![]() नेपाल प्रज्ञा प्रतिष्ठानको लोगो | |
![]() नेपाल प्रज्ञा प्रतिष्ठानको बाह्य भाग | |
निकाय विवरण | |
---|---|
गठन | २२ जुन १९५७ |
अधिकार क्षेत्र | ![]() |
प्रधान कार्यालय | कमलादी, काठमाडौँ, बागमती प्रदेश २७°४२′३०″उ ८५°१९′१४″पू / 27.70833°N 85.32056°E |
निकाय कार्यकारीहरू |
|
भगिनी विभाग | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकार |
वेबसाइट | https://nepalacademy.gov.np |
नक्सा | |
नेपाल प्रज्ञा प्रतिष्ठान (पुरानो नाम: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो। हाल यस प्रतिष्ठानका कुलपति श्री भूपाल राई रहेका छन्। उपकुलपतिमा श्री विमलकृष्ण श्रेष्ठ (विमल निभा), सदस्य-सचिव डा. धनप्रसाद सुवेदी रहेका छन्।
वि.सं. २०१३ सालमा इतिहासकार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना बमोजिम राजा महेन्द्रबाट नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी)को स्थापना भएको हो। काठमाडौँको कमलादीमा रहेको ५० रोपनी जग्गामा आफ्नै निजी कोषबाट यसको स्थापना भएको थियो। तत्कालिन राजाको यो कदमले साहित्यिक क्षेत्रमा ठूलै हलचल ल्याएको थियो। साहित्यकारहरूले आफू पनि सम्मानित भएको अनुभूति गरेका थिए।[१]
नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न काठमाडौँ र आवश्यकताअनुसार नेपालको विभिन्न स्थानहरूमा शाखा खोल्न सकिने गरी स्थापना गरिएको प्रतिष्ठान हो।[२]।