पाँचखाल नगरपालिका | |
---|---|
![]() पाँचखाल नगरपालिकाको एक दृष्य | |
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काभ्रेपलाञ्चोक |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | महेश खरेल (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | सूर्यमाया दनुवार (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १०३ किमी२ (४० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३५,५२१ |
• घनत्व | ३४०/किमी२ (८९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०११ |
वेबसाइट | आधिकारिक वेबसाइट |
पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका पाँचखाल, होक्सेबजार, देवभूमि बालुवा, अनेकोट र साठीघर भगवती गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कोशीदेखा र खरेलथोक गाविसहरू यसमा गाभिएका थिए।
हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोस्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ। यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाँचखाल नगरपालिकाको कुल जनसङ्ख्या ३५,५२१ रहेको छ भने यहाँ ७,१४८ घरधुरी रहेका छन्।[२]
यस बेंशीको वरीपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पात्लेखेतका डाँडा हरूले घेरिएको छ। यसरी कम उचाईमा रहनु, वरिपरि डाँडा हुनु, आदि कारणले यहाँ प्रशस्त मात्रामा गर्मी हुने गर्दछ। यहाँको गृष्म तापक्रम सरदर ३२-३३° सेल्सीयस (९०.९५० फरेनहाइट) सम्म पुग्छ। डाँफे र झिकु खोलाहरूद्वारा सिंचित यो बेंशी मलिलो भएतापनि अघि औलो लाग्ने भएकाले यहाँ बस्ती थिएन। पहिला दनुवार जातिहरूका मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरूको आकर्षण बढ्दैछ।
सिँचाइको सुविधा, मलिलो पाँगो माटो, यातायातको सुविधा, हावापानीको अनुकूलताको कारण यो क्षेत्र कृषिको लागि महत्त्वपूर्ण क्षेत्र मानिन्छ। धान, मास, गोलभेडा कटहर, आलुको लागि यो क्षेत्र अति महत्त्वपूर्ण छ। जहाँको गोलभेडा र आलु काठमाडौँ उपत्यकाको बजारहरूमा पाइन्छ। यसका अतिरिक्त आँप, केरा, रूख र भुइँ कटहर, लिची, कागती, मेवा आदि कर्केटार नामक परम्परागत बगैम्हचा र पाँचखाल बागवानी केन्द्र (७.३५ देक्टर क्षेत्र )बाट उत्पादन हुने गर्दछ।
आठ मा.वि., दुई कलेज ,तीन प्रहरी चौकी, इलाका हुलाक, दुग्ध सङ्कलन केन्द्र आदि कार्यालय रहेको यो क्षेत्रमा चक्रपथ बनाउने, प्रदुषण हरियालीयुक्त बनाउन जिविस, गाविस र प्यारो हरियाली नेपालको सत्प्रयास रहेको छ। [४]
पाँचखालको प्रमूख यातायात मार्ग अरनिको राजमार्ग राजमार्ग हो । यसले पाँचखाललाई धुलिखेल, बनेपा र काठमाडौँसँग जोडेको छ ।