प्रबन्धक | ||
सन् १९५९ | भाई बहन | जुली | |
सन् १९५९ | ब्ल्याक क्याट | मिसेज रमणलाल | अश्रेयित |
सन् १९५९ | चाचा जिन्दाबाद | ||
सन् १९५९ | जङ्गल किङ | ||
सन् १९५९ | कागज के फूल | टेलिफोन सञ्चालक | |
सन् १९५९ | कवि कालिदास | कालिदासकी सौतेनी आमा | |
सन् १९५९ | कैदी नम्बर ९११ | ||
सन् १९५९ | उजाला | ||
सन् १९५८ | १२ ओक्लक | कुमारी नटेश सुन्दरी | उमा देवीको रूपमा श्रेयित |
सन् १९५८ | आखरी दाव | मुथुस्वामीकी छोरी | |
सन् १९५८ | आजी बस शुक्रिया | ||
सन् १९५८ | लजवन्ती | टुन टुन | अश्रेयित |
सन् १९५८ | मालिक | ||
सन् १९५८ | क्रिमिनल | लजवन्ती 'लाजो' | |
सन् १९५८ | फिर सुबह होगी | रामकी जग्गाधनी | अश्रेयित |
सन् १९५८ | सोलवाँ साल | आकाङ्क्षी अभिनेत्री/गायिका | |
सन् १९५७ | प्यासा | पुष्पलता | |
सन् १९५७ | क्याप्टेन किशोर | ||
सन् १९५७ | दो रोटी | ||
सन् १९५७ | मिर्जा साहिबान | ||
सन् १९५७ | राम लक्ष्मण | ||
सन् १९५६ | अनुराग | ||
सन् १९५६ | सिआइडी | प्रहरी स्टेसनमा शिकायतकर्ता | उमा देवीको रूपमा श्रेयित |
सन् १९५६ | फिफ्टी फिफ्टी | ||
सन् १९५६ | जागते रहो | सतीकी आमा | अश्रेयित |
सन् १९५६ | पकेटमार | शुकलकी सम्भाव्य सासु | अश्रेयित |
सन् १९५६ | राज हात | ||
सन् १९५६ | किस्मत का खेल | उमा देवीको रूपमा श्रेयित | |
सन् १९५५ | श्री ४२० | मायाकी छिमेकी | उमा देवीको रूपमा श्रेयित |
सन् १९५५ | अलबेली | ||
सन् १९५५ | बहू | ||
सन् १९५५ | हातिमताई की बेटी | ||
सन् १९५५ | मरिन ड्राइभ | जोनीकी पत्नी | उमा देवीको रूपमा श्रेयित |
सन् १९५५ | मिलाप | मिसेज अखरोडवाला | |
सन् १९५५ | मिस्टर और मिसेज ५५ | लिली डिसिल्भा | उमा देवीको रूपमा श्रेयित |
सन् १९५५ | पहली झलक | नर्तकी | गीत: "अच्छी सूरत हुई" |
सन् १९५५ | उडन खटोला | हिराकी प्रेमिका | टुन टुनको रूपमा श्रेयित |
सन् १९५४ | आरपार | रुस्तमकी आमा | |
सन् १९५४ | गुल बहार | उमा देवीको रूपमा श्रेयित | |
सन् १९५३ | बाज | मालिस गर्ने महिला | |
सन् १९५३ | गुनाह | ||
सन् १९५१ | दीदार | रायकी नोकर्नी | उमा देवीको रूपमा श्रेयितi |
सन् १९५० | बाबुल |