![]() संगठनको मुख्यालय सीता भवन, नक्सलमा अवस्थित छ | |
सङ्क्षिप्त नाम | नाफा (NAFA) |
---|---|
गठन | अप्रिल १३, २०१० |
संस्थापक | किरण मानन्धर |
प्रधान कार्यालय | काठमाडौँ |
स्थान | |
आधिकारिक भाषा | नेपाली, र अन्य नेपाली भाषाहरू |
वर्तमान कुलपति | नारदमणि हार्तम्छाली |
वर्तमान उपकुलपति | लालकाजी तामाङ (लामा) |
मूल सङ्गठनहरू | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल) |
वेबसाइट | नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान |
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको ललितकलाको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्न र ललितकला सम्बन्धी विषयमा अध्ययन एवं अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रका विद्धान तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने उद्देश्यका यस संस्थाको गठन भएको थियो। [१][२]
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कार्यालय वि.सं. २०६६ बैशाख २ गतेदेखि सञ्चालन[३] भए पनि नेपाल सरकारले वि.सं. २०६६ चैत्र १ गते कुलपतिसहित प्राज्ञ परिषदमा नौ र प्रज्ञा सभामा २१ जना नियुक्त गरेपछि औपचारिकरूपमा स्थापना भएको हो। [४] यसको पहिलो कुलपति हुने अवसर भने चित्रकार किरण मानन्धरले प्राप्त गरे। [५][६]
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको दुई भागहरू छन् - प्राज्ञसभा र प्राज्ञ परिषद्को । प्राज्ञसभाको प्रमुख काम नेपाली कलाको विकासका लागि नीति तथा कार्यक्रम बनाउने हो। प्राज्ञ परिषद्को प्रमुख काम ती नीति तथा कार्यक्रमहरू नेपाली कलाकारहरूसँग मिलेर कार्यान्वयन गर्नु हो। प्राज्ञ परिषद्ले अन्य कला संस्थाहरूसँग पनि बेलाबेलामा सहकार्य गर्छ । प्राज्ञ परिषद्मा कुलपति, उपकुलपति, सदस्य सचिव र प्राज्ञ परिषद्का सदस्यहरू हुन्छन्। प्रत्येक क्याबिनेटले ५ वर्ष काम गर्छ।
प्रज्ञा–प्रतिष्ठानका विभागहरू निम्नानुसार छन्:
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पश्चिमी कला, नेपाली कला, नेपाली चित्रकला, नेपाली मूर्तिकला, नेपाली हस्तकला तथा लोककलाको विषयमा विभिन्न पुस्तकहरु प्रकाशन गर्दै आईरहेको छ।