नाडिया बिनाइसा | |
---|---|
![]() सन् २००८ मा बिनाइसा | |
जन्म | नाडिया बिनाइसा २६ अप्रिल १९८२ फ्र्याङ्कफट, पश्चिम जर्मनी |
पेशा |
|
कार्यकाल | सन् २०००–२०१३ सन् २०१५ |
नामपत्र (हरू) | युनिभर्सल |
सन्तान | १ |
वेबसाइट | NadjaBenaissa.de |
नाडिया बिनाइसा (जन्म: २६ अप्रिल १९८२) एक जर्मनेली गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्। बिनाइसा सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्।[१] उसले सोही कार्यक्रम र उक्त साङ्गीतिक समूहको सदस्य भएकाले ख्याति कमाउन सफल भएकी थिइन् र यो समूहले हाल सम्म युरोपेली मूलका सबैभन्दा धेरै बिक्री गराउन सफल विभिन्न गीत तथा गिती सङ्गालोको प्रस्तुत गर्दै किर्तिमानी कायम गर्न सफल भएको छ।[१]
उक्त समूहको साथ व्यवसायिक रूपमा सफल भएका विभिन्न गिती सङ्गालो तथा गीतहरूको जारी गरे पछि उनले सन् २००६ मा, आफ्नो पहिलो गिती सङ्गालो श्रीट फु श्रीट (अनुवादित नाम = एक पछि अर्को) जारी गरेकी थिइन्। [२] उनको अर्ध आत्मकथा समेटिएको गिती सङ्गालोलाई पूर्ण रूपमा जर्मनेली भाषामा कैद गरिएको थियो जसले गर्दा उनले विभिन्न किसिमका सङ्गीतमा आफ्नो कार्यलाई निरन्तरता दिन मद्दत गरेको थियो। उनले त्यस पश्चात् मध्यम व्यावसायिक सफलताको प्राप्त गरेकी थिइन्।[३]
फेब्रुअरी २०१० मा, उनीलाई एचआइभी सङ्क्रमण भएको थाह हुँदाहुँदै पनि सन् २००४ देखि २००६ को बीचमा तीनजना पुरुससँग असुरक्षित यौन सम्पर्क गरेका कारण जर्मनेली प्रहरीले उनीमाथि शारीरिक चोट पुर्याउनका लागि गरिएको भन्दै आरोप लगाइएको थियो।[४] सोही वर्षको अगस्टमा उनी यौन साझेदारहरूबाट उनको एचआइभी स्थिति लुकाउनको लागि दोषी ठहरिए पछि उनलाई दुई वर्षका लागि निलम्बित गरिँदै र ३०० घण्टा सामुदायिक सेवा गर्न बाध्य बनाइएको थियो।[५][६] सेप्टेम्बर २०१० मा, नाडिया बिनाइसाले आधिकारिक रूपमा निजी कारणले उक्त साङ्गीतिक समूह छोडेको जनाएकी थिइन्।[३]
नाडिया बिनाइसाको जन्म २६ अप्रिल १९८२ मा जर्मनीको फ्र्याङ्कफर्टमा भएको थियो। बिनाइसा मोरक्कोका बुबा मुहम्मद बिनाइसा र जर्मनेली नागरिकताका साथ मिश्रित सर्बियाली र जर्मनेली मूलकी आमाकी साबिनाकी दोस्रो सन्तान हुन्।[७] उनी आफ्नो तीन वर्षे जेठा दाइ अमीनसँगै हुर्किएकी थिइन्। उनले आफ्नो बाल्यावस्थाको अधिकांश भाग हेस्न् लागेनमा बिताएकी थिइन् जहाँ उनका अभिभावकहरूले खानपान प्रवन्ध व्यवसायमा काम सञ्चालन गरेका थिए।[८] उनी सङ्गीत सिक्नका लागि उक्त सहरकै एक साङ्गीतिक विद्यालयमा भर्ना भएकी थिइन्।[९]
उनले नौ वर्षको उमेरमा पियानो र बाँसुरी बजाउन सुरु गरेकी थिइन्।[१०] उनको प्रारम्भिक साङ्गीतिक रुचि अडिसन पश्चात झन् बढेको थियो र उक्त साङ्गीतिक विद्यालयको प्रथम वर्षमा उनले मञ्चन गरिने नाटक ताबलुगामा एक भूमिका जित्न सफल भएकी थिइन्। [११] उनको किशोरावस्थाको उमेरमा, उनले विभिन्न प्रकारका गीतहरू लेख्न सुरु गरेकी थिइन् र १३ वर्षको उमेरमा बिनाइसाले फ्र्याङ्कफर्टमा धेरै साङ्गीतिक समूहहरूमा प्रदर्शन गर्न सुरु गरेकी थिइन्।[१२] अन्ततः उनले युवा युवतीहरूकम लागि अन्तर क्षेत्रीय सङ्गीत प्रतियोगिता युगन्ड मुजिजिएटमा दोस्रो स्थान प्राप्त हासिल गर्न सफल भएकी थिइन्। [१३]
२५ अक्टोबर १९९९ मा, १७ वर्षको उमेरमा, बिनाइसाले उनकी छोरी लिला जमिलालाई जन्म दिएकी थिइन्, जसलाई उनले "उनको जीवनको गौरवपूर्ण क्षण" भनेर वर्णन गरेकी छिन्।[१३] तथापि, बिनाइसा र उनको प्रेमीको सम्बन्ध समाप्त भए पनि, बिनाइसाले उनको प्रवेशिका प्रमाणपत्रको प्राप्त गर्ने उद्देशका साथ साँझको कक्षामा भाग लिन सुरु गरेकी थिइन्।[१३] उनले उक्त साँझको कक्षामा उपस्थिति जनाउन छाड्दै पपस्टार्सका लागि अडिसन दिनका लागि गएकी थिइन्।[१३]
सन् २००० मा, बिनाइसाले जर्मनेली वास्तविक दूरदर्शन कार्यक्रम पपस्टार्सको पहिलो संस्करणका लागि लागि हजारौँ अन्य महिलासँग प्रतिस्पर्धामा अडिसन दिएकी थिइन्। उनले उत्कृष्ट प्रदर्शन गरेका कारण शीर्ष १० मा स्थान पाउँदै तुरुन्तै एक कार्यशालाका लागि प्रतिस्पर्धीहरूसँग सामेल हुन स्पेनको मोयोर्का गएकी थिइन् जहाँ नृत्य दिग्दर्शकहरूसँग सङ्घर्ष गर्नुपरेता पनि उनले उक्त कार्यक्रमको अन्तिम दशमा प्रवेश गर्न सफल भएकी थिइन्। [९] नोभेम्बर २००० मा एउटा विशेष श्रृङ्खलाको क्रममा, मूल्याङ्क सदस्य मोसलेनरले अन्तमा बिनाइसा अन्तिम पाँच सदस्यीय युवती समूह नो एन्जेलसको सदस्य बन्नका लागि छानिएको खुलासा गरेका थिए। यसरी उनी पाँच सदस्यीय युवती साङ्गीतिक समूह नो एन्जेल्सको सदस्य बनेकी थिइन् जसमा उनका साथ सेन्डी मोलिङ, लुसी डियाकोभस्का, जेसिका वाल्स र भनेसा पिट्रुओ समावेश थिए। त्यसपछि उक्त साङ्गीतिक समूहले पोलिडर रेकर्ड्ससँग सम्झौतामा हस्ताक्षर गरेको थियो।[१३]
समूहमा अन्तिम पाँच सदस्यहरू एकत्रित भएको थियो। समूहले उनीहरूको पहिलो एकल "डेलाइट इन योर आइज" जारी गर्न झण्डै चार महिना लिएका थिए जुन पछि यस समूहको पहिलो गिती सङ्गालो एलेमेन्ट्स (सन् २००१) मा देखा परेको थियो। दुबै एकल गीत र गिती सङ्गालो एक अप्रत्याशित तर अत्यन्तै सफल बन्न पुगेको थियो। समूहको यो प्रस्तुति अस्ट्रिया, जर्मनी र स्विस मिडिया कन्ट्रोल एकल, गिती सङ्गालो र प्रवाह चार्टमा शीर्ष स्थानमा प्रवेश गरेको थियो जसले नो एन्जेल्सलाई वर्षको सबैभन्दा सफल पर्दापण गर्ने समूहको रूपमा उचाई प्रदान गरेको थियो। छोरी र उनको विछोड भएपछि उनी मानसिक तनावको सिकार हुन पुगेकी थिइन् भने उक्त समूहमा उनी रहि रहेकी थिइन्। [१४] त्यसपछिका पछिल्ला वर्षहरूमा, नो एन्जेल्सले नाउ ... अस! र पियोर गरी दुई वटा गिती सङ्गालो जारी गरेको थियो भने ती दुबै जारी गरिएकम गिती सङ्गालोहरू जर्मनेली चार्टको शीर्ष स्थानमा पुगेका थिए। ती दुईवटा गिती सङ्गालोहरूमा १२ वटा गीतहरू समावेश छन् र ति मध्ये ४ वटा गीतहरू भने जर्मनेली चार्टको शीर्ष स्थानमा आएका थिए।[१] अन्तत: विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी एकल र गिती सङ्गालोहरू बेच्न सफल नो एन्जेल्स अहिलेसम्मको इतिहास सबैभन्दा बढी बिक्री गराउन सफल हुने जर्मनेली युवती समूह हुन्। समूह एटोमिक किटन पछि सन् २००१ र सन् २००३ को बीच यूरोपको महादेशको दोस्रो सबैभन्दा सफल युवती साङ्गीतिक समूह पनि हो।[१५]
यस साङ्गीतिक समूहकी सदस्य जेसिका वहल्सले मार्च २००३ मा उनको पहिलो बच्चाको जन्म भएपछि समूह छोडेकी थिइन्। ५ सेप्टेम्बर २००३ मा, समूहमा बाँकी रहेका चार सदस्यहरूले तीन वर्षको लगातार भ्रमण र रोगको बढ्दो क्रमसँगै समूहको सबै कार्यलाई रोक्ने घोषण गरेका थिए।[१] सोही वर्षको नोभेम्बरमा द बेस्ट अफ नो एन्जेल्सको सार्वजनिकले समूहको अन्त्यलाई प्रष्ट पारेको थियो। बाँकी रहेका प्रत्येक सदस्यहरू सन् २००४ को सुरुवातमा छुट्टिएका थिए। सन् २००७ मा, समूहले डेस्टिनी नामक गिती सङ्गालो जारी गर्दै पुनर्मिलन गरेको थियो। ७ सेप्टेम्बर २०१० मा, उनी समूहबाट छुटिँदै एकल परियोजना तर्ल लागेकी थिइन्।[१]
उनको पहिलेको समूहका सदस्यहरूले सङ्गीत र दूरदर्शनको क्षेत्रमा एकल कार्यकाल रोजे पछि उनी निद्राको अभावबाट ग्रसित भएकी थिइन् र त्यसपछिका केही महिनाहरूमा उनले आफ्नो शरीर र मातृत्वमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकी थिइन्।[१६] सन् २००१ बहिनी ब्रदर्स किपर्स नामक परियोजनाको एकल "लिब उन्द भर्सेन्त" मा भाग लिइसकेपछि निसाइसाले जर्मनेली भाषाका गीतहरू मात्र लेख्ने निर्णय गरेकी थिइन्। सन् २००४ को अन्त्यमा, उनले युनिभर्सल सङ्गीतको सहरी सङ्गीत विभागसँग एकल सम्झौतामा हस्ताक्षर गर्दै र उनको पहिलो गिती सङ्गालोमा काम गर्न सुरु गरेकी थिइन्। उनले सन् २००५ मा, टिनो ओकद्वारा निर्मित "एस इस्ट लिब" नामक एकल गीत जारी गरेकी थिइन्। यस गीतले समालोचकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो भने गीत जर्मनेली चार्टको शीर्ष ५० सम्ममा पर्न पनि असफल भएको थियो। [१७] सन् २००५ को अन्त्यमा, बिनाइसाले सिम्पिली रेड नामक बेलायती साङ्गीतिक समूहको रात्रीकालिन साङ्गीतिक प्रस्तुतिमा सहयोगीको भूमिका निर्वाह गरेकी थिइन्। पछि उनले आफ्नो दोस्रो एकल "इच हब डिच" को सार्वजनिकमा ध्यान केन्द्रित गरेकी थिइन् जसलाई दोस्रो संस्करणको बुन्डेसभिजन गीत प्रतियोगितामा हेस्न्लाई प्रतिनिधित्व गर्नका लागि छनोट गरिएको थियो। [१८] बिनाइसा अन्ततः यस प्रतियोगिताको अन्त्य सम्ममा १० अङ्कको साथ साथ चौथो स्थानमा पुगेकी थिइन्। उक्त एकल गीत जर्मनेली एकल चार्टमा ३६अौँ स्थानमा प्रवेश गरेको थियो। त्यसको दुई हप्ता पछि उनको पहिलो गिती सङ्गालो "श्रीट फु श्रीट" सार्वजनिक गरिएको थियो तथापि, यो गिती सङ्गालो चार्टको ७०अौँ स्थान सम्म मात्रै पुग्न सकेको थियो। [१९]
२० अक्टोबर देखि १५ नोभेम्बर २००८ मा, उनी गीत लेखन प्रतियोगिता डिइन सङको निर्णायकको भूमिकाका देखा परेकी थिइन्। उनले सन् २००८ को अन्त्यमा, उनले आफ्नो दोस्रो गिती सङ्गालो वेलकम दु द डान्समा काक गर्न सुरु गरेकी थिइन्। उनले आफ्नो गीतको प्रारम्भिक संस्करण उनको आधिकारिक माइस्पेस खाताबाट सार्वजनिक गरेकी थिइन्।[२०]
बिनाइसाले १७ वर्षको उमेरमा सन् १९९९ मा एउटी छोरीलाई जन्म दिएकी थिइन्।[२१] बिनाइसा गर्भवती भएको बेलामा उनी एचआइभीद्वारा सङ्क्रमित भएकी थिइन्।[२२] उनी लामो समयदेखि फ्रान्सेली नागरिकता प्राप्त सेनेगलका फुटबल खेलाडी अब्दो एमबोद्जीजीसँग सम्बन्धमा रहेकी थिइन्।[२३]
११ अप्रिल २००९ मा, बिनाइसालाई सन् २००४ र सन् २००६ को बीचमा धेरै पटक असुरक्षित यौन सम्पर्क गरेको आरोपमा पक्राउ गरिएको थियो।[२४][२५] उनको साथीलाई एचआइभी सङ्क्रमित नभएको बताउँदै उनका साथीले उनलाई सङ्क्रमित गरिरहेको बताएको थिए।[२६][२७] त्यसपछि उनलाई हिरासतमा राखिँदै अनुसन्धान सुरु गरिएको थियो।[२८] न्यायाधीशले फैसला पछि उनले उक्त आरोपलाई पुन: दोहोर्याउने खतरा देखा परेको थियो अन्ततः उनलाई २१ अप्रिल २००९ अज्ञात शर्तहरूका साथ रिहा गरिएको थियो।[२५]
१२ फेब्रुअरी २०१० मा, उनलाई शारीरिक हानि पुर्याउने आरोप लगाइएको थियो, जसका लागि १० महिनादेखि १० वर्ष कैद सजायको प्रवधान रहेको थियो।[२९] १६ अगस्ट २०१० मा उनले अदालतमा असुरक्षित यौन सम्बन्ध राखेको भनेर स्वीकार गरेकी थिइन्। [३०] बिनाइसाले सन् २००० र सन् २००६ को बीचमा तीन पुरुषसँग असुरक्षित यौन सम्बन्ध राखेको प्रमाणित भएको थियो।[४][३१] उनको साथ यौन सम्पर्क राखेका कारण एक साथी एचआइभी सङ्क्रमण भएको थियो।[३२] २६ अगस्ट २०१० मा, उनलाई गम्भीर शारीरिक क्षति र सङ्क्रमण पुर्याउने अभिप्रायले राखिएको यौन सम्पर्कका कारण दोषी ठहर गरिँदै २ वर्षको निलम्बित सजाय सुनाएको थियो।[३३][३४]