व्यक्तिगत जानकारी | |||||
---|---|---|---|---|---|
राष्ट्रियता | ब्रिटिश भारतीय (सन् १९३२ - सन् १९४७) भारतीय (सन् १९४७ - सन् १९८१; उनको मृत्यु) | ||||
जन्म | १ जनवरी १९३२ भिण्ड, मुरैना, ब्रिटिश भारत[१] | ||||
मृत्यु | १ अक्टोबर १९८१ (४९ वर्ष) भिण्ड, मुरैना, भारत | ||||
उचाइ | ६ फिट १ इन्च (१.८५ मिटर)[२] | ||||
सैन्य कार्यजीवन | |||||
निष्ठा | भारत | ||||
सेवा/ | भारतीय सेना | ||||
सैन्य क्रम | सुबेदार | ||||
एकाइ | बङ्गाल इन्जिनियर समूह | ||||
खेल | |||||
खेल | ट्र्याक एन्ड फिल्ड | ||||
प्रतिस्पर्धा(हरू) | ३००० मिटर स्टीपलचेज | ||||
पदक कीर्तिमान
|
सुबेदार पान सिंह तोमर (१ जनवरी १९३२ - १ अक्टोबर १९८१) एक भारतीय सैनिक र खेलाडी थिए जो पछि डकैत बनेका थिए । उनको भारतीय सेनाको कार्यकालमा नै उनले आफ्नो दौडको क्षमता पत्ता लगाएका थिए । सन् १९५० देखि सन् १९६० को दशकमा ७ राष्ट्रिय स्टीपलचेज विजेता रहेका तोमरले सन् १९५८ मा आयोजित एसियाली खेलकुदमा भारतको प्रतिनिधित्व गरेका थिए । सेनाबाट असामयिक अवकाश पाएपछि उनी आफ्नो गाउँ फर्केका थिए । उनले पछि चम्बल उपत्यकामा डकैतीमा लागेर कुख्याती प्राप्त गरेका थिए । सन् १९८१ को अन्त्य तिर उनलाई पक्राउ गर्न पठाइएको प्रहरी समूहले गोली हानेर उनको मृत्यु भएको थियो ।[३]
पान सिंह तोमरको जन्म ब्रिटिश भारतको ग्वालियरमा रहेको मुरैनामा अवस्थित पोरसा नजिकैको भिण्ड गाउँमा हिन्दु तोमर परिवारमा भएको थियो । तोमरका पिता इश्वरी सिंह तोमर भिडोसा क्षेत्रको अधिकतम कृषिजन्य खेतका मालिकहरूलाई जन्म दिने दयाराम सिंह तोमरका दाइ थिए । तोमरले जग्गाको सम्बन्धमा परेको विवादको कारण दयाराम सिंह तोमरका नाति र आफ्नो भतिजा बब्बू सिंह तोमरको हत्या गरेका थिए ।[४]
तोमरले रुडकीमा आधारित बङ्गाल इन्जिनियर समूहको ५१ इन्जिनियर एकाइमा सुबेदारको भूमिका निर्वाह गरेका थिए । सन् १९५० देखि सन् १९६० को दशकमा उनी लोकप्रिय खेलाडी थिए । उनको खेलको रूपमा दौडमा सहभागिताको सुरुवात कहिले र कसरी भयो भन्ने कुराको पुष्टि गर्न सकिएको छैन । तोमर प्रथम पटक आफ्नो एकाइमा भर्ना हुँदा उनको र प्रशिक्षकको बीचमा असहमति भएको थियो । सजायको रूपमा तोमरलाई परेड मैदानमा दौडिन लगाइएको थियो । उनको दौडले अन्य कर्मचारीलाई आकर्षित र प्रभावित पार्यो । त्यसपश्चात तोमरलाई सामान्य कर्तव्यबाट मुक्त गराई अन्य लाभका साथै खेलाडीको रूपमा प्रशिक्षण सुरु गराइएको थियो ।[५]
सन् १९५८ मा जापानको राजधानी टोक्योमा आयोजित एसियाली खेलकुदमा तोमरले भारतको प्रतिनिधित्व गरेका थिए ।[६] सैन्य कार्यकालमा स्टीपलचेज दौडमा रुचि देखाउन थालेका तोमर सात वर्षका लागि स्टीपलचेज विजेता रहे । उनले ९ मिनेट २ सेकेन्डमा पूरा गरेको ३००० मिटरको स्टीपलचेज दौडको रेकर्ड १० वर्ष पछि मात्रै तोडियो । उनको खेल जीवनको कारणले उनलाई भारतीय सेनाले सन् १९६२ को भारत-चीन युद्ध र सन् १९६५ को भारत-पाकिस्तान युद्धमा लड्न दिएन । उनको खेल जीवन सन् १९७२ मा समाप्त भयो ।
सन् १९७७ मा अवकाश भएपछि तोमर भिडोसा गाउँ फर्के । त्यहाँ उनको र उनका भतिजाहरू जन्देल सिंह, हवलदार सिंह र बब्बू सिंह तोमरका बीच जग्गाको सम्बन्धमा विवाद परेको थियो । २०० सदस्य भएको परिवारको मुखिया, जग्गाधनी बब्बू सिंहले सरकारको अनुमतिमा सात वटा बन्दुक राखेका थिए । यो विवादको समाधानका लागि पञ्चायतको व्यवस्था गरिएको थियो । पञ्चायतले भने अनुसार तोमरले आफ्नो जग्गाको पूर्ण स्वामित्व प्राप्त गर्न बब्बू सिंह तोमर र उनका दाजुभाइलाई ₹३,००० दिएका थिए । यद्यपि, उनका भतिजा बलवन्त सिंहले पैसा नक्कली भएको आरोप लगाएपछि पञ्चायतले तोमरलाई पूर्ण मूल्य तिर्न १५ दिनको समय दिए । यी १५ दिनको समयावधिमा नै बब्बू सिंह तोमरले तोमरको घरमा अरू कोही नहुँदा गई उनकी ९५ वर्षकी आमाको बलात्कार गरेका थिए । तोमर घर फर्कदा उनकी आमाको लुटिएको इज्जतको प्रतिशोध लिन आदेश तोमरलाई उनकी आमाले दिइन् । बलवन्त र तोमर हतियार लिएर खेतमा गए जहाँ उनीहरूले बब्बू सिंहलाई देखे । तोमरले खुलामा नै बब्बू सिंहलाई गोली हान्न थाले, जो गोली लागेपछि पनि ढल्नु अघि १ किलोमिटर जति दौडिरहे । तोमरले पछि ग्वालियरमा छापिने पत्रिकाको लागि यो घटनाको बारेमा अन्तर्वार्ता गरेपछि मात्रै प्रशासनले उनको मुद्दालाई गम्भीरताको साथ व्यवहार गर्न थालेको थियो । त्यति बेला उनलाई पक्राउ गरेमा ₹१०,००० दिइने कुरा भएको थियो । अन्तर्वार्तामा भने अनुसार उनले बब्बू सिंहलाई उनको जग्गा बिक्री गर्ने उनका दाइ मातादीन सिंह तोमरको हत्यामा संलग्न रहेका ८ जना गाउँलेहरूलाई मर्ने कुनै आशय थिएन । यद्यपि, उनले आफ्ना भतिजा, मातादीनका छोरा बल्वन्तलाई रोक्न सकेनन् । यो अन्तर्वार्ताको समयावधि भरि उनी बन्दुकको गोलीसँग खेलिरहेका थिए ।
मण्डल निरीक्षक प्रताप सिंह चौहान र उनको नेतृत्वमा रहेका अन्य ५०० जना प्रहरीको समूहले १ अक्टोबर १९८१ मा तोमरलाई घेरा लागी गोली हानेर मर्न छोडेका थिए । गाउँमा रहने मोतीराम जाटव नामक दलित वासिन्दाले तोमरको जातीय भेदभाव साहना नसकी चौहानलाई बोलाएपछि तोमर र चौहानको समूहको बीचको लडाइ १२ घण्टासम्म चल्यो ।[७][८]
सन् १९५९ मा जन्मेका पान सिंहका छोरा सौरम सिंह तोमर उत्तर प्रदेशको बबिनामा बस्ने अवकाशित भारतीय सेना सुबेदार हुन् । भिडोसाको हिंसात्मक वातावरणबाट मुक्त हुनका लागि उनी उत्तर प्रदेशमा बसाइ सरेका हुन् ।[९]
सञ्जय चौहानद्वारा निर्मित र तिग्मांशु धूलियाद्वारा निर्देशित सन् २०१२ मा सार्वजनिक गरिएको पान सिंह तोमर नामक चलचित्र तोमरको जीवनमा आधारित छ । इरफान खानले तोमर र माही गिलले उनकी पत्नीको भूमिका निर्वाह गरेको यस चलचित्रले सकारात्मक आलोचनात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।[१०]