नेभिया | |
---|---|
![]() सन् २०१८ मा नेभिया | |
वास्तविक नाम | बेथ क्रिस्ट |
जन्म | ओहायो [१] | जनवरी २९, १९८६
निवासस्थान | डेटन, ओहायो, अमेरिका[२] |
जीवनसाथी(हरू) | जेक क्रिस्ट |
बच्चा | २ |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | हजार्ड[३] किकस्टार्ट केइटी[४] नेभिया[२][५] |
उचाई | ५ फिट ४ इन्च (१.६३ मी)[६] |
तौल | १३५ पाउन्ड (६१ किग्रा)[६] |
उत्पत्ति | कार्लिस्ली, ओहायो[७] डेटन, ओहायो[६] |
प्रशिक्षक | हर्टल्यान्ड रेस्लिङ सङ्घ[६] |
पदार्पण | सन् २००४ |
बेथ क्रिस्ट (जन्म: २९ जनवरी १९८६) एक अमेरिका व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल विमेन अफ रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा नेभियाको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले यसअघि कम्ब्याट जोन रेस्लिङ तथा स्वतन्त्र सर्किटमा हजार्डको नामले कुस्ती खेल्ने गरेकी थिइन्। उनले सिमर विमेन एथलेटिक्स नामक एक कुस्ती पदोन्नतिमा म्याडिसन रेइनसँगको सहकार्यमा उक्त पदोन्नतिको पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्। नेभियाले विमेन सुपरस्टार अनसेन्सर्ड नामक एक कुस्ती पदोन्नतिमा पनि कुस्ती खेलिसकेकी छिन्।
सन् २००४ मा नेभियाले कुस्तीमा पर्दापण गरेकी थिइन् जहाँ उनी हर्टल्यान्ड रेस्लिङ सङ्घमा आवद्ध भएकी थिइन् भने उनले उक्त पदोन्नतिमा हेलिना हेभेन्ली र हिथर ओवेन्स जस्ता खेलाडीहरूको विरुद्ध कुस्ती खेल खेलेकी थिइन्। उनले म्याड प्रो रेस्लिङमा पनि उपस्थिति जनाएकी थिइन् जहाँ उनले म्याट स्टाइकरको प्रबन्धकको रूपमा नियुक्त भएकी थिइन्। [५] सन २००७ जुन ३ का दिन उनले क्लेभरल्यान्ड स्थित अल प्रो रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनले उक्त पदोन्नतिका लागि पहिलो खेलमा जेसिका ह्याभोक विरुद्ध खेलेकी थिइन् जहाँ उनी पराजित भएकी थिइन्। उनले तीन महिना पछि पुन उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन् जहाँ उनले आफ्नो श्रीमान जेक क्रिस्टको कुस्ती प्रबन्धकको रूपमा काम गरेकी थिइन्।[८] नेभियाले पछि ओहायो च्याम्पियनसिप रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा पनि पर्दापण गरेकी थिइन् जहाँ उनले लेक्सी लेनलाई एकल खेलमा पराजित गर्दै ओसिडब्ल्यू महिला उपाधि जित्न सफल भएकी थिइन्।
सन् २००८ अप्रिल २६ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको १७औँ श्रृङ्खलामा नेभियाले उक्त पदोन्नतिका लागि पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनी र एस्ली लेन (लेक्सी लेन) द एक्प्रियन्ससँग (लेक्सी फिई र मेलिया होसाको) पराजित भएका थिए।[९] सिमर विमेन एथलेटिक्सको १८औँ श्रृङ्खलामा उनीहरूको टोलीले रेकिङ क्रुलाई (लेइसी र रेइन) पराजित गर्न सफल भएका थिए।[१०] जुलाई ५ का दिन सिमर विमेन एथलेटिक्सको १९औँ श्रृङ्खलामा उनीहरूको टोलीले भिरोनिका भाइस क्याट पावर जस्ता टोलीलाई पराजित गर्न सफल भएका थिए तर सिमर विमेन एथलेटिक्सको २०औँ श्रृङ्खलामा उनीहरूको टोली द इन्टरनेसनल होम रेकिङ क्रुसँग पराजित भएका थिए।[११][१२]
सन् २००८ अक्टोबर १९ का दिन नेभिया र लेनले सिमर विमेन एथलेटिक्सको पहिलो महिला ट्याग टिम विजेता बन्नका लागि एक गनलेट खेलमा सहभागी भएका थिए जहाँ उनीहरूले अन्तिममा द एक्सप्रियन्सलाई निस्कासन गर्दै पहिलो महिला ट्याग टिम उपाधि जित्न सफल भएका थिए।[१३] सिमर विमेन एथलेटिक्सको २२औँ श्रृङ्खलामा उनीहरूको टोलीले उक्त उपाधि क्यानडेली निन्जास विरुद्धको खेलमा कायम राख्न सफल भएका थिए। सन् २००८ नोभेम्बर १ का दिन सिमर विमेन एथलेटिक्स महिला उपाधि पहिलो उक्त पदोन्नति बाहिर उपाधिका लागि खेल जारी गरिएको थियो जहाँ नेभिया र लेनले स्टिफी सिन्क्लार र हेनेनम हेभेन्लीलाई पराजित गरेका थिए। सन् २००९ मे २ का दिन नेभिया र लेनले उनीहरूको उपाधि द इन्टरनेसनल होम रेकिङ क्रुजको विरुद्धमा कायम राख्न सफल भएका थिए भने उक्त खेलको अर्को दिन आयोजित उपाधिका लागि खेलमा नेभिया र लेनले अमेजिङ कङ र सारा डेल रेलाई पराजित गर्न सफल भएका थिए।[१४] सिमर विमेन एथलेटिक्सको २६औँ श्रृङ्खलामा उनीहरूले उक्त उपाधि क्यानडियन निन्जास विरुद्धको खेलमा गुमाएका थिए।
सन् २०१० को सुरुवात तिर नेभियाले उक्त पदोन्नतिका लागि एकल प्रतिस्पर्धीको रूपमा स्थापित भएकी थिइन् भने उनले त्यहाँ रहँदा केइली स्केटर, क्याट पावर र स्यासी स्टिफीसँग एकल खेलहरू खेलेकी थिइन्।[१५][१६] सन् २०११ अक्टोबर १ का दिन नेभियाले उनको भुतपुर्व साथी एस्ली लेनलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन् भने उनले पछि स्यासी स्टिफीसँग सहकार्य गर्दै एब टोलीको गठन गरेकी थिइन्। सिमर विमेन एथलेटिक्सको ४२औँ श्रृङ्खलामा नेभिया र स्यासी स्टिफीको टोलीले एरियल र निकी रक्सको टोलीलाई पराजित गर्न सफल भएका थिए तर पछि उनीहरूको टोली रिजेनेरेसन एक्स (एलिसन डेन्जर र लिभा बेट्स) विरुद्धको खेलमा पराजित भएका थिए।[१७] अक्टोबर २ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको एक श्रृङ्खलामा उनीहरूको टोलीले लेन र मे यिमलाई पराजित गर्न सफल भएका थिए।
एक वर्षको अस्थायी अवकाश पछि सन् २०१३ अप्रिल ६ का दिन नेभिया उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन् भने उनले पछि स्यासी स्टिफीसँग सहकार्य गरेकी थिइन्।[१८] सिमर विमेन एथलेटिक्सको ५९औँ श्रृङ्खलामा नेभिया र स्यासी स्टिफीको टोलीले साभाना समर्स र सान्टाना गेरेटलाई पराजित गर्न सफल भएका थिए भने अक्टोबर १०, २०१३ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको ६०औँ श्रृङ्खलामा उनीहरूको टोलीले तात्कालिक सिमर महिला विजेता केइली स्केटर र टोमाको नाकागोवा विरुद्ध महिला उपाधिका लागि खेल खेलेका थिए जहाँ उनीहरू पराजित भएका थिए।[१९][२०] उनले पछि एकल खेलहरू खेल्न सुरु गरेकी थिइन् जहाँ उनले क्रिस्टिना भान इरी, लुफिस्तो, के लि रे र किम्बर लि विरुद्ध एकल खेलहरू खेलेकी थिइन्।[२१][२२][२३]
सन् २०१२ फेब्रुअरी ४ का दिन नेभियाले कम्ब्याट जोन रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् भने उनले उक्त पदोन्नतिका लागि व्यक्तिगत पहिलो खेलमा किम्बर लिलाई पराजित गर्न सफल भएकी थिइन्।[२४] उक्त खेल पश्चात् उनले उक्त पदोन्नतिका लागि आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[२५] कुस्ती खेलाडीहरूको प्रबन्धकको रूपमा काम गरेरहेकी नेभियाले पछि एकल खेलहरूमा पनि सहभागी भएकी थिइन् भने उनले सन् २०१२ अक्टोबर १३ र सन् २०१३ मार्च ९ का दिन आयोजित कम्ब्याट रेस्लिङको क्रमश श्रृङ्खलाहरूमा चेरी बम र जेसिका हाभोक विरुद्ध खेल खेलेकी थिइन्।[२६][२७] सन् २०१३ मेमम नेभियाले एकल खेलमा हाभोकलाई पराजित गरेकी थिइन्।[२८][२९][३०] त्यसपछिको वर्ष उनले विभिन्न महिला कुस्ती खेलाडीहरूका विरुद्ध खेल खेलेकी थिइन् जसमा क्रिस्टिना भान इरी, किम्बर लि र सियाना विरुद्धको खेल आदि समावेश छन्।[३१][३२] सन् २०१४ मेमा उनले जेसिका हाभोकसँग सहकार्य गर्दै किम्बर लि र लुफिस्तोलाई पराजित गर्न सफल भएकी थिइन् भने पछि उनले एकल खेलमा लिलाई पनि पराजित गर्न सफल भएकी थिइन्।
सन् २००९ देखि सन् २०१० मा नेभियाले ओहायो च्याम्पियनसिप रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा कुस्ती खेलेकी थिइन् भने सन् २०१२ मा उनले आइपिडब्ल्यूमा आवदेध भएकी थिइन्।[३३] उनी त्यस बाहेक क्लास रेस्लिङ र रिमिक्स प्रो रेस्लिङमा पनि कुस्ती खेलेकी थिइन्।[३४][३५] सन् २०१० मा नेभियाले अल अमेरिकन विमेन रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा कुस्ती खेल्न सुरु गरेकी थिइन् भने उनले सन् २०१० मे २६ का दिन उनी किकस्टार्ट केइटीको रूपमा प्रस्तुत हुन सुरु गरेकी थिइन्।[३६] सन् २०१४ मा उनले क्विन्स अफ कम्ब्याटमा पनि आफ्नो कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्।[३७] सन् २००९ मार्च १ का दिन नेभियाले रिङ अफ अनर नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् भने उनले डेइजी हेजसँग सहकार्य गर्दै सारा डेल रे र स्यासी स्टिफीको टोलीलाई पराजित गर्न सफल भएका थिए। [३८] मे २९ का दिन आयोजित रिङ अन अनरको एक श्रृङ्खलामा उपाधि रहित् खेलमा उनी तात्कालिक सिमर विमेन एथलेटिक्स महिला विजेता एमएस सेफसँग पराजित भएकी थिइन् भने त्यसको अर्को दिन आयित रिङ अफ अनरको एक श्रृङ्खलामा उनी र हेजको टोली एमएस सेफ र डेल रेसँग पराजित भएका थिए।[३९][४०] केही महिनाको अस्थायी अवकाश पश्चात् सन २०१० अक्टोबर १६ का दिन नेभिया पुन उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन्। नेभियाले सन् २०१३ फेब्रुअरी ९ का दिन विमेन सुपरस्टार अन सेन्सर्ड नामक एक कुस्ती पदोन्नतिमा पर्दमपण गरेकी थिइन् जहाँ उनले एकल खेलमा जेसी ब्रुक्सलाई पराजित गर्न सफल भएकी थिइन्। सन् २०१३ मा आयोजित डब्ल्यूएसयु क्विन र रिङ अफ द रिङ प्रतियोगितामा नेभिया र जेक क्रिस्टले चेरी बम र पिपर पार्क्सलाई पराजित गर्न सफल भएका थिए भने उनीहरूको टोली पछि किम्बर लि र ड्रु गुलाक विरुद्धको खेलमा पराजित भएका थिए। सन् २०१५ फेब्रुअरी २१ का दिन नेभियाले निया बेरेलालाई पराजित गर्दै डब्ल्यूएसयु स्प्रिट उपाधि जित्न सफल भएकी थिइन्।
सन् २०१३ सेप्टेम्बर २७ का दिन नेभियाले साइन रेस्लिङमा पर्दापण गरेकी थिइन् जहाँ उनले उनको व्यक्तिगत पहिलो खेलमा लिभा बेट्सलाई पराजित गर्न सफल भएकी थिइन्।[४१] उक्त खेल पश्चात् उनको बेट्ससँग द्वन्द्व चलेको थियो भने साइन रेस्लिङको १५औँ श्रृङ्खलामा उनी बेट्स विरुद्धको खेलमा पराजित भएकी थिइन्।[४२] साइन रेस्लिङको २१औँ श्रृङ्खलामा उनले फेटल फोर वे खेल जित्न सफल भएकी थिइन् जसमा अमेजिङ कङ, सु याङ र लिया भान डच समावेश थिए।