![]() | |
व्यावसायको प्रकार | सार्वजनिक |
---|---|
साइटको प्रकार | जागिर खोज संयन्त्र |
उपलब्ध भाषा | अङ्ग्रेजी |
संस्थापित | मार्च १९९७ |
मुख्यालयहरू | नोएडा, भारत |
संस्थापक (हरू) | सञ्जीव भिखचन्दानी |
उद्योग | इन्टरनेट |
उत्पादहरू | रोजगार आवेदन भण्डार, जागिर खोज, ई-अनुप्रयोग, कार्यकाल स्थल व्यवस्थापन, बादल उत्पादन |
सेवाहरू | अनलाइन भर्ती |
कर्मचारीहरू | १००१-५००० |
अभिभावक | इन्फो एज (भारत) |
युआरएल | www |
अलेक्सा क्रम | ![]() |
दर्ता | आवश्यक |
वर्तमान स्थिति | चालू |
नौकरी डटकम एक भारतीय रोजगारी वेबसाइट हो जुन भारत र मध्य पूर्वमा सञ्चालित छ। नौकरी डटकमलाई सन् १९९७ मा भारतीय व्यावसायी सञ्जीव भिखचन्दानीले स्थापना गरेका थिए[२] जसले सन् १९९५ मा एज (इण्डिया) लिमिटेडको पनि स्थापना गरेका थिए। डिसेम्बर २०१६ सम्ममा, नौकरी डटकममा अौसत ४९.५ मिलियन पञ्जीकृत रोजगारी खोज्नेहरूको डाटाबेस रहेको थियो र यसमा दैनिक १५,००० आवेदनहरू दैनिक थपिएका थिए। आर्थिक वर्ष सन् २०१३-१४ देखि रेजुमेहरू दैनिक रूपमा परिमार्जन गरिएको थियो। आर्थिक वर्ष सन् २०१४-१४ को अवधिमा, ५१,००० सहयोगी ग्राहकहरूले (नियुक्त सल्लाहकार र कम्पनी समावेश ) नौकरी डटकमलाई सेवाहरू जस्तै डाटाबेस पहुँच, रोजगारी आवेदन, विज्ञापन आदिको लागि भुक्तानी गरेका थिए।[३]
नौकरी डटकम मार्च १९९७ मा सुरू गरिएको थियो। कम्पनी रोजगार विनिमयको रूपमा शुरू गरिएको थियो। यो रेजुमे, रोजगार र नियुक्त परामर्शदाताहरूको डाटाबेस थियो। रोजगार खोज्नेहरू र नियुक्त प्रवन्धकहरूको मञ्चको रूपमा सङ्कल्पित यसका सेवाहरू अक्टोबर १९९७ देखि व्यावसायिक रूपमा सुरुवात गरिएको थियो।
सञ्जीव भिखचन्दानीले हिन्दुस्तानी दूध तथा खाना निर्मातामा (हाल ग्ल्याक्सो स्मिथक्लाइन) आफ्नो जागिर छोडेपछि यसको सुरुवात भएको थियो।[४] उनले त्यस पश्चात् इन्फो एज र इण्डमार्क गरी दुईवटा कम्पनीहरूको स्थापना गरेका थिए। इन्फो एजले कलेज स्नातकहरूका विभिन्न श्रेणीहरू जस्तै इञ्जिनियरिङ र व्यवसाय प्रवन्धमा स्नातकोत्तरमा तलबको प्रतिवेदनहरूको प्रस्ताव गरेको थियो। तलब प्रतिवेदनहरू कम्पनीहरूमा पाँच हजार देखि दस हजार भारू सम्ममा बेचिन्थ्यो। [४] सञ्जीव र उनका इन्फो एजका व्यवसाय साझेदारहरूले सञ्जीवको घरबाट सेवा सञ्चालन गरेका थिए।
सन् १९९१ मा, भारतीय दूरसञ्चार विभागले श्रव्य दृश्य पाठ सेवाका लागि विज्ञापन गरेको थियो।[५] इन्फो एजले भारतीय दूरसञ्चार विभाग समक्ष आफ्नो व्यापारीक योजना प्रस्तुत गर्दै सूचीकृत भएको थियो। अज्ञात कारण देखाउँदै विभागले पाइलट परियोजना रद्द गरेको थियो। यो परियोजना रद्द गर्नु सञ्जीव र उनको व्यापार साझेदारीको छुट्टिनुको कारण पनि बनेको थियो। उनको व्यापार साझेदारले इण्डमार्कलाई आफ्नो पक्षमा गर्दै र इन्फो एजका लागि रकम भुक्तानी गरी छुट्टिएर आफ्नै छुट्टै व्यवसाय सञ्चालन गरेका थिए। [६] दिल्लीको प्रगति मैदानमा आयोजित सूचना प्रविधि सम्बन्धित कार्यक्रममा उनी डब्ल्यूडब्ल्यूडब्ल्यू लेखिएको विक्रीको लागि सामान राखिने स्थान तर्फ उनी आकर्षित भएका थिए र सञ्जीवले इण्टरनेटले कसरी काम गर्छ भन्ने बारेमा अधिक जानकारी प्राप्त गरेका थिए। १९९० को दशकमा इण्टरनेट भारतमा नयाँ थियो। [७] उनले इण्टरनेट सेवक भाडामा लिनका लागि अमेरिकामा बस्दै आइरहेका आफ्ना भाइ सुशीलको सहयोग लिएका थिए। इण्टरनेट सेवकलाई २५ अमेरिकी डलरको लागि मासिक भाडामा लिई उनले आफ्नो कम्पनीको पाँच प्रतिशत शेयर आफ्नो भाइलाई हस्तान्तरण गरेका थिए। यसरीनै एज इण्डिया, नौकरी डटकमको नियन्त्रक कम्पनीको स्थापना भएको थियो। १ मे १९९५ मा, एज इण्डिया, एज (इण्डिया) निजी लिमिटेडको स्थापना भएको थियो। [८]
सन् १९९६ मा कम्पनीको गतिविधि सुस्त भयो र कम्पनीले नोक्सान बेहोर्नु परेको थियो। सो समयमा सञ्जीवले उनका साथी अलिन ललको सहयोग लिई एक नयाँ वेबसाइट बनाउन लागेको विचार सुनाएका थिए। अनिल ललले कम्पनीमा ७ प्रतिशत सेयरको प्रस्ताव गरेका थिए। उनका अर्का मित्र भिएन सरोजाले सञ्चालनको जिम्मा लिएका थिए। उनले कम्पनीमा ९ प्रतिशत सेयरकको प्रस्ताव गरेकी थिइन।[९]
नौकरी डटकम २ अप्रिल १९९७ मा सुरुवात भएको थियो र प्रथम संस्करणको वेबसाइटले २९ पत्रिकाहरू मार्फत १००० जागिर सङ्कलन गरेको थियो।[१०] जागिर खोजकर्ताहरूले नौकरीमा जागिर खोज गर्न नि:शुल्क रहेको जानकार प्राप्त गरेका थिए र छिट्टै धेरै मानिसहरूले वेबसाइट प्रवेश गरेका थिए। नौकरी डटकमको ट्राफिक इण्टरनेटमा विस्तारै तथा क्रमिक रूपमा वृद्धि भएको थियो।
सन् २०१२ मा, कम्पनीले ब्ल्याकबेरी, एन्ड्रोइड र आइफोन उपकरणहरूका लागि मोबाइल अनुप्रयोगको सुरवात गरेको थियो[११] र सन् २०१२ मा २३% ट्राफिक मोबाइल प्रयोगकर्ताहरू मार्फत प्राप्त गरेको थियो।[१२][१३]
यस वेबसाइटका प्रतिस्पर्धीहरूसँग नौकरी डटकम मिल्दोजुल्दो नामका भएकाले वेबसाइट दर्ता गर्न समस्या आएको थियो। विश्व बौद्धिक सम्पत्ति सङ्गठनले एबिएस आईटी सोलुसनलाई डोमेन नौक्री डटकममा इन्फो एज इण्डियामा स्थानान्तरण गर्न आदेश दिएको थियो।[१४]
वेबसाइटले व्यापार देखि व्यापार देखि तथा व्यापार देखि उपभोक्त नमूनालाई पछ्याउँदछ।[१५]
सदस्यता शुल्क तथा विज्ञापन वेबसाइटका राजस्व उत्पन्न गर्ने दुई तरिकाहरू हुन्। कमाइएको ९० प्रतिशत राजस्व व्यापार देखि व्यापार नमूना मार्फत हुन्छ। १० प्रतिशत आय स्रोतहरू रोजगारदाता सेवाहरूबाट प्राप्त हुन्छ।[१६]