दुङमाली भाषा

दुङमाली
मूलभाषीनेपाल
क्षेत्रकोशी प्रदेश
रैथाने(हरू)१०,०००
मातृभाषी वक्ता६,३००
भाषा सङ्केतहरू
आइएसओ ६३९-३raa
ग्लोटोलगdung1252[]

दुङमाली भाषा पौवा खेसाङ थुम भित्र बोलिने भाषा हो। दुङमाली भाषालाई विभिन्न शोधकर्ताहरूले लामो समयसम्म खोज, अध्ययन र अनुसान्धन पश्चात यो दुङमाली भाषा नै हो भन्ने भाषा बिज्ञहरूको अनुसान्धनबाट देखाएको हो। भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुखोला ण पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरू आम्तेक, श्याम्सीला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्माठुलोदुम्माका गा.वि.स.हरूमा बसोवास गर्ने किराँत राईहरूले बोलिन्ने भाषालाई दुङमाली भाषा भन्निछ।

दुङमाली-नेपालि शब्दकोश
दुङमालि भाषा नेपालि भाषा
नमलेन आइतबार
लाडिपलेन सोमबार
सुम्लेन मङ्गलबार
ओक्लेन बुधबार
फुरुलेन विहिबार
रुवालेन शुक्रबार
टोङलेन शनिबार
लेखम माघ
जोखम फागुन
सप्लम चैत
अम्लम बैशाख
छिरुम जेठ
ढिरुम असार
असार साउन
मुलम भदौ
सिप्सुम असोज
खिप्सुम कात्तिक
टेट्चम मङ्सिर
ठङचम पुष

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "दुङमाली", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।