नेपाली राहदानी

  • Nepalese passport
  • नेपाली राहदानी
नेपाली ई-पासपोर्टको अगाडिको आवरण
जारी गर्ने Nepal
कागजातको प्रकारई-पासपोर्ट
उदेश्यपरिचय
आवश्यकतानेपाल नागरिकता
म्याद समाप्तिजारी गरेको मिति देखि १० वर्ष
रकमरु. ५,००० (वयस्क ६६ पृष्ठहरू), रु. १०,००० (वयस्क ६६ पृष्ठहरू), रु. १२,००० (फास्ट ट्र्याक सेवा, ६६ पृष्ठहरू)

नेपाली राहदानी नेपाली नागरिकहरूलाई विदेश भ्रमणका लागि नेपाल राहदानी विभागले जारी गर्ने गरेको छ। राहदानी विभाग (DoP), परराष्ट्र मन्त्रालय अन्तर्गतको एक विभाग जारी गर्ने प्राधिकरणको रूपमा कार्य गर्दछ र सबै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिएमा नेपाली राहदानी जारी गर्न जिम्मेवार छ। यसले वाहकलाई अन्तर्राष्ट्रिय यात्रा गर्न सक्षम बनाउँछ र नेपाली नागरिकताको प्रमाणको रूपमा काम गर्दछ। [[१]]

साधारण नेपाली राहदानीहरू चकलेट खैरो रङको हुन्छन् जसको कभरमा चिप चिन्ह हुन्छ, जसलाई सामान्यतया ई-पासपोर्ट भनिन्छ। यसको अगाडि कभरको बीचमा नेपालको निसानछाप हुन्छ । साधारण ई-पासपोर्टमा ३४ पृष्ठ वा ६६ पृष्ठहरू हुन्छन्।

राहदानीका प्रकारहरू

[सम्पादन गर्नुहोस्]

नेपाल सरकारले ४ प्रकारका राहदानीहरू जारी गर्ने गरेको छ:

  • सामान्य (हरियो)
  • आधिकारिक (निलो)
  • कुटनैतिक (रातो)
  • यात्रा कागजात (कालो)

भारत र नेपालका नागरिकहरूले भने भूमिगत वा वायुसेवा मार्फत अर्को देश भित्र यात्रा गर्नका लागि राहदानीको आवश्यकता पर्दैन, तर अर्को देशको सीमा पार गर्न भने विमानस्थल वा सिमामा आफ्नो पहिचान खुलाउन आवश्यक हुन सक्छ।

प्रवेशाज्ञा (भिसा) आवश्यक

[सम्पादन गर्नुहोस्]
सामान्य नेपाली राहदानीधनीहरूका लागि प्रवेशाज्ञा मुक्त वा आगमन प्रवेशाज्ञा लागू भएका देश वा इलाकाहरू

मे २०१८ सम्म, नेपाली नागरिकहरू ४० देश वा इलाकाहरूमा प्रवेशाज्ञा मुक्त वा आगमन प्रवेशाज्ञाको पहुँचमा रहेका छन्। हेनली राहदानी सूचकाङ्कका अनुसार विश्वमा नेपाली राहदानी ९५ औँ स्थानमा रहेको छ।[]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "विश्वव्यापी वरियता - राहदानी सुचकाङ्क २०१८", हेनली एण्ड पार्टनर्स, ९ मे २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०९ मिति