![]() | |
गठन | १२ नोभेम्बर १९५१ |
---|---|
प्रकार | सरकारी संस्था |
प्रधान कार्यालय | कान्तिपथ काठमाडौँ, नेपाल[१] |
निर्देशाङ्कहरू | २७°४२′४३″N ८५°१८′५१″E / 27.711887°N 85.314290°E |
प्रमुख निर्वाचन आयुक्त | दिनेशकुमार थपलिया[२] |
प्रवक्ता | शालिग्राम शर्मा |
वेबसाइट | www.election.gov.np |
![]() |
यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
![]() |
निर्वाचन आयोग नेपालमा बालिग मताधिकारको आधारमा संसद, गाउँ, नगर तथा जिल्लाका स्थानीय निकायहरूको स्वतन्त्र निर्वाचन सम्पन्न गराउने उद्देश्यले स्थापना भएको संवैधानिक अङ्ग हो। “नेपालको संविधान” को भाग २४ को धारा २४५ देखि २४७ सम्म निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ। यसरी संवैधानिक परिधिभित्र रही स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउने स्वायत्त संवैधानिक अङ्गको रूपमा निर्वाचन आयोगको व्यवस्था रहेकोछ । [३]
नेपाल सरकार वैधानिक कानुन, २००४ ले र्सवप्रथम गाउँ पञ्चायत, र जिल्लापञ्चायतहरूमा निर्वाचित जनप्रतिनिधिहरू रहने व्यवस्था गरेको थियो। अन्तरिम शासन विधान, २००७ ले निर्वाचन आयोगको व्यवस्था गर्यो र आयोगको पहिलो प्रमुख निर्वाचन आयुक्त पदमाश्री सुवर्ण सम्शेर ज.ब.रा नियुक्त भए। नेपाल अधिराज्यको संविधान, २०१५ अन्तर्गत नेपालमा प्रतिनिधि सभाको लागि फाल्गुण ७, २०१५ मा पहिलो संसदीय आम निर्वाचन सम्पन्न भएको थियो। नेपालको संविधान, २०१९ अन्तर्गत गाउँ तथा नगर तहका प्रतिनिधिका लागि प्रत्यक्ष निर्वाचन सम्पन्न भए। यिनै निकायका प्रतिनिधिहरूमध्येबाट माथिल्लो तहका जिल्ला, अञ्चल र राष्ट्रिय पञ्चायत (राष्ट्रिय विधायिका)को निर्वाचन सम्पन्न गरिए।
नेपाल अधिराज्यको संविधान, २०४७ ले यसको प्रस्तावनामा नै आधारभूत मानव अधिकारसुरक्षित गरी बालिग मताधिकार, संसदीय शासन प्रणाली, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको सुदृढीकरण गर्ने उल्लेख भएको छ। सो संविधानको भाग १५ मा धारा १०३ देखि १०८ सम्म निर्वाचन आयोगको गठन प्रक्रिया, काम, कर्तव्य र अधिकार, निर्वाचन क्षेत्र निर्धारणआयोग, निर्वाचन विशेष अदालतको व्यवस्था उल्लेख गरिएको छ।
क्र.सं | पद | नाम | कार्यावधि | निर्वाचन | |
देखि | सम्म | ||||
१ | प्रधान निर्वाचन कमिश्नर | श्री सुवर्ण शमसेर | ०७/२६/२००८ | २०१६ | |
२ | प्रमुख निर्वाचन आयुक्त | श्री सुरेन्द्रबहादुर बस्नेत | ०६/१०/२०२३ | ०२/१५/२०२४ | |
३ | प्रमुख निर्वाचन आयुक्त | श्री पूर्णप्रसाद ब्राम्हण | ०३/०९/२०२४ | ०४/२५/२०२८ | |
४ | प्रमुख निर्वाचन आयुक्त | श्री विष्णुमणी आचार्य | ०५/२१/२०२८ | १२/०१/२०२९ | |
५ | प्रमुख निर्वाचन आयुक्त | श्री सुन्दरप्रसाद शाह | ०१/१८/२०३० | ०१/१९/२०३६ | |
६ | प्रमुख निर्वाचन आयुक्त | श्री शेरबहादुर शाही | ०९/२९/२०३६ | १०/०७/२०४१ | |
७ | प्रमुख निर्वाचन आयुक्त | श्री सूर्यप्रसाद श्रेष्ठ | १२/१५/२०४१ | ०७/०७/२०४९ | |
८ | प्रमुख निर्वाचन आयुक्त | श्री विष्णुप्रताप शाह | ०१/१४/२०५० | ०४/१९/२०५८ | |
९ | प्रमुख निर्वाचन आयुक्त | श्री अच्युतनारायण राजभण्डारी | ०९/२३/२०५८ | ०५/०६/२०६० | |
१० | प्रमुख निर्वाचन आयुक्त | श्री केशवराज राजभण्डारी | ०८/१७/२०६० | ०३/२५/२०६३ | |
११ | प्रमुख निर्वाचन आयुक्त | श्री भोजराज पोखरेल | ०७/१३/२०६३ | ०२/२०/२०६६ | |
१२ | प्रमुख निर्वाचन आयुक्त | श्री नीलकण्ठ उप्रेती | १२/११/२०६९ | ०२/०१/२०७२ | |
१३ | प्रमुख निर्वाचन आयुक्त | डा. अयोधीप्रसाद यादव | २७/०३/२०७२ | १२/११/२०७५ | |
१४ | प्रमुख निर्वाचन आयुक्त | मा. दिनेश थपलिया | १२/११/२०७५ | हाल सम्म |
नेपाल अधिराज्यको संविधान, २०४७को प्रस्तावनामा उल्लेख भएअनुसार बालिग मताधिकारकोआधारमा संसद तथा गाउँ, नगर र जिल्लाका स्थानीय निकायहरूको निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न गर्ने।