निशिकान्त कामत | |
---|---|
जन्म | १७ जून १९७० मुम्बई, महाराष्ट्र, भारत |
मृत्यु | १७ अगस्ट २०२०[१] हैदराबाद, भारत | (उमेर ५०)
पेशा |
|
कार्यकाल | सन् २००४ - सन् २०२० |
निशिकान्त कामत (१७ जून १९७० - १७ अगस्ट २०२०)[२] एक भारतीय चलचित्र निर्देशक र अभिनेता थिए । उनको पहिलो चलचित्र डोम्बिवली फास्ट सन् २००५ कै सबैभन्दा चर्चित मराठी चलचित्र भएको हुनाले उनले सो चलचित्रको लागि विभिन्न पुरस्कार र सम्मान पाएका थिए । उनले यस चलचित्रलाई तमिलमा आर. माधवनलाई प्रमुख पात्रको भूमिका प्रदान गरी एवनो ओरुवनको नाममा सार्वजनिक गरेका थिए जसले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएको थियो ।[३] उनले सातच्या आत घरात नामक मराठी चलचित्रमा पनि अभिनय गरेका थिए ।[४]
२००६ मुम्बई उपनगरीय रेल बम विस्फोटमा आधारित उनको पहिलो चलचित्र मुम्बई मेरी जानले उनलाई बलिउडमा लोकप्रिय बनाएको थियो ।[५] उनले रकी ह्यान्ड्सममा विरोधी पात्रको भूमिका निर्वाह गरेका थिए ।[६]
कामत मुम्बईको विल्सन महाविद्यालय र रामनारायण रुइया महाविद्यालयका पूर्व छात्र थिए जहाँ उनी नाट्य विभागमा लोकप्रिय भएका थिए ।
वर्ष | चलचित्र | भाषा | निर्देशक | लेखक | अभिनेता | टिप्पणी |
---|---|---|---|---|---|---|
सन् २००४ | हवा आने दे | हिन्दी | हो | |||
सन् २००४ | सातच्या आत घरात | मराठी | हो | हो | ||
सन् २००५ | डोम्बिवली फास्ट | मराठी | हो | फलिङ डाउनमा आधारित | ||
सन् २००७ | एवनो ओरुवन | तमिल | हो | डोम्बिवली फास्टको आधिकारिक तमिल रूपान्तरण | ||
सन् २००८ | मुम्बई मेरी जान | हिन्दी | हो | |||
सन् २०११ | ४०४ | हिन्दी | हो | |||
सन् २०११ | फोर्स | हिन्दी | हो | काक्क काक्कको आधिकारिक हिन्दी रूपान्तरण | ||
सन् २०१४ | लई भारी | मराठी | हो | |||
सन् २०१५ | दृश्यम | हिन्दी | हो | दृश्यमको आधिकारिक हिन्दी रूपान्तरण | ||
सन् २०१६ | रकी ह्यान्ड्सम | हिन्दी | हो | हो | द म्यान फ्रम नोवेरमा आधारित | |
सन् २०१६ | मदारी | हिन्दी | हो | |||
सन् २०१७ | फुगे | मराठी | हो | |||
सन् २०१७ | ड्याडी | हिन्दी | हो | प्रहरी निरीक्षक विजयकर नितिनको भूमिकामा | ||
सन् २०१७ | जूली २ | हिन्दी | हो | चलचित्र निर्देशक मोहितको भूमिकामा | ||
सन् २०१८ | भावेश जोशी सुपरहिरो | हिन्दी | हो |
ज्वरो र अत्यधिक थकावट भएको कामतलाई ३१ जुलाई २०२० मा हैदराबादको एउटा अस्पतालमा लागिएको थियो । त्यहाँ उनलाई दुई वर्ष देखि कलेजोको सिरोसिस भएको निदान गरिएको थियो । १६ अगस्ट २०२० देखि उनलाई स्वास-प्रस्वासमा समस्या भइरहेको थियो । १७ अगस्ट २०२० मा ५० वर्षको उमेरमा उनको यही रोगको कारणले निधन भयो ।[८][९][१०][११]