पाकिस्तान क्रिकेट बोर्ड پاکستان کرکٹ بورڈ | |
---|---|
खेल | क्रिकेट |
क्षेत्राधिकार | पाकिस्तान |
स्थापना | १ मे १९४९ |
मान्यता | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् |
मान्यता प्राप्त मिति | २८ जुलाई १९५२ |
क्षेत्रीय आवद्ध | एसियाली क्रिकेट परिषद् |
आवद्ध मिति | १९ सेप्टेम्बर १९८३ |
मुख्यालय | गद्दाफी रङ्गशाला, फिरोजपुर |
स्थान | लाहोर, पाकिस्तान |
सभापति | मोहसिन राजा नाकवी |
निर्देशक | मोहम्मद हफीज |
पुरुष प्रशिक्षक | मोहम्मद हफीज (अन्तरिम) |
महिला प्रशिक्षक | मोहतासिम रसीद (अन्तरिम) |
परिचालन आय | रू१९.३२ बिलियन (अमेरिकी डलर$१४० मिलियन) (सन् २०२०-२१)[१] |
प्रायोजक | |
Replaced | पाकिस्तान क्रिकेट नियन्त्रक बोर्ड |
आधिकारिक वेबसाइट | |
pcb | |
पाकिस्तान क्रिकेट बोर्ड, पाकिस्तानमा क्रिकेटको लागि एक खेल शासकीय निकाय हो जुन पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीद्वारा सञ्चालित सबै भ्रमण र खेलहरूको नियन्त्रण र आयोजनको लागि जिम्मेवार छ। सन् १९५२ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को सदस्य रहेको यस संस्थाले आइसिसी अन्तर्गत हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा देशको पुरुष र महिला राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दछ।[४]
सन् १९४७ मा ब्रिटिस साम्राज्यको स्वतन्त्र प्रभुत्वको रूपमा पाकिस्तानको स्थापना पछि, स्थानीय पूर्वाधारहरू पहिले नै स्थापित भइसकेका र देश ब्रिटिस राजको अंश भएको कारण व्यावसायिक क्रिकेट वा अन्य क्रिकेट प्रतियोगिताहरू सोही वर्ष सुरु भएका थिए। सन् १९४८ मा क्रिकेट नियन्त्रण बोडको औपचारिक स्थापना नहुञ्जेलसम्म क्रिकेट खेलहरू अनौपचारिक रूपमा आयोजना गरिन्थ्यो। पाकिस्तान जुलाई १९५२ मा इम्पेरियल क्रिकेट कन्फरेन्स (हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को रूपमा चिनिन्छ) मा प्रवेश गरेको थियो, र त्यसपछि टेस्ट क्रिकेट खेल्दै पूर्ण सदस्य रहेको छ। पाकिस्तानले पहिलो टेस्ट शृङ्खला सन् १९५२ को अक्टोबर देखि डिसेम्बरसम्म भारतमा खेलेको थियो।[५]