पिस्कर | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°४१′N ८५°५४′E / 27.68°N 85.90°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुपाल्चोक जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,२८६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
पिस्कर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२८६ रहेको थियो जसमध्ये १११५ पुरुष र ११७१ महिला रहेका थिए भने यहाँ ५३८ घरधुरी रहेको थियो।[१][२]
राजनीतिक दृष्टिमा ठूलो घटनाको रूपमा पिस्कर हत्याकाण्डले पनि यस गाविसलाई परिचित गराएको छ। दोलखा जिल्ला, चोकटी, धुस्कुन, र टेकनपुर गाविससँग सिमाना जोडिएको यस गाविसमा थामी, नेवार, क्षेत्री र ब्राम्हणको मिश्रित बसोबास रहेको छ। [३] यो हाल त्रिपुरासुन्दरी गाउँपालिकामा पर्दछ।