नीलम सक्सेना चंद्रा | |
---|---|
जन्म | नागपुर, महाराष्ट्र, भारत | २७ जुन १९६९
पेशा | लेखिका, प्रशासनिक अधिकारी |
भाषा | अंग्रेजी, हिन्दी |
राष्ट्रियता | भारतीय |
अल्मा मेटर | विश्वेश्वरय्या राष्ट्रीय प्रौद्योगिकी संस्थान |
विधा | कविता, कथा |
उल्लेखनीय पुरस्कारहरू | रविन्द्रनाथ टेगोर अन्तराष्ट्रीय पुरस्कार प्रेमचन्द पुरस्कार |
बच्चाहरू | सिमरन चन्द्रा |
वेबसाइट | |
http://www.neelamsaxenachandra.in/ |
नीलम सक्सेना चन्द्रा (जन्म २७ जून, १९६९) एक प्रसिद्ध भारतीय उपन्यासकार, लेखिका, कवयित्री, गीतकार तथा बाल साहित्यकार हुन्।[१] उनका अहिले सम्म लगभग २७ पुस्तकहरु प्रकाशित भइसकेका छन्। उनी अंग्रेजी र हिन्दी दुवै भाषाहरूमा लेख्छिन्। सन् २०१४मा उनीलाई रविन्द्रनाथ टेगोर अन्तर्राष्ट्रीय पुरस्कारले सम्मानित गरिएको थियो।[२][३][४] फोर्ब्स इंडियाको सय सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूचीमा उनको नाम छ।[५]
नीलम सक्सेनाको जन्म सन् १९६९मा महाराष्ट्रको नागपुर शहरमा माता श्रीमती शशी सक्सेना र पिता स्व. संतोष सक्सेनाको घरमा भएको थियो। विश्वेश्वरय्या राष्ट्रीय प्रौद्योगिको संस्थान, नागपुरबाट इन्जिनियरिङ पछि उनले ह्युमन रिसोर्स डेवलपमेन्ट तथा वित्तीय प्रबंधनमा पी.जी. डिप्लोमा गरिन्। उनीले भारतीय अभियांत्रीको सेवा (IES)को परीक्षा उत्तीर्ण गरेपछि भारतीय रेल सेवामा आबद्ध भइन्। उनको सिमरन चन्द्रा नामकी एक छोरी छिन्।