This article विकिपिडियाको गुणस्तर मानदण्डहरू पूरा गर्न अर्कै शैलीमा लेख्न आवश्यक छ। |
नेपालमा महिलाको अवस्था विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ। यँहाको सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ। नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी (५१.५०%)हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन्। परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह,छोराको महत्त्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्थर विकास हुन सकेको छैन। लैगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसरआदिमा कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ। महिला हक,अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी सङ्घ संस्था तथा सरकारी निकाय सम्मले कामहरू ससक्त रूपबाट गरिरहेकै छन्। नेपालको संविधानमा समेत महिला सम्बन्धि हक समेत सुनिश्चित गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरूष सरह हरेक क्षेत्रमा समानता हुनु पर्छ भन्ने उदेश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोहि घोसणा पत्रको बुदा लाई आधार बनाइ कामहरू भइरहेको अवस्था पनि छ।
नेपाली समाज हिन्दू धर्म वा आर्य संस्कृतिमा आधारित समाज हो। यो समाजमा परिवारको मूली धेरैजसो पुरुषहरू मात्रै हुने गर्दछन्। हिन्दू धर्मको प्रमुख आधिकारिक ग्रन्थ वेदमा महिलाहरूलाई भेदभाव हुने किसिमको कुनै कुरा उल्लेख गरिएको पाइँदैन। वैदिक कालमा महिलाहरूलाइ पनि पुरुषसरह समान अधिकार प्राप्त थियो। उतिबेलाको समाजमा वेदविज्ञ महिलाहरूलाइ ब्रह्मवादिनी भनिन्थ्यो। गार्गी, मैत्रेयी, अश्वपाला आदी वैदिक कालकी प्रसिद्घ ब्रह्मवादिनीहरू थिइन्। वेदमा उल्लेख गरिए अनुसार 'यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता' अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् भनेर शास्त्रहरूले पनि नारीको महिमा गाएका छन् तर मध्ययुगमा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको सुरुवात भयो, त्यसैगरी नारीप्रति पनि विभेद गरिन थालियो। धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरू प्रति भेदभाव गरिएको यसै मध्ययुग देखि चलि आएको पाइन्छ।
महिलाहरू शारीरिक र शक्तिका दृष्टिले पुरुषभन्दा कमजोर हुने हुनाले पनि यो पुरुष प्रधान समाजले उनीहरूलाई घरधन्दाको साथै बाहिरी कामको समेत जिम्मेवारी थपेको हुन सक्छ । नेपालमा महिलाहरू प्रति विगत सयकडौं वर्ष देखि गरिदै आएका विभेद मूलक कार्यहरु यसप्रकार छन् :-
आत्मनिर्भर बनाउने तथा निर्णय प्रक्रियामा सशक्त बनाउन महत्बपुर्ण भुमिका खेल्ने शक्ति हो, आर्थिक शक्ति। नेपालमा महिलाको आर्थिक आवस्था त्यति राम्रो देखिदैन।
आफुलाई आत्मनिर्भर,आत्मविश्वास दिलाउन वा समग्र देश विकास गर्नका लागि शिक्षाको आवश्यकता पर्दछ। भनिन्छ एक महिला शिक्षित भए सवै परिवार नै शिक्षित हुन्छन। केहि दशक यता समग्र रूपमा साक्षरताको दर उल्लेख्य रूपमा बृद्धि भएको भएतापनि हाम्रो देशमा निकै थोरै मात्र शिक्षित छन्। सन् २००१को जनगणनाले महिला जनसङ्ख्या साक्षरता दर ४२.८ प्रतिशत देखाएको थियो त्यसको एक दशक पछि सन् २०११को जनगणनाले महिला जनसङ्ख्या साक्षरता दर ६५.९ प्रतिशत देखाएको छ। यसलाई पुरूष जनसंख्यसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशतको अन्तर देखिन्छ। जनगणना २०११ले पुरूष जनसङ्ख्याको साक्षरता प्रतिशत ७१.१ प्रतिशत देखाएको छ। [३]
स्वास्थ्य सेवा मनिसको आधारभुत आवश्यता हो। बिगतको तुलनामा महिलाको स्वस्थ्य स्थति सुधरान्मुख छ भन्ने तथ्याङ्कले देखाएको छ। एन डी एच एस सर्वे २००६ले मात्तृमृत्युदर प्रति लाखमा २८१ देखाएको छ। यस मात्तृमृत्युदर प्रति लाखमा ५३९ रहेको थियो।[४]
सती प्रथाको उन्मूलन भएसंगै नेपालमा महिलाहरूको अधिकार र स्वतन्त्रताको लागि पर्याप्त काम भएको पाइन्छ । जसको फलस्वरुप वर्तमानमा भएको परिवर्तन प्रत्यक्ष देख्न सकिन्छ । हाल आएर उल्लेख्य संख्यामा नेपाली महिलाहरू शिक्षित भएकी छिन् । यहाँका महिलाहरू शिक्षा ,सेना, प्रहरी, निजामतीमा मात्रै नभएर वैदेशिक रोजगारीमा समेत आफ्नो योगदान दिइरहेकी छिन् । विगतको दाशताको घोर युगबाट समय सापेक्ष परिवर्तन भइ एक्कीसौं शताब्दी महिलाहरूको सर्वाङ्गीण विकासको लागि सुनौलो मौकाको रूपमा फलिफाप हुने निश्चित छ । अझै पनि महिलाहरूको अधिकारको लागि पर्याप्त कार्य गर्नु बाँकी छ । जो कार्य गरिएका छन् । ती प्रशंसा योग्य छन् । नेपाल अधिराज्यको नव निर्मित संविधान २०७२ को भाग ३ को धारा ३८ मा ‘महिलाहरूको मौलिक हक कर्तव्य’ का कुराहरु यस प्रकार उल्लेख गरिएका छन् । [५]