पाताले छाँगो | |
---|---|
![]() डेभिज फल्स | |
![]() | |
स्थान | पोखरा, कास्की, नेपाल |
निर्देशाङ्क | २८°११′N ८३°५८′E / 28.19°N 83.96°E |
झरना सङ्ख्या | १ |
पातले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ ।[१][२]जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो ।[३] एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ । सन् १९६१ मा फेवा तालमा पौडदै गर्दा एक जना स्विस पर्यटक अप्रत्यासित रूपले आएको बाढीको कारण पानीमै बगीन र उसलाई उसको श्रीमानले जोगाउन सकेन यसै प्रकार, त्यस महिलाको शरीर कहिले पनि भेटाउन सकिएन जसको फलस्वरूप यस पाताले छाँगोलाई त्यस महिलाको नाम बाटै डेभिज फल नामाङ्कित गरियो ।
डेभिस फलमा अधिकांश भारतीय पर्यटक आउने गरेका छन् । डेभिस फल परिसरभित्र पानीको झरनाबाहेक ‘विसपुल’ र ‘मनोरञ्जन पार्क’ पनि आकर्षक स्थलहरू हुन् । शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरूले पनि यस स्थललाई पहिलो रोजाइ बनाउने गरेका छन् । डेभिस फलको प्राचीन नाम ‘पातले छाँगो’ हो । स्थानीय छोरेपाटन उच्च माविले यसको संरक्षणको जिम्मा लिएको छ । पोखराको पर्यटन विकासका लागि डेभिस फलको आकर्षण प्रमुख रहेको छोरेपाटन उच्च माविका प्राचार्य लक्ष्मण थापा बताउँछन् । [४]