![]() | |
व्यवसाय प्रकार | सार्वजनिक कम्पनी |
---|---|
व्यावसायिक रूप | ढाँचा:SET ढाँचा:Sgx |
उद्योग | दूरसञ्चार |
स्थापित | ३१ अगस्ट १९८९ |
केन्द्रीय कार्यालय | बैङ्कक, थाइल्यान्ड |
मुख्य व्यक्ति | अलेक्जेन्ड्रा रिचा (कार्यकारी अधिकृत) |
उत्पादनहरू | मोबाईल, इन्टरनेट |
आम्दानी | ![]() |
![]() | |
कुल सम्पत्ति | ![]() |
मूल सङ्गठन | टेलिनर |
वेबसाइट | www |
पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेड सामान्यतया डिटिएसी थाइल्याण्डमा उन्नत जानकारी सेवा कम्पनी वा एआइएस र ट्रु पछिको तेस्रो-सबैभन्दा ठूलो जीएसएम मोबाइल फोन प्रदायक हो । डीटीएसीले टेलिनरको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वामित्व लिएको छ, र दुवै कम्पनीले एउटै लोगोको प्रयोग गर्दछन् । ३१ डिसेम्बर २०११ का अनुसार, डीटीएसीका २३.२ मिलियन प्रयोगकर्ताहरू रहेका छन् भने कुल बजार साझेदारीको ३०% भाग आेगट्न सफल रहेको छ । [१] यसले रोमिङ सम्झौताको लागि १४७ वटा राष्ट्रहरू सँग सहकार्य गरेको छ ।
सन् २०१५ मा डिटीएसीको १,१०,९६५ मिलियन कुल सम्पत्ति रहेको छ भने ८७,७५३ मिलियन राजस्व सङ्कलन गरेको छ र यसले ५,८९३ मिलियन मुनाफा कमाएको छ । यसको मुख्य कार्यलय थाइल्यान्डको बैङ्ककमा रहेको छ ।
११ अप्रिल २०१२ का अनुसार, डिटीएसीको मालिक कम्पनी बीसीटीएन होल्डिङ्स वनेको थियो ।[२]
एसियाली मोबाइलन्यूज म्यागजिन द्वारा आयोजित कार्यक्रममा, डिटीएसीलाई लगातार तीन वर्षसम्म (२००५-२००७) थाईल्याण्डको सर्वश्रेष्ठ मोबाइल सञ्चालकको पुरस्कार दिइएको थियोे । यो निजी लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियोे ।
यसको मुख्य प्रतिद्वन्द्वी, जानकारी सेवा कम्पनीको तुलनामा पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेडले देशभरीको सबै ठाउँमा आफ्नो सेवा विस्तार गरेको दावी गरेको छ । सन् २०१६ सम्ममा यसका १३,००० भन्दा अधिक आधार स्टेशनहरु रहेका छन् भने ८५० मेगाहर्ज, १८०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्यान्डमा यो स्थापित भएको थियोे ।
हाल यसले ३ जी को वाणिज्यिक सेवालाई सुलभ दरमा उपलब्ध गराएको छ ।[३][४] ३ जी + सेवा पनि यसको सेवा योग्य मोबाईल फोनहरूमा उपलब्ध रहेको छ र ब्यापक रूपमा प्रयोग हुँदै आइरहेको छ । २०१४ का अनुसार २१०० मेगाहर्ज ब्याण्डमा यसको ४ जी एलटिइ सेवा सुरूवात गरिएको थियोे र त्यसपछि १८०० र २१०० मेगाहर्ज ब्याण्डमा अधारित उन्नत ४ जी एलटिइ सेवा सुरु गरिएको थियोे । डिटिएसीले ४ जी एलटिइ सेवालाई ३ गुणाले वृद्धि गरेको दावी गरेको छ ।
डिटिएसी ट्राइ नेट र डिटिएसी फोन यसका सहायक हुन् ।
पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेड थाइल्यान्डको तेस्रो सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: उन्नत जानकारी सेवा कम्पनी, क्याट टेलिकम, थाइल्यान्ड टेलिकम कम्पनी, ट्रु कर्पोरेसन , ट्रु मुभ एच लगायतका दूरसञ्चार कम्पनी हुन् ।