त्रिवि शिक्षण अस्पताल | |
---|---|
भौगोलिक विवरण | |
स्थान | महाराजगञ्ज, काठमाडौँ नेपाल, बागमती प्रदेश, नेपाल |
सङ्गठन | |
वित्तीय व्यवस्था | सार्वजनिक |
प्रकार | सामुदायिक, शिक्षण अस्पताल |
आवद्ध विश्वविद्यालय | त्रिभुवन विश्वविद्यालय |
सेवाहरू | |
शैय्या | ७०० |
इतिहास | |
सञ्चालन | वि.सं २०३८ |
कडीहरू | |
वेबसाइट | http://tuth.org.np/ |
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नेपालको प्रसिद्ध सार्वजनिक अस्पताल हो। यसको स्थापना वि.सं २०३८ मा भएको थियो।[१] सुरुमा यस अस्पतालमा ३०० शय्याको सुविधा थियो जसलाई अहिले बढाइएको छ र अहिले यसमा ७०० शय्याको सुविधा रहेको छ। यो अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण तथा अनुसन्धान गतिविधिको स्थल हो।