![]() | |
विकासकर्ता | नेटइज |
---|---|
प्रमुख व्यक्ती | झि यिउन (कार्यकारी) |
प्रक्षेपण मिति | २४ जनवरी २०१३ २३ अप्रिल २०१३ (सामान्य उपलब्धता) | (परीक्षण संस्करण)
मञ्च | विन्डोज, म्याक, उबुण्टु, डिपइन, एन्ड्रोइड, आइओएस, वेब ब्राउजर[१] 并在2016年11月22日启动“石头计划”,投资两亿扶持独立音乐人。[२] |
मूल्य निर्धारण | फ्रिमियम |
उपलब्धता | ![]() |
वेबसाइट | music |
'नेटइज सङ्गीत (सरलीकृत चिनियाँ: 网易 云 音乐) एक फ्रिमियम सङ्गीत प्रवाह सेवा हो जसलाई प्रख्यात चिनियाँ कम्पनी नेटइज निगमले विकसित गरेको थियो भने यो कम्पनीको पूर्ण सहायक कम्पनी पनि हो।[३] प्रवाह सेवा २३ अप्रिल २०१३ मा सार्वजनिक रूपमा सुरू गरिएको थियो। अप्रिल २०१७ सम्म मञ्चमा ३० करोड प्रयोगकर्ता रहेका छन् भने यसमा १ लाख भन्दा बढी गीतहरू तथा सङ्गीतहरू समावेश छन्। अप्रिल २०१७ मा यसले यसको कोष सङ्कलनको पहिलो चरणमा ७६० मिलियन चिनियाँ युवान (१७० मिलियन अमरीकी डलर) प्राप्त गरेको थियो, र यसको मूल्य आठ अर्ब युवान (१.१४ अर्ब अमेरीकी डलर) भएको थियो, जसले यसलाई वित्तीय रूपमा एक सम्पन्न कम्पनी बनाएको थियो।[४][५][६] यो चिनियाँ सङ्गीत प्रवाह व्यवसायमा थङ्सिनको क्युक्यु सङ्गीत र अलिबाबाको सियामी सङ्गीत सेवाहरूका साथ प्रतिस्पर्धा गर्ने ठूला तीन प्रतियोगीहरू मध्ये एक हो रूपमा उभ्भिएको थियो।[७]
नेटइज सङ्गीत एक फ्रिमियम व्यापार नमूना अन्तर्गत सञ्चालित छ जहाँ आधारभूत सेवाहरू नि: शुल्क छन् जबकि केही उन्नत सुविधाहरू सदस्यता आधारमा उपलब्ध छन्। क्युक्यु सङ्गीतको समान, कलाकार र लेबलहरूले सामग्री भुक्तान गर्नेहरूलाई प्रतिबन्ध गर्न वा तिनीहरूको वेबसाइटमा तिनीहरूको साङ्गीतिक सङ्गालो खरीद गर्न योग्य छन् वा छैनन् भनेर छनौट गर्न सक्दछन्। [८] यो विधिको प्रयोग गर्ने कलाकारहरूमा टेलर स्विफ्ट र अरियाना ग्राण्डे पर्दछन्। यी खरीदहरूको साथ, प्रयोगकर्ताले सदस्यता खरिदको पर्वाह नगरी, उनीहरूको खरीदको गीतहरू प्रतिबन्ध बिना सुन्न र डाउनलोड गर्न सक्दछ।[९][१०]
नेटइज सङ्गीतले हाल तीन सदस्यता प्रकार प्रदान गर्दछ। सदस्यताहरू एप्पलको एप्प स्टोर मार्फत प्रशोधन गरिएको आइफोन भुक्तानको साथ, मोबाइल उपकरणबाट मात्र खरीद गर्न सकिन्छ।[११][१२]
यसले प्रयोगकर्ताको सङ्गीत प्राथमिकता अनुसार सङ्गीत सिफारिश गर्न सेवा थप गरेको छ।
प्रत्येक सङ्गीत सूची प्रयोगकर्ताहरूद्वारा सृजना गरिन्छ जुन साङ्गीतिक सङ्गालो भन्दा फरक हुन्छ। यो कुनै पनि प्रयोगकर्ताहरूद्वारा अवलोकन गर्न सकिन्छ र प्रयोगकर्ताको सङ्गीत प्राथमिकता अनुसार सिफारिस गर्न सकिन्छ।
यदि सङ्गीत, सेवाको सङ्गीत पुस्तकालयमा समावेश गरिएको छैन भने प्रयोगकर्ताहरूले आफ्नै रेडियोमा सङ्गीत उर्घ्वभरण गर्न सक्दछन्।
सुक्ष्म ब्लगको जस्तै, प्रयोगकर्ताले कुनै पनि सङ्गीतमा १४० शब्दको स्वतन्त्रताका साथ टिप्पणी गर्न सक्दछन् जून चिनियाँ भाषामा मात्र उपलब्ध छ।
२३ अप्रिल २०१३ मा, नेटइज सङ्गीतलाई नेटइजले सार्वजनिक गरेको थियो।[११][१२] मे २०१४ मा, सुशाङ्ख्य संस्करण र एचडि संस्करण आईप्याड अनुकूलित प्रकाशित भएको थियो। ३० अगष्ट २०१४ मा, विन्डोज फोन संस्करणको प्रकाशन गरिएको थियो।[१३] १४ जुलाई १०१४ मा, नेटइज सङ्गीतमा १०० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए र १२० मिलियन सङ्गीत टिप्पणीहरू र २०० मिलियन सङ्गीत साझेदारी गरिएका थिए। २५ मे २०१६ मा, पहिलो लिनक्स संस्करणको प्रकाशन गरिएको थियो।[१४]