पाकिस्तान मुस्लिम लिग پاکستان مسلم لیگ | |
---|---|
![]() | |
ऐतिहासिक नेता | नुरुल अमिन पीर पगारा अब्दुल कयुम खान |
संस्थापक | अयुब खान (सन् १९६२)[१] |
स्थापना | १९६२ |
पूर्वकालीन | मुस्लिम लिग |
विचारधारा | अधिकांश रुढिवाद आर्थिक उदारवाद राजकोषीय रूढिवाद राष्ट्रवाद गुट केन्द्रवाद राष्ट्रपतिय गणतन्त्र संसदीय व्यवस्था |
पाकिस्तान मुस्लिम लिग, (उर्दु: پاکستان مسلم لیگ) विभिन्न अलग-अलग पाकिस्तानी राजनीतिक दलहरूको हो जसले देशमा दक्षिणपन्थी राजनीतिक विचारधारा अपनाएका छन्।[१][२][३]
मुस्लिम लिग (एक अलग पार्टी) पाकिस्तानको संस्थापहरूको पार्टी थियो। तर सन् १९४७ मा पाकिस्तानको गठन पछि यसले धेरै विभाजनको सामना गर्नुपरेको थियो। सन् १९७० को दशकमा यो लोप भएको थियो। यसको पुनरुत्थान सन् १९८० को दशकको मध्यतिर सुरु भएको थियो र हाल पाकिस्तानका धेरै पार्टीहरूको नाम मुस्लिम लिग राखिएको छ।
पहिलो पाकिस्तान मुस्लिम लिगको स्थापना राष्ट्रपति अयुब खानले सन् १९६२ मा मूल मुस्लिम लिगको उत्तराधिकारीको रूपमा गरेका थिए। स्थापनाको केही समयपछि नै पार्टी दुई गुटमा विभाजित भएको थियो। राष्ट्रपति र नयाँ संविधानलाई समर्थन गर्ने कन्भेन्सन मुस्लिम लिग र नयाँ संविधानको विरोध गर्ने काउन्सिल मुस्लिम लिगमा यो टुक्रिएको थियो। विभाजनलाई अलोकतान्त्रिक भन्दै निन्दा गरिएको थियो जहाँ फलस्वरूप राष्ट्रपतिलाई निरंकुश बनाएको थियो। राष्ट्रपति अयुब खानको राजीनामापछि दक्षिणपन्थी राजनीतिक नेता नुरुल अमिनले पाकिस्तान मुस्लिम लिगका गुटहरूलाई एकताबद्ध गर्ने प्रयास गरेका थिए। तिनको प्रयासलाई कसै-कसैले समर्थन गरे भने कसै-कसैले विरोध गरेका थिए। सन् १९७० को चुनावअघि काउन्सिल मुस्लिम लिगका वरिष्ठ नेता अब्दुल कयुम खानले मुस्लिम लिगको आफ्नै अध्यक्षतामा गठन गरेका थिए जसले कुनै समय तानाशाहलाई समर्थन गर्ने पार्टीसँग सहकार्यको विरोध गरेको थियो। सन् १९७३ मा अमिनको प्रयास सफल भयो र पाकिस्तान मुस्लिम लिग (फ)|फङ्सनल मुस्लिम लिग]]को स्थापना भएको थियो।
राष्ट्रपति अयुब खानको राजिनामा पछि पाकिस्तान मुस्लिम लिग एक पटक फेरि रुढिवादी राजनीतिक नेता नुरुल अमिनको नेतृत्वमा एकजुट भएको थियो। वैचारिक रूपमा नजिक भए पनि एकअर्काको प्रभुत्व स्वीकार्न उनीहरू तयार थिएनन्। यही कारण सन् १९७० को चुनावमा उनीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए।
नुरुल अमिनको मृत्युपछि, पाकिस्तान मुस्लिम लिग राजनीतिक रसातलमा गयो तर भुट्टो प्रशासनअन्तर्गत राष्ट्रियकरण र देशमा वामपन्थको वृद्धिको प्रत्यक्ष प्रतिक्रियामा आफ्नो उल्लेखनीय पुनरागमन गर्न सफल भयो। सन् १९७० को दशकमा पीर पगाराको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लिगलाई नवाज सरिफ र शुजात हुसेन लगायत उद्योगपतिहरू र वकिल, फिदा मोहम्मद र जावेद हाशमीलगायत बुद्धिजीवीहरूको आर्थिक सहयोगबाट फाइदा भएको थियो।
सन् १९७० को दशकमा वामपन्थी पाकिस्तान पिपुल्स पार्टीको कडा विरोध गर्न पीर पगाराको प्रयासले पाकिस्तान मुस्लिम लिगका अधिकांश गुटहरूलाई आत्मसात् गरेको थियो।