नेपालको परराष्ट्र सम्बन्ध सम्बन्धी मामला परराष्ट्र मन्त्रालय मार्फत सञ्चालन तथा व्यवस्थापन हुने गर्दछ। परराष्ट्र सम्बन्धका लागि प्रधानमन्त्री अन्तरगत एक छुट्टै निकाय बनाउने अभ्यास पनि सुरू भएको छ।
नेपालको परराष्ट्र सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण पक्ष २ वटा छन् ती हुन् नेपाल भारत सम्बन्ध र नेपाल चीन सम्बन्ध। त्यसमा पनि नेपाल भारत बीच अत्यन्तै नजीकको जनस्तरको सम्बन्ध भएको हुँदा यसमा बेला बेलामा उतार चढाव हरू आउने गरेका छन्।
भू परिवेष्टित देश नेपाल दुई विशाल देशहरू भारत र चीनको बीचमा रहेको हुनाले तेस्रो मुलुकको सम्बन्धमा पनि यी २ देश सँगको सम्बन्धको प्रभाव देखिँदै आएको छ।
नेपालले परराष्ट्र नीतिका लागि निम्न बमोजिमका आधारहरू तय गरेको छः
औपचारिक रूपमा हेर्दा नेपालको पहिलो कूटनीतिक सम्बन्ध बेलायत सँग सन् १८१६ मा स्थापित भएको देखिन्छ। अनौपचारिक रूपमा प्राचीन तथा मध्यकालमा पनि नेपालको भारत, तिब्बत र चीन सँग व्यापारिक तथा कूटनीतिक सम्बन्ध रहेको पाइन्छ। तर नेपाल-भारत सम्बन्ध पौराणिक काल देखि नै कायम रहेको पाइन्छ। त्यसैगरी नेपालको तिब्बत र चीन सँग पनि हजारौं वर्ष देखि सम्बन्ध कायम रहेको पाइन्छ।
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा नेपाल दूई ढुंगा बीचको तरुल भएको कुरा व्याख्या गरेका छन् । उहाँले उत्तर र दक्षिण दुवै छिमेकीसँग राम्रो सम्बन्ध राख्न को लागि उपदेश दिनु भएको छ र दक्षिण छिमेकीसँग सतर्क भएर बस्नु पर्ने बताउनु भएको छ । यो नीतिले लामो समय सम्म (अहिले सम्म पनि ) नेपालको परराष्ट्र नीतिलाई मार्गनिर्देश गरेको छ । त्यस समय मुन्सी खानाखानाले परराष्ट्र सम्बन्धि मामिला हेर्ने गर्थ्यो ।
नेपालको पहिलो कुटनैतिक सम्बन्ध बेलायतसँग भएको थियो ।
जुन २०२३ सम्ममा विश्वका १८१ देशहरू सँग (अन्तिम देश- मार्सल आइल्यान्डस्) नेपालको कूटनीतिक सम्बन्ध कायम भएको छ। [२]