नेपाल प्रहरी | |
---|---|
आदर्श वाक्य | "सत्य सेवा सुरक्षणम" (संस्कृत )
"सत्य , सेवा , सुरक्षा " (नेपाली ) "truth , service , security " (English) |
आयोग अवलोकन | |
गठन | आश्विन, विसं २०१२ |
कर्मचारीहरू | ६०,२१८ |
न्यायिक संरचना | |
राष्ट्रिय निकाय | नेपाल |
सञ्चालन अधिकार क्षेत्र | नेपाल |
सामान्य स्वभाव | |
परिचालन संरचना | |
निकायका अधिकारीहरू | |
वेबसाइट | |
नेपालपुलिस.गव.एनपी |
नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको 'प्रहरी ऐन' जारी भएपछि आश्विन महिनामा भएको हो ।
शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए। सन् १९१९ (वि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौँ उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले काठमाडौँ उपत्यकामा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए।
२००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए। सन १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो। यसको सुझावको आधारमा सन् १९५५ (वि.सं. २०१२)मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो।
राजपत्राङ्कीत
राजपत्र अनङ्कीत
श्रेणी बिहिन
१. तोरण शमशेर जबरा (२००७ चैत्र - २००७ चैत्र)
२. नर शमशेर जबरा (२००७ चैत्र - २०१० मंसिर)
३. ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर - २०१२ भाद्र)
४. गोपाल शमशेर जबरा (२०१२ भाद्र - २०१३ साउन)
५. पूर्ण सिंह खवास (२०१३ साउन - २०१४ भाद्र)
६. ढुण्डिराज शर्मा (२०१४ भाद्र - २०१८ पौष)
७. पहल सिंह लामा ( २०१८ पौष - २०२३ असार)
८. रोम बहादुर थापा (२०२३ असार -२०२९ असार)
९. खड्गजीत बराल (२०२९ असार - २०३५ जेष्ठ)
१०. दुर्लभ कुमार थापा (२०३५ साउन - २०३९ जेष्ठ)
११. दिलबहादुर लामा (२०३९ असार - २०४३ जेष्ठ)
१२. हेमबहादुर सिंह (२०४३ असार - २०४७ जेष्ठ)
१३. रत्न शमशेर जबरा (२०४७ असार - २०४९ फाल्गुण)
१४. मोतिलाल बोहरा ( २०४९ फाल्गुण - २०५३ माघ)
१५. ध्रुवबहादुर प्रधान ( २०५३ चैत्र - २०५४ मंसिर)
१६. अच्युतकृष्ण खरेल ( २०५३ फल्गुण - २०५३ चैत्र/२०५४ मंसिर -२०५७ आश्विन)
१७. प्रदीप शमशेर जबरा ( २०५७ आश्विन -२०५९ पौष)
१८. श्याम भक्त थापा ( २०५९ पौष - २०६३ भाद्र)
१९. ओम विक्रम राणा ( २०६३ भाद्र - २०६५ भाद्र)
२०. हेमबहादुर गुरूङ ( २०६५ आश्विन - २०६५ फाल्गुण)
२१. रमेश चन्द ठकुरी ( २०६५ फाल्गुण - २०६८ जेष्ठ)
२२. रविन्द्र प्रताप शाह ( २०६८ जेष्ठ - २०६९ भाद्र)
२३. कुवेर सिंह राना (२०६९ भाद्र - २०७० कात्तिक)
२४. उपेन्द्र कान्त अर्याल (२०७० मंसिर १- २०७३ फागुन २) २५. दिनेश चन्द्र पोखरेल, कार्यकारी
२६. प्रकाश अर्याल
२७. सर्वेन्द्र खनाल (२०७४ चैत्र २८- २०७६माघ २७)
२७. ठाकुर प्रसाद ज्ञावाली (२०७६ माघ २८- २०७७ असार २३)
२८. शैलेश थापा (२०७७ असार २५ - २०७९ बैशाख १८)
२९. धिरज प्रताप सिंह (२०७९ बैशाख १८ - २०७९ चैत्र ९)
३०. वसन्त बहादुर कुंवर (२०७९ चैत्र ९ - हालसम्म)
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाण्डौ महानगरपालिका स्थित नक्सालमा रहेको छ । यो कार्यालय नेपालको आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नेको लागि नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा कार्य गर्दछ । अन्य सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एका तर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्को तर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ। यस अर्थमा यसले प्रहरी सङ्गठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ। साथै, सुपरीवेक्षणको काम पनि गर्दछ ।
देशभरिको विभिन्न भौगोलिक परिवेश अनुसार अवस्थित प्रहरी इकाइहरूको कार्य सञ्चालनमा परिआउने कठिनाइ तथा अवरोधहरूको निराकरण गरी सरल एवं सुलभ प्रणाली विकसित गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत पांच वटा विभागहरूको गठन भएको छ । जसमा प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानवश्रोत विभाग,र प्राविधिक सहायता विभाग पर्दछन ।
सङ्गठन भित्र पर्ने सम्पूर्ण प्रशासनिक एवं व्यवस्थापन पक्षसँग सम्बन्धित क्रियाकलापहरू यस विभागको कार्य-क्षेत्रअन्तर्गत कर्मचारीहरूको पदस्थापन, भर्ना, सरुवा, बढुवा, कार्य मुल्यान्कन, तालीम, लत्ता-कपडा वितरण, हात-हतियार वितरण, आर्थिक व्यस्थापन, समेत पर्दछन । एवंरीतले विभागीय नीति निर्माण एवं अनुगमन कार्यहरू समेत पर्दछन्।यस विभागको प्रमुखको रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक रहने व्यवस्था रहेको छ।
देशमा शान्ति तथा अमन चयन कायम राख्न प्रहरी प्रधान कार्यालयले आफू मातहत रहने गरी मिति २०४५ जेष्ठ २६मा कार्य बिभागको स्थापना गरेको हो। प्रहरी प्रधान कार्यालय अन्तरगतका ५ वटा बिभाग मध्येको एक यो बिभागको मुख्य जिम्मेवारी प्रभावकारी रूपमा प्रहरी र उपलव्ध श्रोत साधनको परिचालन गर्नु हो । हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिने, राष्ट्रिय तथा अन्तराष्ट्रिय बिशिष्ट व्यक्तिहरूको सुरक्षा गर्ने तथा चुलिदै गएको ट्राफिक समस्या समधान गर्न यो बिभाग तल्लीन रहेको छ । यसको अलवा बिभागले आफू मातहतका कार्यालयहरूलाई प्रहरी परिचान संवन्धी निर्देशन, नियन्त्रण, सुपरिवेक्षण गरेर प्रभावकारी रूपमा अनगमन गर्ने गर्दछ । देशमा व्याप्त सशस्त्र, निशस्त्र वा राजनीतिक समुहहरूको बारेमा सूचना सङ्कलन गरी त्यसको प्रभावकारी मूल्याङ्गकन गरेर भविश्यमा हुन सक्ने खतराको समेत यसले पूर्वानुमान गरी प्रहरी परिचालन गर्ने कार्य गर्दछ ।
देशभर कानुनि राज्य कायम गर्न :
गर्ने।
सुरक्षा सेवा निर्देशनालय परिचय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्य विभाग अर्न्तर्गत रहेको सुरक्षा सेवा निर्देशनालय एक मुख्य निर्देशनालय हो। यस निर्देशनालयले विशेष गरी स्वदेशी तथा विदेशी विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सम्मेलन, गोष्ठी तथा महोत्सवको सुरक्षा, विशिष्ट व्यक्तिको लागि व्यक्तिगत सुरक्षा अधिकृत खर्टाई सो वारे खवर सङ्कलन गरी विश्लेषणको आधारमा सुरक्षा व्यवस्था पूनर्मूल्यांकन गर्न सिफारिश गर्ने समेत काम गर्दछ।
सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति प्रधान मन्त्रीज्यूको औपचारीक तथा अनौपचारिक कार्यक्रम एवं राष्ट्रप्रमूखको नेपाल भ्रमणको अवसरमा सुरक्षा प्रदान गर्ने उद्देश्यले २०५४ सालमा प्र.प्र.का. अपराध अनुसन्धान विभाग अर्न्तगत रहेको सुरक्षा शाखा, सामान्य सुरक्षा उप-शाखा र विशिष्ठ व्यक्तिको सुरक्षा शाखाको ५३ जनाको दरवन्दीबाट सुरक्षा महाशाखा हुँदै सुरक्षा सेवा निर्देशनालय कार्य विभाग अर्न्तर्गत राखी विशेष सुरक्षा सम्वन्धी काम काज गर्दै आइरहेको। मिति २०६१।०१।१७ गतेको तत्कालीन श्री ५को सरकार -मन्त्री परिषद)को निर्णयले पुनः प्रउ-१, प्रनाउ-५, प्रनि-१२ समेत ७० जनाको दरबन्दी थप भई २४९ जनाको दरबन्दी भएकोमा मिति २०६६/०७/०४ गते प्र.ना.म.नि.को दरवन्दी कायम भई हाल सुरक्षा सेवा निर्देशनालय कायम भई कार्य सम्पादन हुँदै आएको।
स्वदेशी र बिदेशी अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूको भ्रमणको समयमा सुरक्षा व्यबस्था मिलाउने। विशिष्ट व्यक्तिहरूको लागि सुरक्षा व्यबस्था मिलाउन।
कार्यालयले सम्पादन गर्दै गरेका कामहरूः-
नेपालका सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीज्यूको औपचारिक तथा अनौपचारिक कार्यक्रम, निवासस्थान तथा कार्यालयको सुरक्षा एवं विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री, महामहिम राजदूत तथा अन्य पदाधिकारीहरू नेपाल भ्रमणमा पाल्नु हुंदा सम्वन्धित निकायहरूसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय राखी विमानस्थल, सवारी मार्ग, निवासस्थान र समारोहस्थलको सुरक्षा व्यवस्थाका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरूका लागि व्यक्तिगत सुरक्षा अधिकृत (एकाई) माग भएमा खतराको मूल्यांकन गरी व्यक्तिगत सुरक्षा व्यवस्था मिलाउने। राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी, महोत्सव आदिमा खतराको मूल्यांकन गरी सुरक्षा व्यवस्था मिलाउने। संविधान सभाको अधिवेशनको लागि प्रहरी कर्मचारी -मर्यादापालक) खर्टाई आवश्यक सुरक्षा व्यवस्था मिलाउने। विशिष्ट व्यक्तिहरू निजी तथा सरकारीको कामको सिलसिलामा राजधानी वाहिर हुने कार्यक्रममा सम्वन्धित जि.प्र.का.हरूसँग समन्वय गरी सुदृढ सुरक्षा व्यवस्था मिलाउने। विशिष्ट व्यक्तिहरूको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरूलाई सुरक्षा सम्वन्धी अनुशिक्षण कार्यक्रम ६/६ महिनामा फायरिङ्ग समेत गराउनुका साथै स्वदेशी तथा विदेशी सुरक्षा विशेषज्ञहरूबाट प्रशिक्षण प्रदान गरिदै आएको।
पृष्ठभूमि लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र विभिन्न विभाग, निर्देशनालय, व्यूरो, तथा महाशाखा शाखाहरूको स्थापना गरिएको छ। यसै अनुरूप अपराध अनुसन्धान विभाग पनि एक महत्त्वपूर्ण विभाग हो। अपराधिक क्षेत्रमा देखिएको चुनौतिहरूको सामना गर्न अपराध अनुसन्धान विभागको स्थापना हुनु पर्ने भन्ने प्रहरी सुझाव आयोग वि.सं.२००८को सुझाव अनुसार वि.सं. २००८ सालमा Central Intelligence Bureau स्थापनाभई एउटा महाशाखाको रूपमा काम गर्दै आएकोमा वि.सं.२०४९ साल पछि यस अपराध अनुसन्धान विभागको स्थापना भएको पाईन्छ।
नेपाल प्रहरीको प्रशासनिक सङ्गठनात्मक संरचना अनुसार अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहेको छ। प्रहरीमा उपलव्ध साधन श्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने यस विभागको प्रमुख उदेश्य रहेको छ। यसका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा मातहतमा ४०१, काठमाडौँ उपत्यका भित्र १७१ र सो वाहेक पाँचवटा क्षेत्रिय प्रहरी कार्यालयहरूमा १७११ गरी अपराध अनुसन्धान समूह तर्फजम्मा २३७५ जना कर्मचारीहरूको दरवन्दी रहेको छ जुन नेपाल प्रहरीको कूल दरवन्दी संख्या ५६०६९को ४.२३ प्रतिशत मात्र हो।
यसरी सिमित श्रोत र साधनका वावजुद पनि यस अपराध अनुसन्धान विभागले देशका ७५ वटै जिल्ला प्रहरी कार्यालयहरू, १४ अञ्चल प्रहरी कार्यालयहरू, ५ क्षेत्रीय प्रहरी कार्यालयहरू तथा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट भएको अपराध अनुसन्धान तथा नियन्त्रण कार्यको निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गरी सांगठनिक लक्ष्य पूर्तिकालागि अहम भूमिका निर्वाह गर्दै आइरहेको छ। अतः यस कार्यलाई समयानुकुल प्रभावकारी बनाउन यस विभाग अर्न्तर्गत अपराध अनुसन्धान व्यूरो तथा नियन्त्रण व्यूरो स्थापना हुनुका साथै उक्त व्यूरोहरू मातहत रहनेगरी विभिन्न महाशाखाहरू, शाखाहरू रहेका छन्। त्यसैगरी नेपाल सरकारको मिति २०६५।०९।०६ गतेको निर्णयअनुसार यस विभाग मातहतमा प्र.ना.म.नि.प्रमुख रहने गरी महिला तथा बालवालिका सेवा निर्देशनालयको पनि स्थापना भएको छ ।
लक्ष्यहरू प्रचलित राष्ट्रिय तथा अर्न्तराष्ट्रिय कानुनी व्यवस्था अनुसार उक्त कानुनको अधिनमारही प्रभावकारी ढंगबाट अपराध नियन्त्रण तथा अनुसन्धानगर्दै आमनागरिकहरूलाई न्यायको प्रत्याभूति दिलाउनु यस विभागको मूख्य लक्ष रहेको छ।
कुनै पनि सङ्गठनले आफ्नो लक्षपूर्तिका लागि विभिन्न उद्देश्य तथा कार्य योजनाहरू तय गरेको हुन्छ। यसै अनुरूप अपराध अनुसन्धान विभागको पनि मूख्य रूपमा निम्न उद्देश्यहरू रहेका छन्।
सूचना प्रविधिको आजको युगमा नेपाल प्रहरीलाई पनि सूचना प्रबिधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकुल बनाई सूचना प्रबिधिमा भएका विकासक्रम संगै आवश्यकतानुसार नेपाल प्रहरी लाई सोही अनुरुप परिमार्जित गर्दै सो को उच्चत्म प्रयोग गर्ने अभिप्रायले नेपाल प्रहरीमा गठन भएको कम्प्यूटर निर्देशनालयबाट स्थापनाकाल देखि नै नेपाल प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिको लागि सूचना प्रबिधिको क्षेत्रमा आवश्यकतानुसारको योगदान पुर्याउदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक कम्प्यूटर तथा सोसँग सम्बन्धी उपकरणहरू खरिद गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्रदान गर्ने, खरिद भई आएका उपकरणहरूको चेक जांच गरी सो को सुरक्षित भण्डारण गर्ने, प्राथमिकताको आधारमा माग भई आए अनुसार विभिन्न प्रहरी कार्यालयहरूमा कम्प्यूटर र अन्य उपकरणहरू वितरण गरी सो को नियमित अनुगमन गर्ने कार्य यस निर्देशनालयले गर्दै आईरहेको छ । यसका अलावा विभिन्न प्रहरी कार्यालयहरूबाट माग भए अनुसार सो कार्यालयहरुका लागि आवश्यक Software तयार गर्ने र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कम्प्यूटर सम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गरी कम्प्यूटर सम्बन्धी आवश्यक ज्ञान र शीप प्रदान गर्ने कार्य समेत यस निर्देशनालयबाट गरिदै आएको छ ।
स्थापना :
२०६१ साल बैशाख १७ गतेको मन्त्री परिषद्को निर्णयले मानवश्रोत विकास विभागको स्थापना भएको हो।
उद्धेश्य : प्रहरी सङ्गठन भित्र रहेको मानवश्रोत (Human Resource)को व्यवस्थापन गरी सङ्गठनको जनशक्तिलाई चुस्त र दक्ष बनाउने उद्देश्य अनुरूप यो विभागको स्थापना गरिएको हो।
मुख्य जिम्मेवारी : प्रहरी कर्मचारीलाई आवश्यक पर्ने प्रशिक्षणका क्षेत्रमा देखिएका वाधा व्यवधानहरूको पहिचान गरी समयानुकूलको प्रशिक्षण नीति तय गर्ने। विभिन्न किसिमका स्वदेश तथा विदेशमा सञ्चालन गरिने तालीम, प्रशिक्षण, सेमिनार, गोष्ठीहरूमा भाग लिने योग्य प्रहरी कर्मचारीको मनोनयन सिफारिश गर्ने। मौजुदा प्रशिक्षण पाठ्यक्रम, पाठ्यपुस्तकहरूलाई परिमार्जन गर्दै लगी सङ्गठनका लागि दक्ष जनशक्तिको उत्पादन गर्ने। मानवश्रोत व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या बाधा, व्यवधानहरूको मूल्याङ्कन गरी राय सुझाव पेश गर्ने।
नेपालका ५ वटै क्षेत्रहरूमा १/१ क्षेत्रीय प्रहरी कार्यालय गरी जम्मा ५ वटा क्षेत्रीय प्रहरी कार्यालयहरू रहेका छन्। प्रहरी नायब महानिरिक्षक यस कार्यालयका प्रमुखको रूपमा रहेका छन्। यस कार्यालयले आफ्नो क्षेत्र भरिको शान्ति-सुव्यवस्था, अपराध-नियन्त्रण, अपराध-अनुसन्धान, आफ्नो मातहतका कार्यालयलाई नियन्त्रण, निर्देशन, आवश्यक व्यवस्थापन तथा समन्वयकर्ताको समेत जिम्मेवारी लिएको छ। यस कार्यालय अन्तर्गत क्षेत्रिय प्रहरी गण तथा गुल्महरू, विमानस्थल सुरक्षा गार्डहरू तथा जिल्ला प्रहरी कार्यालयहरू समेत रहेका छन्।