चित्र:Dr B. R. Ambedkar University Logo.png | |
आदर्श वाक्य | तमसो मा ज्योतिर्गमय |
---|---|
प्रकार | प्रान्तीय विश्वविद्यालय |
स्थापना | १९२७ |
कुलपति | आनन्दीबेन पटेल |
उप-कुलपति | अशोक मित्तल |
स्थान | , , |
क्याम्पस | नगरीय |
Affiliations | विश्वविद्यालय अनुदान आयोग |
वेबसाइट | www |
भूतकालमा आगरा विश्वविद्यालय नामले प्रसिद्ध डा. भीमराव आम्बेडकर विश्वविद्यालय भारतको उत्तर प्रदेशको आगरामा अवस्थित प्रान्तीय विश्वविद्यालय हो । भारतीय बहुज्ञ, विद्वान् तथा भारतीय संविधानका जनक बाबासाहेब आम्बेडकरको नाममा यस विश्वविद्यालयको नाम परिवर्तन गरिएको थियो ।
सन् १९५५ मा स्थापित समाजशास्त्र संस्थान विश्वविद्यालय परिसरको पालीवाल क्याम्पसमा अवस्थित छ ।[१]
विश्वविद्यालय अनुदान आयोगसँगको साझेदारीमा स्थापित दाऊदयाल व्यावसायिक शिक्षा संस्थान डा. भीमराव आम्बेडकर विश्वविद्यालयको एक महत्त्वपूर्ण भाग हो जसले आगराका नागरिकलाई व्यवसाय र उद्यमको सम्बन्धमा शिक्षा प्रदान गर्छ ।
डा. भीमराव आम्बेडकर विश्वविद्यालय अन्तर्गत सन् १९९८ मा आगराको खन्दारीमा अभियान्त्रिकी एवम् प्रविधि संस्थानको स्थापना गरिएको थियो ।[२]
जीवन विज्ञान विद्यालय डा. भीमराव आम्बेडकर विश्वविद्यालयको खन्दारी परिसरमा अवस्थित छ ।