![]() आधिकारिक लोगो | |
व्यावसायको प्रकार | निजी |
---|---|
साइटको प्रकार | ई-वाणिज्य |
उपलब्ध भाषा | बहुभाषिक |
संस्थापित | ६ फेब्रुअरी २००९ |
मुख्यालयहरू | जाकार्ता, इन्डोनेसिया |
सेवा क्षेत्र | इन्डोनेसिया |
संस्थापक (हरू) | विलियम तनुविजय लियोनटिनस अल्फा एडिसन |
मुख्य व्यक्तिहरू | विलियम तनुविजय (सह-संस्थापक, प्रमुख कार्यकारी अधिकृत) लियोनटिनस अल्फा एडिसन (सह-संस्थापक, प्रमुख सञ्चालन अधिकारी) |
उद्योग | इन्टरनेट |
उत्पादहरू | ई-वाणिज्य |
सेवाहरू | अनलाइन किनमेल |
कर्मचारीहरू | १५०० (सन् १०१७)[१] |
युआरएल | Tokopedia.com |
अलेक्सा क्रम | ६२६ (विश्वव्यापी, जुलाई २०१९[उद्यतन])[२] २५ (इन्डोनेसिया, जुलाई २०१९[उद्यतन])[३] |
दर्ता | बिक्री गर्नका लागि दर्ता अनिवार्य |
टोकोपिडिया एक इन्डोनेसियाली प्रविधि कम्पनी हो।[४][५] जसको प्रधान कार्यालय इन्डोनेसियाको राजधानी जाकार्तामा अवस्थित छ। यसलाई सन् २००९ मा विलियम तानुविजया र उनका आत्मीय साथी लियोण्टिनस अल्फा एडिसनले संयुक्त रूपमा स्थापना गरेका थिए। [६] नोभेम्बर २०१८ सम्म कम्पनीको कुल मुल्य लगभग ७ बिलियन अमेरिकी डलर पुगेको छ।[७] टोकपिडियाले प्रविधि मार्फत वाणिज्यलाई लोकतान्त्रीकरण गर्ने उदेश्य लिएको छ।[८]
पर्सिरोन टर्बटास टोकोपिडिया ६ फेब्रुअरी २००९ मा, विलियम तानुविजया र उनका आत्मीय साथी लियोण्टिनस अल्फा एडिसनले संयुक्त रूपमा स्थापना गरेका थिए जसले टोकोपिडिया डटकमलाई प्रवन्ध गर्ने काम गर्दछ जुन सार्वजनिक रूपमा अगष्ट १७ का दिन सुरुवात गरिएको थियो। आधिकारिक रूपमा सुरुवात गरेदेखि नै टोकोपिडिया इन्डोनेसियाको तिब्र वृद्धि हुने इण्टरनेट कम्पनीको रूपमा रहेको छ। [९]
पर्सिरोन टर्बटास टोकोपिडियाले सुरुवाती कोष सन् २००९ मा पर्सिरोन टर्बटास इण्डोनुसा ड्वातामा मार्फत २.५ विलियन इन्डोनेसियाली रुपिया प्राप्त गरेको थियो। लगायतका वर्षहरूमा टोकोपिडियाले पूँजी विश्वव्यापी पूँजी कम्पनीहरू जस्तै इष्ट भेन्चर्स (सन् १०१०), साइबर एजेण्ट (सन् २०११), नेट प्राइस (सन् २०१२), कोरियाको सफ्ट बेङ्क (सन् २०१३) मार्फत प्राप्त गरेको थियो। अक्टोबर २०१४ मा, टोकोपिडिया दक्षिण पूर्वी एसियाको पहिलो प्रविधि कम्पनी हो जसले लगभग १०० मिलियन अमेरिकी डलर पूँजी प्राप्त गरेको थियो। यसले पूँजी अमेरिकी कम्पनी सिकुइया क्यापिटल र सफ्टबेङ्क इण्टरनेट एण्ड मिडिया इङ्क (एसआईएमआई) मार्फत प्राप्त गरी इतिहास रचेको थियो।
अप्रिल २०१६ मा, टोकोपिडियाले अर्को १४७ मिलियन अमेरिकी डलर पूँजी सङ्कलन गरेको थियो।[१०] सन् २०१७ मा, चीनको सबैभन्दा ठूलो मध्येको एक इ-वाणिज्य कम्पनी अलिबाबा समूहले टोकोपिडियामा १.१ बिलियन अमेरिकी डलर लगानी गरेको थियो।[११] पुनः सन् २०१८ मा, कम्पनीले १.१ बिलियन अमेरिकी डलर बराबरको कोष सुरक्षित गरेको थियो जसमा चीनको सबैभन्दा ठूलो मध्येको एक इ-वाणिज्य कम्पनी अलिबाबा समूह र जापानको सफ्टबेङ्क समूहको प्रमुख हात रहेको थियो जसले गर्दा कम्पनीको कुल मुल्य ७ बिलियन अमेरिकी डलर पुगेको थियो।[१२][१३]
प्रविधि कम्पनीको रूपमा, टोकोविडियाको विभिन्न मुख्य व्यवसायहरू रहेका छन्।
टोकोपिडियाको व्यापारीक क्षेत्र यसको उत्पादनले गर्दा प्रख्यात छ। टोकोपिडिया नि:शुल्क रूपमा व्यापारी र क्रेताहरूलाई खुद्रा व्यापारीक मञ्च प्रदान गर्दछ। यसका अन्य ब्राण्डहरूका लागि पनि आधिकारिक भण्डारण केन्द्रहरू रहेका छन् जसले खुद्रा व्यापार गर्दै आइरहेका छन्। व्यापारीक क्षेत्रका उत्पादनहरू बाहेक टोकोपिडियाले २५ श्रेणीका लाखौं उत्पादनहरूको प्रस्ताव गर्दछ। टोकोपिडियाले अङ्कीय उत्पादन पनि प्रदान गर्दछ जसमा क्रेडिट, अनलाइन भुक्तानी, उपयोग भुक्तान, दूरभाष भुक्तानी, क्रेडिट कार्ड, कुस्ती टिकट, खेल भौचर, कार्यक्रम टिकट र अन्य धेरै सेवाहरू प्रदान गर्दछ।
सन् २०१६ देखि, टोकोपिडियाले वित्तीय प्रविधि उत्पादनहरूको पनि प्रस्ताव गर्दछ। टोकोपिडियाका वित्तिय प्रविधि उत्पादनहरूमा अङ्कीय थैली, लगानीहरू, व्यापार पूँजी ऋण, भर्चुअल क्रेडिट कार्ड, सुरक्षा उत्पादनहरू तथा विभिन्न प्रविधिका उत्पादनहरू प्रदान गर्दछ। सन् २०१८ मा, टोकोपिडियाले वित्तीय प्रविधि उत्पादनको बिक्रीवितरण गर्नका लागि, मित्र टोकोपिडियाल नामक अनुप्रयोगको सुरुवात गरेको थियो।
१२ डिसेम्बर २०१८ मा, फर्चुनको प्रतिवेदन अनुसार, कम्पनीले १.१ बिलियन अमेरिकी डलर बराबरको कोष सुरक्षित गरेको थियो।[१४]
अप्रिल २०१५ सम्म, टोकोपिडिया डटकमले ४.९ मिलियन दावी सक्रिय उत्पादन सूचीबाट प्रत्येक महिना पचास लाख भन्दा बढी उत्पादनहरू विक्री गर्न सफल भएको थियो। हाल, टोकोपिडियाको मञ्चमा ८० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन् भने ४० लाख भन्दा बढी व्यापारीहरू यसमा आवद्ध छन् जसमा ७०% जति प्रथम पटकका उद्यमीहरू हुन्।[१५]
इन्डोनेसियाको अनलाइन व्यापार क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदानले गर्दा यसले सन् २०१५ मा, मार्कप्लस इङ्कले आयोजना गरेको मार्कप्लस सम्मेलनमा सन् २०१४ को, इ-वाणिज्य क्षेत्रमा वर्षको उत्कृष्ट व्यापारीक कम्पनीको पुरस्कार हात पारेको थियो। १२ मे २०१६ मा, टोकोपिडिया सन् २०१६ को उपभोक्त उद्योगको सर्वोत्कृष्ट कम्पनीको रूपमा छानिएको थियो र यसले इन्डोनेसिया डिजिटल अर्थ व्यवस्था पुरस्कार प्राप्त गरेको थियो।
डिसेम्बर २०१८ मा, टोकोपिडिया गुगल प्लेमा समुदायको उत्कृष्ट छनौटमा परेको थियो।