तोया गुरुङ | |
---|---|
![]() विमला तुम्खेवाको पुस्तक विमोचन कार्यक्रममा गुरुङ (मार्च २०१९) | |
जन्म | कोदारी, सिन्धुपाल्चोक जिल्ला | ३० मार्च १९४८
राष्ट्रियता | नेपाली |
मातृ शिक्षाप्रतिष्ठान | महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस |
पेशा | लेखक, कवि |
संस्थान | नेपाल प्रज्ञा प्रतिष्ठान |
जीवनसाथी | कुमार घले |
तोया गुरुङ एक नेपाली लेखक तथा कवि हुन्। [१][२] उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहिलो महिला कार्यकारी सदस्यको रुपमा काम गरेकी थिइन्। [३] उनले सन् १९९४ देखि सन् २००४ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कविता विभागको अध्यक्षता गरेकी थिइन्।[४] उनले धुपी र तोया गुरुङका लामा कविता जस्ता धेरै कविता संग्रह र कुसुम नामक लघुकथा संग्रह प्रकाशित गरिसकेकी छिन्। उनका कविताहरू हिन्दी र अंग्रेजीमा पनि अनुवाद भएका छन् ।
उहाँको जन्म ३० मार्च १९४८ (१८ चैत २००४) मा सिन्धुपाल्चोक जिल्लाको कोदारी गाउँमा भएको थियो, जुन नेपाल-चीन सिमाना नजिकैको गाउँ हो । उनका पिता शाही नेपाली सेनाका मेजर भएका कारण उनको बाल्यकाल नेपालका विभिन्न जिल्लामा बित्यो। उनले आफ्नो हाईस्कूल शिक्षा कलकत्ता, भारतको अमर हिन्दी स्कूलबाट प्राप्त गरेकी थिइन्। उनले सानैदेखि कविता लेख्न थालिन् । [५]
उनले कलामा स्नातकोत्तर र कानूनमा डिग्री प्राप्त गरिन्। उनले आफ्नो पढाइको लागि एक बैंकमा क्लर्कको रूपमा काम गरेकी थिइन्। [६]
उनी पेन नेपालकी संस्थापक सदस्य थिइन्। [७]
कविता संग्रह र लामो कविता
लघुकथा संग्रह
संस्मरण
उनले सन् १९८६ मा 'प्रतिभा पुरस्कार', सन् १९८८ मा 'व्यथित साहित्य पुरस्कार' र सन् १९८९ मा रत्नश्री स्वर्ण पदक जस्ता धेरै पुरस्कारहरू प्राप्त गरेकी छिन्।[९] उनी २०१७ मा गङ्गादेवी चौधरी स्मृति सम्मानबाट सम्मानित भइन्।[१०]