पुरा नाम | नेपाल प्रहरी क्लब | ||
---|---|---|---|
उपनाम(हरू) | प्रहरी | ||
स्थापना | बिसं २००८ महेन्द्र प्रहरी क्लबको रूपमा | ||
मैदान | दशरथ रङ्गशाला | ||
क्षमता | ८,००० | ||
मालिक | नेपाल प्रहरी | ||
मुख्य प्रशिक्षक | बिराटकृष्ण श्रेष्ठ | ||
लिग | शहिद स्मारक ए-डिभिजन लिगग | ||
२०७५ | शहिद स्मारक ए-डिभिजन लिग, छैठौं | ||
| |||
नेपाल पुलिस क्लब नेपाल प्रहरीको विभागिय फुटबल क्लब हो। यो क्लबले नेपालको राष्ट्रिय ए डिभिजन लिग खेल्ने गर्छ। यसको स्थापना बिसं २००८मा महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो।
नेपाल प्रहरी क्लबको स्थापना बिसं २००८मा राजा महेन्द्रको नामबाट नामाकरण भई महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो। यो क्लबले सोहि समय देखि नेपालको विभिन्न राष्ट्रिय स्तरका तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिंदै आईरहेको छ। बिसं २०६३ सालमा नेपालमा गणतन्त्र आएपछि यसको नाम परिवर्तन गरेर नेपाल प्रहरी क्लब राखियो।
|