टोबाटेक सिंह | |
---|---|
देश | पाकिस्तान |
प्रदेश | पञ्जाब |
सदरमुकाम | टोबाटेक सिंह |
क्षेत्रफल | |
• जिल्ला | ४,३६४ किमी२ (१६८५ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जिल्ला | २,१९०,०१५ |
• घनत्व | ५००/किमी२ (१३००/वर्ग माइल) |
• सहरी | ४४१,९३० |
• ग्रामीण | १,७४८,०८५ |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
तहसील सङ्ख्या | ४ |
वेबसाइट | आधिकारिक सरकारी वेबसाइट |
टोबाटेक सिंह जिल्ला (उर्दु: ضلع ٹوبہ ٹیک سنگھ) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो । यो जिल्ला सन् १९८२ मा एक छुट्टै जिल्ला रूपमा स्थापित भएको थियो ।
यस जिल्ला र शहर सिख धार्मिका एक व्यक्तित्व टेक सिंह को नामबाट राखिएको थियो । यस जिल्लामा प्राचीन कालमा एक पोखरी थियो जहाँ एक दयालु र समाजसेवी टेक सिंह बस्ने गर्थे र उनले यस पोखरी हुँदै जाने यात्रीहरूको लागि पानी र आवासको सुविधा प्रदान गरेका थिए । त्यसैले यस ठाउँको नाम टोबाटेक सिंह राखिएको थियो भन्ने उल्लेख छ । यस जिल्लाको नामाङ्करण पछि यहाँ बिस्तारै मानिसहरूको जनसङ्ख्यामा विद्धि भयो र विकास र निर्माण कार्यहरू भएका थिए ।
टोबाटेक सिंह जिल्ला पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो जुन ३०°३३' देखि ३१°२' डिग्री उत्तर अक्षांश र ७२°०८' देखि ७२°४८' डिग्री देशान्तरणमा पर्छ । यो जिल्लाको सदरमुकास शहर टोबाटेक सिंह शहर हो ।
टोबाटेक सिंह जिल्ला १९ ओँ शताब्दीमा ब्रिटिस्ट शासन कालबाट विकसित हुँदै आएको थियो जसको सुरुवाती क्रममा पञ्जाबमा (बर्तमान भारतीय र पाकिस्तानी पञ्जाब) बसोबास गर्ने मानिसहरूको कृषिमा सहभागीता बढाउन एक संचाइ आयोजनाको निर्माण गरिएको थियो । अधिकांश मानिसहरू जो त्यहाँ आएका थिए उनिहरू लाहौर, जलन्धर, होशियारपुर जिल्लाका थिए । भारतको साम्राज्यहरूले टोबाटेक सिंहको तहसीललाई यसरी वर्णन गरका थिए-पञ्जाबको नयाँ फैसलाबाद जिल्लाको तहसील ३०°५०' देखि ३१°२३' उत्तर र ७२°२०' देखि ७२°५४' पुर्वमा पर्छ । यस तहसीलले कुल २,२४० वर्ग किलोमिटर ओगटेको छ । ब्रिटिस्ट शासन कालमा यस ठाउँ १,४८९,८४ रहेको छ भने ३४२ गाउँहरू रहेको छ । यस ठाउँबाट ब्रिटिस्ट शासकहरूलाई हछाउन यहाँ बसोबास गर्ने मुख्य इस्लामी जनसङ्ख्याले मुस्लिम लीग र पाकिस्तान आन्दोलन को समर्थन गरे र सन् १९५७ मा पाकिस्तानको स्वतन्त्रता पछि अल्पसाङ्खिक हिन्दूहरू र सिखहरू भारततर्फ लागे भने भारतबाट मुस्लिम शरणार्थी टोबाटेक सिंह स्थाई रूपमा बसोबास गर्नका लागि अएका थिए ।
पाकिस्ताको स्वतन्त्रता पश्चात सन् १९४७ मा बेलायतका शासकहरूको नामबाट राखिएको शहर, धरोहर, विद्यालय आदिको नाम परिवर्तन गरेको पुरानो अथवा मुल नाम राखिएको थियो । सन् १९८२ मा टोबाटेक सिंह एक उप विभाजित फैसलाबाद जिल्लाबाट छुट्टिएर एक छुट्टै जिल्ला बनेको थियो । सन् १९९०बाट एक ऐतिहासिक किसान सम्मेलनको स्थापना गरिएको थियो जसमा २,०००,०० किसानहरूले सहभागीता जनाएका थिए । सम्मेलनले पाकिस्तानको राजनैतिक इतिहासमा ठूलो प्रभाव पार्यो र भुट्टो कालबाट सुरुवात भएको भूमि सुधारमा सहयोग पुराएको थियो ।
टोबाटेक सिंह जिल्ला पञ्जाब प्रदेशको मध्य क्षेत्रमा अवस्थित छ जसले पाकिस्तानको कुल क्षेत्रफल मध्य ३२५२ वर्ग किलोमिटरमा फैलिएको छ र यस जिल्लामा वर्षा ऋतुको समयमा धेरैजसो बाढीको खतराहुने गर्छ । बाढी रवि नदीबाट उत्पन्न हुन्छ जुन दक्षिणी र दक्षिणपूर्वी सीमाहरूसम्म फैलिएको धन जनमा क्षति पराउने गर्छ ।[२] बेलायतको शासनकालमा टोबाटेक सिंह जिल्लामा थोरै सिख जनजातिहरू बसोबास गर्थे जसमध्य अधिकांश मानिसहरू भारतमा बसाइँसराइ गरेका थिए भने आधुनिक सरकारमा भारत को धेरै मुस्लिम शरणार्थी टोबाटेक सिंह जिल्लामा बसोबास गर्न आएका थिए ।
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कसल जनसङ्ख्या ९,०५५,८० रहेको छ जसमध्य कुल जनसङ्ख्याको ७,२०६,०१ इस्लाम धर्मका छन् भने १,८४९,७९ मानिसहरू इसाई धर्मका हुन् । सन् २००८ मा यस जिल्लाको जनसङ्ख्या १.२९ मिलियन बढेको अनुमान गरिएको थियो । १९९८ जनगणनाको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ९८.९% आवाधीले पञ्जाबी भाषा बोल्छन् भने अन्य भाषा बोल्ने जनसङ्ख्या मात्र १.९% रहेको छ । पाकिस्तानको कुल ९४ जिल्ला मध्य टोबाटेक सिंह जिल्ला मानव विकास सुचाकनङ्क अनुसार १५ अौँ स्थानमा रहेको छ ।
टोबाटेक सिंह जिल्ला सुन्तलाको उत्कृष्ट उत्पादकको रूपमा रहेको छ ("पञ्जाबी भाषामा केने भनिन्छ") । यो सबै पाकिस्तानमा सुन्तलाको मागलाई पूरा गर्छ र धेरै उत्पादन भयो भने निर्यात पनि गरेको पाइन्छ । यस जिल्ला मा बसोबास गर्ने अधिकांश मानिसहरू कृषि पेशामा आवद्ध भएको हुँदा यहाँ मासु, अण्डा, कपास, गोलभेडा, खरबुजा, आँप, खैनी, आलु, प्याज, गेडागुडी आदिको उत्पादन हुन्छ ।