तेभागा आन्दोलन सन् १९४६ डिसेम्बरमा सुरु हुँदै सन् १९४७ सम्म चलिरहेको थियो। यस आन्दोलनमा बङ्गालका निम्न वर्गीय किसानहरू सहभागी थिए। शासकहरूले बनाएको नियम अनुसार बङ्गालका किसानहरू दुई तिहाई जमिनले कुल बालीको दुई तिहाई हिस्सा पाउनेछ भने अन्य भाग मालिकलाई दिनपर्ने थियो जुन तेभागा आन्दोलनको मुल कारक तत्व थियो। यो आन्दोलन तत्कालीन पूर्वी बङ्गाल र पश्चिम बङ्गालमा आयोजित गरिएको थियो तर पछि यो आन्दोलन दिनाजपुर र रङ्पुर जिल्लामा पनि थप सक्रियता साथ सञ्चालनमा आएको थियो।[१]
बङ्गालको ग्रामीण समाजमा बेलायती शासन नभएसम्म किसानहरू जमिनका मालिक थिए। मुगल शासनको शासककाल भन्दा पहिला किसानहरू जमिन्दार वा स्थानीय शासकहरू मार्फत तेस्रो वा कहिलेकाँही राज्यको भन्दा कम पैसा तिर्ने गर्ने। बङ्गाफ पछि बेलायती शासन अन्तर्गत आएपछि किसानहरूले जमिनको स्वामित्व गुमाएका थिए। जमिनदारहरूले जग्गाको मात्रा र उर्वरता अनुसार बेलायती शासकहरूलाई भाडा तिर्ने गर्थे। [२] जमिनदारहरूले आफ्नै बाली उत्पादन तथा जमिनको पनि बेलायती शासनहरूलाई भाडा तिर्ने गर्थे।
यस आन्दोलनले सबै जमिनदारहरूको निशाना बनायो जो साम्प्रदायिक घृणा फैलाउनमा सक्रिय थिए। यस आन्दोलनले थुप्रै प्रतिकूल दुष्प्रचार तथा साम्प्रदायिक उत्पीडितहरूको समान गर्दै वर्गीय आधारमा जनताको वास्तविक एकता स्थापित गर्यो र साम्प्रदायिक शक्तिहरूलाई हतोत्साहित गरेको थियो।[३] किसानहरूले तीव्र प्रहरी दमन तथा अत्याचारको सनमना गर्दै सन् १९४५ नोभेम्बर देखि सन् १९४६ फेब्रुअरीको बीचमा कृषि उत्पादनको दुई तिहाइ हिस्सामा आफ्नो कब्जा बनाउन सफल भएका थिए।[४]
सन् १९४७ सेप्टेम्बरमा आयोजित एक किसान सभाले तेभागा चाईको आह्वान गर्यो। यो अगस्ट १९४६ मा कलकत्ता (वर्तमान कोलकाता) मा साम्प्रदायिक नरसंहार भएको तुरुन्त पछि भएको थियो। अक्टोबरमा पूर्वी जिल्ला नोयाखाली जातीय दङ्गा भएको थियो। यस आन्दोलनमा भाग लिने किसानहरू दुवै हिन्दु तथा मुस्लिम थिए।[५] यस आन्दोलनमा आदिवासी किसानहरूको पनि उत्तिकै सक्रियता रहेको थियो। यो आन्दोलन ब्रिटिस शासनकालको सुरु भएको थियो जब मुस्लिम लिगले सुहरावर्डी मन्त्रीमण्डलको शासन गरिरहेको थियो। यस आन्दोलनमा महात्मा गान्धीले सामन्ती शासकहरूसँग नोयाखाली ग्रामीण क्षेत्रका हिन्दु तथा मुस्लिम मित्रता र प्रार्थना सभाको नारा बोकेका थिए। तब यो वर्ग सङ्घर्षले दुबै समुदायका करोडौँ किसानहरूलाई प्रेरणा दिन सफल भएको थियो।