पाग

मिथिलाको रातो पाग

पाग नेपालभारतको मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिलहरूद्वारा सिरमा पहिरिने गरिन्छ। यसलाई हिन्दू वेद तथा संस्कृत भाषामा सिरवश्त्रम भनिएको छ। यसको प्रयोग मिथिलाको पारम्परिक सभ्यतालाई प्रदर्शित गर्ने गर्दछ। यो सम्मान र गर्वको प्रतीक हो।[]

इतिहास र शैली

[सम्पादन गर्नुहोस्]

प्राचीन समयमा यसलाई पात आदिद्वारा बनाइने गरिन्थ्यो तर हाल यसलाई कपडाद्वारा बनाउन थालिएको छ।[] विशेष रूपले यो रातो, पहेँलो अथवा सेतो रङमा उपलब्ध हुन्छ। पागको संस्कृति बचाउनको लागि विभिन्न अभियान चलाइएको छ। कालान्तरमा मुख्य रूपले पाग मिथिला क्षेत्रको ब्राह्मणकायस्थ समुदायद्वारा[] लगाउने गरिन्थ्यो तर वर्तमान समयमा यसको प्रयोग मिथिलाको प्रत्येक समुदायद्वारा गर्ने गरिएको छ।[]रातो रङ भएको पाग बेहुला वा पूजा पाठमा पुरुषद्वारा लगाउने गरिन्छ । पहेँलो रङ भएको पाग मुख्य रूपले विवाह उत्सवमा सामेल हुने मानिसहरूद्वारा लगाउने गरिन्छ भने साना बच्चाहरू र अन्य व्यक्तिहरू सेतो रङ भएको पाग लगाउने गर्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]