नेपाल कम्युनिस्ट पार्टी (मालेमा) साम्यवादी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष पुण्डरीप्रसाद बेल्बासे हुन्। नेपाल कम्युनिस्ट पार्टी (मालेमा) साम्यवादीको केन्द्रीय कार्यालय काठमाडौँको त्रिपुरेश्वरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिह्न बन्चरो थियो।[१] नेपाल कम्युनिस्ट पार्टी (मालेमा) साम्यवादीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २४७ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ७,७८१ मत प्राप्त गरेको थियो।[२]