पञ्चायती व्यवस्था (पुष १२,२०१७-चैत्र २०४६) नेपालमा ३० वर्ष सम्म कायम भएको एउटा माैलिक राजनीतिक व्यवस्था थियो। बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै एक घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रीमण्डल बिघटन गरेपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरू गरिएको थियो। यो एकदलीय व्यवस्था थियो।
१९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरी राज्य गरे। नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। २०४६ को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो[१] फलत नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भै बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो।
पञ्चायती व्यवस्था लागू भैसकेपछि त्यसको जग मजबुत बनाउनका लागि राज्यका तर्फबाट विभिन्न कार्यक्रमहरू ल्याइएको थियो। त्यसैगरी पञ्चायती व्यवस्था हटाउनका लागि विभिन्न राजनीतिक पार्टीहरूबाट शसस्त्र तथा शान्तिपूर्ण आन्दोलनहरू पनि भैरहे।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)